No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका ८ रमौलकी २० वर्षीया नवविवाहिता रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा पति रोहन कुमार राउतसहित ससुराली पक्षले हत्या गरेको आरोप लगाएको छ। रिनाको मंगबार मध्यराति १ बजे मृत्यु भएको हो।

घरपरिवारले रिनाको अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइती पक्षलाई दिएका थिए। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार प्रहरी पुग्दा रिनाको शव घरको बरन्डामा फेला परेको थियो। पति रोहनले बयान अनुसार राति खाना खाएर सँगै सुतेको समयमा अचानक बिरामी भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घरमा ल्याएको थियो।

तर, माइती पक्षले भने रिनाको मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएको भन्दै छोरीको हत्या भएको दावी गरेका छन्। मृतक रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने डिएसपी जयसवारले बताएका छन्। हालसम्म घटनालाई सामान्य ठहर गरेर प्रहरीले ससुराली पक्षका कसैलाई पनि पक्राउ गरेको छैन।

धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामाका नवल राउतकी छोरी रिनाको गत वैशाख १९ गते रोहनसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो। माइती पक्षले विवाहमा लत्ताकपडा, फर्निचर, गरगहना तथा नगद गरी करिब १५ लाख रुपैयाँ खर्च गरेको थियो। विवाहको केही समय दाम्पत्य जीवन सामान्य भए पनि पछिल्लो समय थप दाइजोको माग गर्दै पतिसहित घरपरिवारले रिनालाई निरन्तर कुटपिट र यातना दिने गरेको बुबा नवल राउतले बताएका छन्।

बुबा नवलका अनुसार रक्षाबन्धनको एक दिनअघि छोरी रिना माइती आएकी थिइन्। निराश छोरीले थप दाइजोको लागि आफूलाई कुटपिट गरिएको बताएको र बुबाले भोलिपल्ट मंगलबार आफै पुर्याउन गएको बताएका छन्। उनले घरपरिवारलाई सम्झाएर फर्केको बेला छोरीले आफूलाई नछोड्न आग्रह गरेकी थिइन्। बुबा नवलले भने, “राति नै ज्वाइँले मृत्यु भएको खबर गरे। छरछिमेकले अबेर रातिसम्म घरमा झगडा भएको बताएका छन्। मेरो छोरीलाई सुनियोजित रूपमा हत्या गरिएको छ।”

माइती पक्षले रिनाको हत्या भएको दावी गर्दै पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा कर्तव्यज्यान मुद्दा दायर गरेका छन्। जाहेरीमा ससुरा बृज मोहन राउत, सासु मनतोर देवी राउत, र देवर ओम कुमार राउतविरुद्ध मुद्दा दायर गरिएको छ। डिएसपी जयसवारले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

एक वर्ष अघि जनकपुरको थापाचोककी आरती साहको घटना भएको थियो । दाइजोको निहुुुमा हत्या भएको भन्दै माइत पक्ष लामो समय आन्दोलित हुँदा घटना चर्चित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .