बंगलादेशी समाचार संस्था ‘डेली सन’का अनुसार विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै प्रधानन्यायाधीश हसनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरी शनिबार १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए ।
बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन । प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नेका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको आशंका विद्यार्थी आन्दोलनकारीलाई थियो ।