• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह


स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे।

उनले ४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे।

मन्त्री पौडेलले भने, ‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअन्र्तगतको बीमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु।’

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठएको क्यान्सरको औषधि महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधिको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए। ‘नसर्ने रोगको औषधि मूल्य आकासिएको छ, उनले भने, ‘त्यसैले यसलार्य नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु।’

यसैबीच मन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्र्तगतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेका छन् ।

उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई देशैभरका तहबीचको स्वास्थ्य विषय समन्वयका लागि महत्वपूर्ण पदमा मनोनयन गरेका हुन्।

समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्र्तगत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ । ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत नबसेको समितिको बैठक आगामी भाद्र ६ गते पहिलो पटक तोकिएको छ ।

मन्त्री पौडेलले संघको मात्र विषय नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र बैठकसमेत डाकिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • १४ वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचार सुरू
  • २०८१ श्रावण २९, मंगलवार ०७:४२
  • In "BannerNews"
  • निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द
  • २०८१ श्रावण २९, मंगलवार ०७:४२
  • In "BannerNews"
  • सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा
  • २०८१ श्रावण २९, मंगलवार ०७:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’

मधेश प्रदेशका ८ राज्यमन्त्री पदमुक्त हुँदै

पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version