• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वकीय सचिवको पत्रका भरमा ४२ करोड रकमान्तर


स्वकीय सचिवको पत्रका भरमा ४२ करोड रकमान्तर

जनकपुरधाम : मधेस प्रदेशको एक मन्त्रालयका स्वकीय सचिवले पठाएको पत्रको आधारमा अर्थ मन्त्रालयले ४२ करोड रकम रकमान्तर गरेको खुलेको छ। मधेस प्रदेश सरकारका तत्कालीन उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवको निजी सचिवालयको लेटरहेडमा स्वकीय सचिवले लेखेको पत्रका आधारमा ४२ करोड ६० लाख १० हजार रुपैयाँ रकमान्तर गरेको खुलेको हो।

२०७९ चैत १५ गते तत्कालीन मन्त्री यादवका स्वकीय सचिवले मन्त्रालयका सचिवलाई लेखेको पत्रका आधारमा रकमानान्तर गरेको पाइएको हो। यसरी स्वकीय सचिवले अनाधिकृत रूपमा निजी सचिवालयको लेटर हेडको दुरुपयोग गरी पत्र लेखेको सोमबार मधेस प्रदेश संसद्मा पेस गरिएको एक प्रतिवेदनमा उल्लेख छ। तर, स्वकीय सचिवको नाम भने प्रतिवेदनमा खुलाइएको छैन।

आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री सञ्जयकुमार यादवले आफूखुसी रकमानान्तर गरी योजना ‘बेचेको’ आरोप लागेपछि प्रदेशसभाबाट विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो। सोही समितिले सोमबार उक्त प्रतिवेदन संसद्मा पेस गरेको हो।

प्रतिवेदनमा भनिएको छ, ‘स्वकीय सचिवले लेखेको पत्रको आधारमा मन्त्रालयले रकमान्तर गर्नु अनाधिकृत हो। सरकारको कार्य विभाजन नियमावलीविपरीत मठ मन्दिर, सामुदायिक भवन, प्रवेशद्वार, कम्पाउन्ड वाल निर्माणका लागि उक्त रकम रकमान्तर गरेको पाइएको हो। रकमान्तर गरिएको रकम मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय सिरहा, लहान र रौतहटलाई पठाएको देखिन्छ।’

पर्यटनसँग सम्बन्धित बजेट तथा योजना भए पनि तत्कालीन वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट काम गराइनु नियमसम्मत नभएको प्रतिवेदनमा उल्लेख छ। त्यतिमात्र होइन, अर्थ मन्त्रालयले २०८० असार २२ गतेसम्म विभिन्न मन्त्रालयबाट रकमान्तरका लागि आएको पत्रअनुसार रकमान्तर गरेको जनाएको छ।

‘अर्थ मन्त्रालयमा दर्ता नै नभएको पत्रलाई कसरी आधार मानेर रकमान्तर गरियो ? दर्ता हुनु अघिको मितिमा नै निर्णय समेत भएको देखिन्छ। सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका २०६५ को विपरीत हुने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

बजेट विनियोजनमा रकम थपघट
मधेस प्रदेशको अर्थ मन्त्रालयले मन्त्रालयहरूको सुरुको बजेट विनियोजनमा रकम थपघट गरेको पाइएको छ। २०८० असार १८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको चलानी नं. १६७० र १६७१ को पत्र र २०८० असार ५ गतेको शिक्षा तथा समाज कल्याण मन्त्रालयको चलानी नं. २९४ को पत्रले अर्थ मन्त्रालयमा दर्ता नै नगरी रकमान्तर गरी पठाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त फाइल अर्थ मन्त्रालयमा २०८० असार १३ गते दर्ता भएको तर १२ गतेको मितिमा नै अर्थ मन्त्रालयले रकमान्तरसम्बन्धी निर्णय गरेको छ। साथै मन्त्रालयहरूले आफ्नो अधिकारभन्दा बाहिर गएर प्रतिष्ठान, आयोग र बोर्डहरूलाई रकमान्तर गरेको देखियो।’

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयले बजेट रकमान्तर गरेको देखिएको छ। यसबाट सम्पादित कार्यको गुणस्तर नहुने र उपलब्धिसमेत गुम्ने प्रतिवेदनमा उल्लेख छ। साथै रकमान्तर गर्नुपर्ने भएमा दोस्रो र तेस्रो त्रैमासिकमा मात्र मापदण्ड बनाई कार्यान्वयन गर्दा उपयुक्त देखिने सुझाव दिइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्षको सुरुदेखि नै बजेट खर्च कार्यान्वयन नगर्ने तथा अन्तिम समयमा आएर विनियोजित बजेट अन्य शीर्षकमा रकमान्तर गरी खर्च गर्ने परिपाटी देखियो। यस्ता परिपाटीलाई अन्त्य गरिनुपर्छ।’

कार्यविधि मिचेर अनियमितता
मधेसका तत्कालीन अर्थमन्त्री सञ्जयकुमार यादवले ससर्त अनुदान र विशेष अनुदान रकममा कार्यविधि मिचेर अनियमितता गरेको पाइएको छ। कतिपय स्थानीय तहहरूले पत्र पठाएर ससर्त अनुदान माग गर्दासमेत अर्थ मन्त्रालयले ससर्त अनुदान उपलब्ध नगराएको र अन्य स्थानीय तहले माग गरेको अनुदान, कार्यक्रम, योजनाभन्दा भिन्न शीर्षकमा अनुदान पठाएको छानबिनमा खुलेको हो।

प्रतिवेदनमा आर्थिक सुशासन कमजोर हुने र प्रदेश सरकारको लगानीसमेत उपलब्धिमूलक नहुने काम गरेको देखिएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘अर्थ मन्त्रालयले निर्णय नै नगरिकन ससर्त अनुदानको रकम कतिपय स्थानीय तहहरूमा पठाएको देखियो। साथै कतिपय स्थानीय तहहरूलाई निर्णय गरेका योजनाहरू समेत नपठाएको देखियो। आर्थिक वर्षको बीचमा नयाँ योजना तथा कार्यक्रम मन्त्रालयले स्वीकृत गरी थप बजेट माग गर्ने परिपाटी बजेटको सिद्धान्त विपरीत हो। संसदले अनुमति दिएको भन्दा फरक र नयाँ कार्यक्रममा बजेट विनियोजन गर्नु कानुनी हिसाबले गलत हो।’

२०८० साउन १ गतेदेखि लागू हुने गरी सांसद उपेन्द्र महतोको संयोजकत्वमा गठित छानबिन समितिको म्याद दुई महिनामात्र रहे पनि २०८१ असार मसान्तसम्म पटक–पटक म्याद थप गरिएको थियो। समितिमा दीपेन्द्रकुमार ठाकुर, नागेन्द्रप्रसाद साह, राजकुमार गुप्ता, शम्भुकुमार साह, जवाहरप्रसाद कुशवाहा, कनिश पटेल, कञ्चन बिच्छा, विमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह सदस्य थिए। annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान?
  • २०८१ श्रावण २३, बुधबार ०८:२८
  • In "BannerNews"
  • प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन
  • २०८१ श्रावण २३, बुधबार ०८:२८
  • In "मधेश प्रदेश"
  • कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’
  • २०८१ श्रावण २३, बुधबार ०८:२८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

बंगलादेशमा प्रदर्शनकारीद्वारा होटलमा आगजनी, २४ जनाको मृत्यु

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

बङ्गलादेशमा हिन्दु र अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version