No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा

कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला कांग्रेसको भावी नेतृत्वको बारेमा चर्चा बढेको छ। हुन त कांग्रेसको १५ औं महाधिवेशन आउन अझै कम्तीमा अढाइ वर्ष बाँकी छ।

सभापति शेरबहादुर देउवाले विधानले दिएको विशेष अधिकार प्रयोग गरे भने अधिवेशन अझै साढे ३ वर्ष पछिसम्म हुन सक्छ। तर, लामो समय बाँकी छँदै कांग्रेसमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको चर्चा बढेको छ।

कांग्रेसको विधानअनुसार अब शेरबहादुर देउवा सभापति बन्न मिल्दैन। त्यसैले अब कांग्रेसको नेतृत्वमा नयाँ अनुहार आउने निश्चित भएको छ। तर, संस्थापन भनिएको सभापति देउवाको खेमामा उनको उत्तराधिकारी मान्न सकिने बलियो पात्र नदेखिँदा उनको उत्तराधिकारी को बन्ला ? भन्ने चासो बढेको हो।

देउवाको खेमामा सबैभन्दा बलिया पात्र उपसभापति पूर्ण बहादुर खड्का हुन्। तर, खड्काले पार्टी सभापति पदमा कोइराला परिवारका बलिया प्रतिस्पर्धीलाई हराउन सक्लान् त? भन्ने प्रश्न उठेको छ। र, संस्थापन पक्षकै कतिपय नेताहरु खड्कालाई त्यो क्षमता भएको नेताको रुपमा मान्न तयार छैनन्।

१४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइराला फेरि पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ। अहिले देउवा पक्षमा उनको उत्तराधिकारीको रुपमा बलियो नेता नदेखिएकोले सभापतिमा कोइरालाले जित्न सक्छन् कि भन्ने धेरैले ठानेका छन्। तर, कोइराला प्यानलबाट निर्वाचित महामन्त्री गगन थापाले आफैंले सभापतिको दावेदारी गरेपछि भने कोइरालाको कठिनाइ बढेको छ।

कांग्रेस स्रोतका अनुसार गगन थापा यस पटक आफैं सभापतिको उम्मेदवार बन्ने मुडमा छन्। नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ भन्ने विचारका बलिया पक्षधर थापाले यसअघि नै पार्टीको संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर आफू नेतृत्वको आकांक्षी भएको स्पष्ट पारिसकेका छन्। भलै त्यो निर्वाचनमा उनी ठूलो मत अन्तरले पराजित भएका थिए।

गगन आफैं सभापतिको दावेदारीमा अडिग रहने हो भने यसले शेखर कोइरालालाई सभापतिमा निर्वाचित हुन निकै कठिन बनाउनेछ। १४ औं महाधिवेशनमा एउटै प्यानलबाट चुनाब लडेका कोइराला र थापा विभाजित हुने हो भने यसको प्रत्यक्ष फाइदा देउवा पक्षलाई पुग्नेछ। तर, देउवाले त्यसको फाइदा उठाउनका लागि बलियो पात्र उठाउन सक्छन् त? भन्ने विषयमा पनि धेरैको चासो छ।

देउवा पक्षका अनुसार यसका लागि देउवाले वीपीपुत्र शशांकलाई उपयुक्त पात्रका रुपमा देखेका छन्। कांग्रेसका संस्थापक वीपी कोइरालाको छोरा भएकै कारण कांग्रेसमा शशांकको आफ्नै स्थान पनि बलियो छ।

वीपीको लिगेसीकै कारण शशंकले कोइराला परिवारलाई रुचाउने पार्टी सदस्यको मत तान्न सक्छन् । त्यसमाथि देउवा पक्षको समेत समर्थन भएमा उनले सभापतिमा जित्न सक्छन्।

शशांक आफैं पनि देउवाले अगाडि बढाउन चाहेमा आफू सभापतिमा लड्ने सोचमा छन्। शशांक सभापतिको आकांक्षी त छन् तर उनले देउवाको साथको अपेक्षा गरिरहेका छन्। र

, देउवालाई पनि शशांकलाई अगाडि सार्नका लागि समस्या छैन किनकि शशांकलाई सभापति बनाउँदा उनको प्यानलबाट अन्य पदाधिकारीमा दावेदारी गर्नेहरु छैनन्। अर्थात, सभापति शशांकलाई दिए देउवाले अन्य पदाधिकारीहरु आफ्ना विश्वासपात्रहरुलाई बनाउन सक्छन्।

स्रोतका अनुसार देउवाको मुख्य चासो आफ्नी पत्नी आरजुलाई पार्टीको नेतृत्वमा लैजाने हो। तर, अहिले नै उनलाई स्भापतिमा उठाएर जिताउन सक्ने अवस्थामा देउवा छैनन्।

अहिले शशांकलाई सभापतिको उम्मेदवार बनाउने हो भने आरजुलाई पार्टीको महामन्त्री पदमा उठाएर जिताउन सकिने देउवाको बुझाइ छ। अहिले आरजुलाई महामन्त्री बनाएर आगामी महाधिवेशनमा उनलाई सभापतिमा लैजाने धरातल तयार गर्ने देउवाको योजना रहेको स्रोत बताउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

सिरहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु,चालकमाथि कुटपिट

सिरहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु,चालकमाथि कुटपिट

तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .