No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे

भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

काठमाडौँ  : कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्‌याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ।

‘अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ’ उनले भने ‘उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो।’

उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए।

उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ।

गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ।

गर्गको महेन्द्रनगर साइनो

सीमावर्ती भारतीय बजार बनबासामा जुत्ता/चप्पलका थोक बिक्रेता सुशील गर्गको व्यापार कञ्चनपुरको महेन्द्रनगरसम्म विस्तार थियो।

उनी महेन्द्रनगरका व्यापारीलाई सामान दिएर पैसा सङ्कलन गर्न यहाँ आवतजावतसमेत गर्ने गरेको यहाँका व्यापारीहरुको भनाइ छ।

गत वर्ष अभियुक्त गर्गले लामो समयदेखि चिनजान भएका भीमदत्त नगरपालिका–६ बैजनाथ टोलका व्यापारी यज्ञराज भट्टलाई फसाएर पैसा असुल्ने षड्यन्त्र बनाए।

महेन्द्रनगरका व्यापारी भट्ट यतिबेला सोही सङ्गठित अपराध मुद्दामा आरोपित भई केन्द्रीय कारागार काठमाडौँमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन्।

गर्ग पक्राउ परेपछि सम्पर्कमा आएका भट्टका भाइ ललितप्रसाद भट्टले दाजुले अनावश्यक दुःख पाउँदा परिवारको बिचल्ली भएको बताए।

‘पक्राउ परेका गर्गका भतिजा अन्नु गर्गसित दाइको चिनजान थियो, सोही आधारमा गर्गले दाइलाई साथीले पैसा पठाउँदैछ भनेर कृषि विकास बैंकको खाता नम्बर मागे’, ललितले भने, ‘विश्वासले दाइले कृषि विकास बैंकमा भएको खाता नम्बर दिए र रु ४५ लाख पैसा आयो।’

सो रकम गर्ग काका/भतिजा (सुशील र अन्नु) ले पटक–पटक बैंकबाट झिकेर लगेको भट्टको भनाइ छ।

‘हाम्रो कृषिमा ऋण कारोबार रहेकाले खाता थियो’, उनले भने ‘दाइको विश्वासले खाता नम्बर दिनाका साथै उक्त खातामा आएको पैसासमेत झिकेर दिएपछि थाहा भयो त्यो विद्युतीय माध्यमको दुरुपयोग गरी पैसा निकालिएको रहेछ भनेर।’

प्रहरीका अनुसार फरार रहेका सुशीलसँगै उनका भतिजा अन्नुसमेत अहिले फरार सूचीमा छन्।

‘गर्गले साथीले पैसा पठाउनुपर्ने मेरो यहाँ खाता छैन भनेपछि दाइ विश्वासमा पर्नुभयो’, भट्टले भने ‘चिनजान लामो भए पनि विश्वास गर्नु रहेनछ।’ राससकाे सहयाेगमा aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट  समयमा बनाउन नसक्दा नेपाललाई क्षति

भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट समयमा बनाउन नसक्दा नेपाललाई क्षति

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .