लहान – बजेट सार्बजनिकी कारणको लागी सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ मा ज्ञापनपत्र बुझाएका छन्।एमाले बाहेकका प्रति पक्षमा रहेका दलहरुले संघर्ष समितिको एक समूहले आर्थिक बर्ष२०७९/२०८० मा गरेको बिकास निर्माणको कार्यको हर हिसाब सार्बजनिक गर्न वडा नम्बर ३ का अध्यक्ष रुसतम अन्सारीलाई कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
अध्यक्ष अन्सारीले हिसाब सार्बजनिक गर्ने समय सोमबार सकिएको सार्बजनिक गर्न नसके पछि पुनः एक हप्ताको समय संघर्ष समिति संग माग गरेको हो। अघिल्लो हप्ता हिसाब सार्बजनिक गर्न नसके पछि वडा कार्यालयमा तलाबन्दी लगायतका आन्दोलन सुरु हुने बताए।संघर्ष समितिले पुनः समय दिएका हुन्। वडा भित्र संचालन भएका प्रत्येक योजनाको हिसाब सार्बजनिक गर्न अध्यक्ष अन्सारीलाई संयोजक बिजय कुमार यादव नेतृत्वको संघर्ष समितिले ज्ञापन पत्र बुझाएका छन्।
पालिकामा हरेक योजनामा ठुलो भ्रष्टाचारको गन्ध रहेको स्थानीय श्रोतको दावी रहेको छ। प्रतिपक्षमा रहेका दलहरुले स्थानीय समाजसेवी समाजिक चिन्तक जसपा नेपालका युवा प्रभाव शालीन नेता बिजय कुमार यादवलाई सर्बसहमतीबाट संघर्ष समितिको संयोजक बनाई नेता यादवको संयोजकत्वमा ज्ञापनपत्र बुझाए छन्।
वडा भित्र रहेको हरेक योजना कार्यको बजेट लागत खर्च बजेट सार्वजनिक गर्न नेता बिजय यादव नेतृत्वको संघर्ष समितिले ज्ञापनपत्र बुझाए छन्।
गरेको कार्यमा भ्रष्टाचारको गन्ध देखिए पछि प्रतिपक्षमा रहेका दलहरुले हर हिसाब सार्बजनिक गर्न सकृय भएका छन्। अध्यक्ष अन्सारीले ज्ञापनपत्र बुझदै एक हप्ता भित्र गरेको कार्यको हर हिसाब सार्बजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै समय लिएका हुन।
कुनै पनि बिकास निर्माणको कार्य एकलौटी र मनोमानी हिसाबले गर्यो भने हामी बिरोधमा जाने संघर्ष समितिले चेतावनी दिनु भयो। बजेट सार्बजनिक गरेन भने कार्यालयमा तालाबन्दी र चरण बध आन्दोलनमा जाने बताउनु भयो।
