• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ठूलो बदमासी


भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ठूलो बदमासी

राजविराज । राजविराजस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ठूलो बदमासी गरेको पाइएको छ । श्रम गर्नेको पारिश्रमिक र किसानले गरेको कामको समेत भुक्तानी नदिएको पाइएको हो ।

गत आ.ब. २०८०/८१ मा पशुलाई भ्याक्सिन लगाएका भ्याक्सिनेटरको पारिश्रमिकसँगै पशुपालनतर्फ किसानले गरेका कामको बजेट पनि कार्यालयले निकासा दिएको छैन् ।

पारिश्रमिक नदिएको भन्दै पशुलाई भ्याक्सिन लगाउनेहरुले आईतबारदेखि शुरु गरेको आन्दोलनमा अब भुक्तानी नपाएका किसान पनि समाहित भएका छन् । सोमबार दुबै पक्ष संयुक्त रुपमा आन्दोलन गरेका छन् । उनीहरुले सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म भेटेनरी कार्यालयमा धर्ना दिएका छन् । भुक्तानी नपाएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

बिभिन्न किसान समूह, कृषि सहकारी, नीजि फर्मका किसान मार्फत् भेटेनरी कार्यालय मार्फत् बिभिन्न योजना संचालन गरिएको थियो । हरुवा चरुवा वर्गको उत्थानका लागि बाख्रा बितरण कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, भैंसी प्रवद्र्धन, घाँस श्रोत केन्द्र स्थापनासहितको काम जिल्लाको बिभिन्न ठाउँमा भएपनि भुक्तानी हुन सकेको छैन् ।

काम सकाएर प्रगति विवरण बुझाउँदा समेत कार्यालयले भुक्तानी नदिएको काम गरेकामध्येका मनोज मेहताले जानकारी दिए ।

यस्तै, सप्तरीको १८ वटै पालिकामा गत आ.ब. २०८०/८१ मा पशुलाई बिभिन्न भ्याक्सिन लगाउने काममा खटिएकाले अहिलेसम्म पारिश्रमिक पाउन सकेका छैनन् ।

गत आ.ब.मा सप्तरीका ४८ जना जेटी, ग्रामिण पशु स्वास्थ्य कार्यकर्तासहितका भ्याक्सिनेटरले सबै पालिकाका पशुलाई भ्याक्सिन लगाएका थिए । गाई, भैंसीलाई खारेत रोगबिरुद्धको, लम्पी स्कीनबिरुद्धको तथा भ्यागुते/चर्चरे रोगको र खसी÷बाख्रा÷बोकालाई पीपीआर भ्याक्सिन लगाएका थिए ।

यो भ्याक्सिन प्रदेश सरकारले भेटेनरी कार्यालयलाई पठाइदिएको थियो । भ्याक्सिन लगाउनेहरु प्रतिस्पर्धाको आधारमा छनौट गरिएका थिए । भ्याक्सिन लगाउनेहरुको पारिश्रमिक प्रदेश सरकारले भेटेनरी कार्यालयलाई पठाइदिएको थियो ।

आफूहरुले जिल्लाभरिका पशुलाई भ्याक्सिन लगाएर जेठको शुरु हप्तासम्मै प्रगति विवरण पेश गरेपनि पारिश्रमिक वापतको भुक्तानी नदिएको संघर्ष समितिका संयोजक यादवले बताए ।

छिन्नमस्ता गाउँपालिकामा भ्याक्सिन लगाएका मनोज यादवले यो पालिकाका मात्रै रु १ लाख ५ हजार पारिश्रमिक लिन बाँकी रहेको बताए ।

उनीहरुका अनुसार जिल्लाभरि लगाइएको भ्याक्सिन वापतको रु २० लाखभन्दा बढी भुक्तानी लिन बाँकी छ ।

यस सम्बन्धमा भेटेनरी कार्यालयका प्रमुख संग सम्पर्क गर्न खोज्दा हुन सकेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

पूर्वराज्यमन्त्री रायको हत्या प्रकरणबारे अनुसन्धान गर्दै सीआईबी

राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्कियो

पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो (सूचीसहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version