• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इसेवाबाट कसरी लिने २ लाखसम्म ऋण ?


इसेवाबाट कसरी लिने २ लाखसम्म ऋण ?

काठमाडौं । डिजिटल वालेट इसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले व्यावसायिक कर्जाका रूपमा परिभाषित गरेको छ ।

साना व्यवसायीका लागि उपयोगी

व्यवसायको दाैरान  दैनिक क्रियाकलापहरूमा आकस्मिक खर्चहरू आउन सक्छन् । त्यस्ता खर्चको व्यवस्थापन गर्न बैंक वा अन्य वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । यस्तो प्रक्रियामा कागजी प्रक्रिया पनि धेरै हुन्छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै इसेवाले आफ्ना एजेन्टहरूलाई सरल र छिटो ऋण प्राप्त गर्न सक्ने सुविधाको रुपमा ‘ईजीलोन’ ल्याएको हो । यसले इसेवा एजेन्टहरूलाई झन्झटिलो प्रक्रियाबाट बचाउँदै डिजिटल वालेटमार्फत केही सेकेन्डमै ऋण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

इसेवा लिमिटेडले नेपालभर डिजिटल भुक्तानीका लागि विभिन्न व्यावसायिक संस्थाहरूलाई इसेवा एजेन्टका रूपमा नियुक्त गरेको छ । नेपालमा हाल यस्ता एजेन्टको सङ्ख्या साढे दुई लाख बढी छ ।

‘ईजीलोन’को सुरुवातसँगै ​साना व्यवसायीहरूका लागि आकस्मिक कोष जुटाउने एक विकल्प तयार भएको इसेवाले जनाएको छ ।

कस्ता इसेवा एजेन्टले पाउँछन् ऋण ?

  • इसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्छ ।

  • स्थायी लेखा नम्बर (प्यान) र व्यवसाय दर्ता प्रमाणपत्र हुनुपर्छ ।

  • इसेवामा कम्तीमा ६ महिनादेखि सक्रिय हुनुपर्छ ।

  • इन्टरनेसनल  र डोमेस्टिक टिकेटिङमा सहभागी भएको हुनु पर्नेछ ।

  • टप-अप सहित युटिलिटी सेवा नियमित प्रयोग गरेको हुनुपर्छ ।

पेमेन्ट ट्रान्जेक्सन संख्या, ग्राहकबाट आएको आयको योगदान, एजेन्टले ह्यान्डल गरेको कुल ट्रान्जेक्सन भोल्युम आदिका आधारमा अधिकतम दुई लाख रुपैयाँसम्म ऋण प्रवाह हुने तथा ऋण वितरणपछि ईएमआई सेटलमेन्टको निगरानी गरिने कम्पनीले जनाएको छ ।

‘ईजीलोन’ कसरी प्राप्त गर्ने ?

  • इसेवा एपमा लगइन गरी आफ्नो अकाउन्ट लगइन गर्नुहोस् ।
  • अब त्यहाँ भएको ‘agent services’ मा जानुहोस् ।

  • अनि ‘easyloan’ मा ट्याप गरी ‘Available Loan’ को तल फेरि ‘easyloan’ मा थिच्नुहोस् ।

  • यसपछि यहाँ आफूलाई चाहिएको ‘Loan Amount’ र आवश्यक विवरण भरेर ‘Proceed’ मा ट्याप गर्नुहोस ।

  • अब दिइएको टर्म्स एन्ड कन्डिसन्स पढेर आफ्नो एमपिन राखी लोन एप्लाइ गर्न सक्नुहुन्छ ।

शुल्क विवरण

  • न्यूनतम ऋण: ५० हजार रुपैयाँ
  • अधिकतम ऋण: दुई लाख रुपैयाँ

  • अधिकतम ब्याजदर: वार्षिक १८ प्रतिशत

  • पेनल ब्याज: दुई प्रतिशत

  • सेवाशुल्क: ० .७५ प्रतिशत

यदि आर्थिक कारणले तपाईँको सानोतिनो काम अड्किएको छ भने इसेवाले दिएको यो सुविधाको लागि आवेदन दिई आफ्नो काम पुरा गर्न सक्नुहुन्छ । उक्त रकम तपाईँको आफ्नै इसेवा अकाउन्टमा जम्मा हुन्छ ।  थप जानकारीको तपाईँले इसेवालाई नै सम्पर्क गर्न सक्नुहुन्छ । techpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक
  • २०८१ भाद्र १५, शनिबार २१:३८
  • In "BannerNews"
  • बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल्दा सबै चकित !
  • २०८१ भाद्र १५, शनिबार २१:३८
  • In "अन्तराष्ट्रिय"
  • वन वेलट वन रोड चिनियाँ परियोजनाका कारण ऋणको पासोमा फस्दै विभिन्न देशहरु
  • २०८१ भाद्र १५, शनिबार २१:३८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

निगमले घटायो इन्धनको मुल्य

धर्म परिवर्तन गराएको भन्दै एजेन्टहरुलाई हिन्दु सम्राट सेनाले लखेटे, चर्चमा ताला

धरान घुम्न आएकी एक युवती बलात्कारको सिकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version