• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

व्यापारीसँग ‘सेटिङ’ गरेको विषयमा लेखा समितिका सभापतिले भने- प्रमाण भेटिए मलाई टुँडीखेलमा झुन्ड्याउनुस्


व्यापारीसँग ‘सेटिङ’ गरेको विषयमा लेखा समितिका सभापतिले भने- प्रमाण भेटिए मलाई टुँडीखेलमा झुन्ड्याउनुस्

काठमाडौं : सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन विषयमा व्यापारीहरूसँग छलफल गरेको स्वीकारेका छन्। १६ अर्ब रूपैयाँ सेटिङ भएपछि आफैंले बोलाएर ती उद्योगीहरूलाई भेटेको सभापति पोखरेलले सदनसमक्ष स्वीकारेका हुन्।

‘हो, मैले व्यापारीलाई बोलाएर सोधेको हो। १६ अर्ब कसरी सेटिङ कसरी गर्नुभयो मित्र भनेर सोध्न परेन?,’ उनले भने, ‘ती व्यापारीहरूलाई बोलाएर मैले यही कुरा सोधेको हुँ।’

संसदीय इतिहासमा पहिलोपटक उज्यालोमै भ्रष्टाचार गर्ने आँट गरिएको उनले बताए। ‘कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। कतिपय सूचना पनि छन्। संसदीय इतिहासमा यति विघ्न उज्यालोमै आँट गर्न मिल्छ। सार्वजनिक लेखा समितिमा छलफल नै नगरी छुट दिन मिल्छ?,’ विद्युत महुल छुटबारे उनले प्रश्न गरे।

उनले बिना तथ्य र प्रमाण सार्वजनिक लेखा समितिमा कुनै निर्णय हुन नदिने प्रतिबद्धता जनाए। ‘अरु समितिले के गर्छ थाहा छैन। तर, कानुन, तथ्य र प्रमाण नजुटाइकन कुनै निर्णयमा जाँदिनँ। यो हाम्रो निर्णय हो,’ उनले भने।

सभपति पोखरेलले समितिका कुनै सांसदले समितिमा भएका टिपोटहरू व्यापारी र प्राधिकरणकहाँ पुर्‍याएको आरोपसमेत लगाए। सांसदहरू पनि व्यापारी र प्राधिकरणको दलाल रहेको भन्दै उनले सदनमै आक्रामक बनेका थिए।

‘समितिमा भएका छलफलको टिपोट मागेपछि केही माननीयलाई दिएको थिएँ। माननीय राजेन्द्र लिङ्देनलाई म आफैंले दिए। उहाँ पूर्व मन्त्री भएर पनि मैले दिएको थिएँ। यी मध्ये कसले ती टिपोट कसले हो व्यापारी र प्राधिकरणमा पुर्‍याएछन्, मलाई थाहा भएन। तर, व्यापारी र प्राधिकरणको पनि दलाल माननीय हुँदो रहेछ नि,’ उनले भने।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि पनि प्रश्न गरेका थिए। गम्भीर विषयमा छानबिन गरी कारबाही गर्न सिफारिस गर्दासमेत अख्तियारले प्रक्रिया अगाडि नबढाएको उनको आरोप छ। ‘अख्तियारमाथि पनि प्रश्न उठेको छ। विसं २०७६ सालमा सार्वजनिक लेखा समितिले अध्ययन गर्नुस्। कारबाही गर्नस् भन्दा गरेन। जसका कारण आज गम्भीर परिस्थिति सिर्जना भएको छ,’ उनले भने।

उनले आफूले बोलेको कुरा कसैले असत्य प्रमाणित गरे टुँडीखेलमा झुन्ड्याउन आग्रह गरे। ‘मैले बोलेका कुरा कसैले असत्य प्रमाणित गर्नुस्। मलाई टुँडीखेलमा झुन्ड्याउनुस्। म तयार छु। इमानको चरित्र हत्या गर्ने र भ्रष्टहरूको पक्षपोषण गर्नेहरूविरुद्ध मुर्दाबाद छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि लेखा समितिले हस्तक्षेप गरेको होः सभापति पोखरेल
  • २०८१ श्रावण २९, मंगलवार १५:२९
  • In "BannerNews"
  • संसद ब्युँतिए पनि जागेनन् सांसदहरु
  • २०८१ श्रावण २९, मंगलवार १५:२९
  • In "देश"
  • भीम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा
  • २०८१ श्रावण २९, मंगलवार १५:२९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि लेखा समितिले हस्तक्षेप गरेको होः सभापति पोखरेल

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक

बैंकले जफत गर्यो बलिउड अभिनेता राजपाल यादवको करोडौं सम्पति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version