• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो, वैदेशिक व्यापार घाटा घट्यो

शोधनान्तर स्थिति पाँच खर्बभन्दा बढीले बचत


मौद्रिक नीतिको समीक्षा आगामी साता, के-के परिवर्तन होला ?

काठमाडौं। मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ। विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति रु पाँच खर्बभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह २३ दशमलव दुई प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेकोे थियो।

गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई लाख ७७ हजार दुई सय ७२ रहेको थियो।

राष्ट्र बैंकका अनुसार गत आवमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष २०८०र८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्ष चालु खाता रु ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो। गत आवमा पुँजीगत ट्रान्सफर २२ दशमलव नौ प्रतिशतले कमी आई रु पाँच अर्ब ८१ करोड पुगेको छभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब ४० करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब १७ करोड रहेको थियो।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ३२ दशमलव छ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा २०८१ असार मसान्तमा ३७ दशमलव चार प्रतिशतले वृद्धि भई रु १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई रु एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ।

गत आर्थिक वर्ष २०८०र८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन् । विसं २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव आठ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए । गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व रु १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब
  • २०८१ भाद्र २, आईतवार २१:२४
  • In "थप"
  • वीरगञ्जबाट धानचामल आयात बढ्यो
  • २०८१ भाद्र २, आईतवार २१:२४
  • In "BannerNews"
  • वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
  • २०८१ भाद्र २, आईतवार २१:२४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

महोत्तरीमा एक महिलाको हत्या

अध्यक्ष अन्सारीलाई पुनः चेतावनी: बजेट सार्वजनिकमा ढिलाइ सह्य नहुने

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version