No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे


भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

काठमाडौँ  : कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्‌याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ।

‘अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ’ उनले भने ‘उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो।’

उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए।

उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ।

गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ।

गर्गको महेन्द्रनगर साइनो

सीमावर्ती भारतीय बजार बनबासामा जुत्ता/चप्पलका थोक बिक्रेता सुशील गर्गको व्यापार कञ्चनपुरको महेन्द्रनगरसम्म विस्तार थियो।

उनी महेन्द्रनगरका व्यापारीलाई सामान दिएर पैसा सङ्कलन गर्न यहाँ आवतजावतसमेत गर्ने गरेको यहाँका व्यापारीहरुको भनाइ छ।

गत वर्ष अभियुक्त गर्गले लामो समयदेखि चिनजान भएका भीमदत्त नगरपालिका–६ बैजनाथ टोलका व्यापारी यज्ञराज भट्टलाई फसाएर पैसा असुल्ने षड्यन्त्र बनाए।

महेन्द्रनगरका व्यापारी भट्ट यतिबेला सोही सङ्गठित अपराध मुद्दामा आरोपित भई केन्द्रीय कारागार काठमाडौँमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन्।

गर्ग पक्राउ परेपछि सम्पर्कमा आएका भट्टका भाइ ललितप्रसाद भट्टले दाजुले अनावश्यक दुःख पाउँदा परिवारको बिचल्ली भएको बताए।

‘पक्राउ परेका गर्गका भतिजा अन्नु गर्गसित दाइको चिनजान थियो, सोही आधारमा गर्गले दाइलाई साथीले पैसा पठाउँदैछ भनेर कृषि विकास बैंकको खाता नम्बर मागे’, ललितले भने, ‘विश्वासले दाइले कृषि विकास बैंकमा भएको खाता नम्बर दिए र रु ४५ लाख पैसा आयो।’

सो रकम गर्ग काका/भतिजा (सुशील र अन्नु) ले पटक–पटक बैंकबाट झिकेर लगेको भट्टको भनाइ छ।

‘हाम्रो कृषिमा ऋण कारोबार रहेकाले खाता थियो’, उनले भने ‘दाइको विश्वासले खाता नम्बर दिनाका साथै उक्त खातामा आएको पैसासमेत झिकेर दिएपछि थाहा भयो त्यो विद्युतीय माध्यमको दुरुपयोग गरी पैसा निकालिएको रहेछ भनेर।’

प्रहरीका अनुसार फरार रहेका सुशीलसँगै उनका भतिजा अन्नुसमेत अहिले फरार सूचीमा छन्।

‘गर्गले साथीले पैसा पठाउनुपर्ने मेरो यहाँ खाता छैन भनेपछि दाइ विश्वासमा पर्नुभयो’, भट्टले भने ‘चिनजान लामो भए पनि विश्वास गर्नु रहेनछ।’ राससकाे सहयाेगमा aayomail

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

Next Post
भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट  समयमा बनाउन नसक्दा नेपाललाई क्षति

भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट समयमा बनाउन नसक्दा नेपाललाई क्षति

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

Leave a Reply Cancel reply

ताजा समाचार

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: