No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

धनुषाको बटेश्वर गाउँपालिका १ स्थित बडहडी खोलाको गिट्टी बालुवा उत्खननमा अनियमितता भएको निष्कर्ष निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा गठित तीन सदस्य छानबिन टोलिले उत्खनन भएको खोलाको नापजाँच गरी प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा बडहडी खोलामा अनाधिकृत उत्खनन गरी अनियमितता भएको प्रतिवेदनमा देखिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिए ।

उनका अनुसार बटेश्वर गाउँपालिका कार्यालयले लगाएको ठेक्का सम्झौता विपरीत पाँच गुणा बढी परिमाणमा गिट्टी बालुवा उत्खनन गरेको नापजाँचसहितको प्रतिवेदनमा देखिएको छ । ‘छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौता विपरीत पाँचगुणा बढी नदीजन्य पदार्थ उत्खनन भएको पाइएको छ । अब कारबाही प्रक्रिया जिल्ला समन्वय समितिमा बैठक बसेर के कसरी अघि बढाउने विषयमा निर्णय हुन्छ’ प्रजिअ कडरीयाले अनलाइनखबरसँग भने ।
यस विषयमा जिल्ला समन्वय समितिमा मंगलबार बैठक हुने तयारी छ ।

बटेश्वर गाउँपालिका कार्यालयले ६ फागुनमा महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार ४४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि भ्याटसहित २७ लाख ९ हजार १०३ रुपैयाँमा बडहडी खोला ठेक्का दिएको हो । गत फागुन ६ गते भएको ठेक्का सम्झौता अनुसारको परिमाणमा उत्खनन मिति अगामी जेठ १५ गतेसम्म पाउने उल्लेख छ । गाउँपलिका कार्यालय र ठकेदार कम्पनी पञ्चधुरामाई सप्लायर्सबीच भएको ३२ बुँदे ठेक्का सम्झौको कुनैपनि बुँदा पालना भएको छैन ।

ठेकेदारले जेसिभी स्काइभेटर जस्ता ठूला यन्त्र प्रयोग गरी नजिकैको निरशपुर, विजयपुर र चित्रपुर वस्तलाई बाढी पहिरोको जोखिममा पर्ने गरी जथाभावी २५ फिट गहिरोसम्म उत्खन भएको छ । स्थानीय सर्वसाधारणको गुनासोपछि जेठ दोस्रो साता पुगेका प्रमुख जिल्ला अधिकारी कडरीयाले खोलामा ठेकेदारको वितण्डा देखेपछि नापजाँच गरी कारबाही गर्न पालिकालाई दुईपटक पत्र काटेका थिए ।

तर पालिकाका जनप्रतिनिधि र कर्मचारीले चाँसो नदेखाएपछि जेठ २८ गते प्रजिअ कडरियाले जिल्ला समन्वय समिति धनुषाका इन्जिनियर अजयकुमार यादवको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको थियो । जसमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इन्जिनियर सदस्य छन् । सो समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सातदिन भित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।

यधपी समितिले खोला खनेर किनारमा स्टोर गरेका ग्राइभेलको भने नापजाँच गरेको छैन । त्यो स्टोर गरेको ग्राइभेल माटाको के गर्ने विषयमा पनि छलफलबाट निष्कर्ष निकाल्ने प्रजिअ कडरियाले बताए ।

प्रजिअ कडरियाले ठेक्का प्रक्रिया र उत्खननमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताए । छानबिन थालेपछि ठेकेदारलाई संरक्षणको लागि जिल्ला प्रशासन कार्यालयमाथि राजनीतिक दबाब बढेको कार्यालय स्रोतले बताएको छ । तर, जतिदबाब भएपनि दोषी देखिएकाले उन्मुक्ति नपाउने प्रजिअ कडरियाले बताए ।

चुनावमा खोला उत्खनन नगराउने वाचासहित मत मागेका पालिका अध्यक्ष रामअशिष महतोसहितको जनप्रतिनिधि र कर्मचारीको जोडबलमा खोला उत्खननको लागि ठेक्का लगाएको थियो । तर, मापदण्ड विपरीत उत्खनन गर्दा समेत पालिकाले कुनै वास्ता नगरी मुकदर्शक बनेको छ । जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा जथाभावी र सम्झौता भन्दा कयौं गुणाबढी परिमाणमा उत्खनन गरेको आमजनगुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

न्यूटन ईन्स्टिच्युटको बिदाई समारोहमा विद्यार्थी घुइँचो

न्यूटन ईन्स्टिच्युटको बिदाई समारोहमा विद्यार्थी घुइँचो

मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .