• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेशमा साढे ६ वर्षपछि जसपा नेतृत्व ढल्दै, जनमतका महेश यादव मुख्यमन्त्री बन्दै


मधेशमा साढे ६ वर्षपछि जसपा नेतृत्व ढल्दै, जनमतका महेश यादव मुख्यमन्त्री बन्दै

शैलेन्द्र क्रान्ति-
मधेशमा साढे ६ वर्षपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)को सरकार ढल्ने निश्चित भएको छ । मधेशमा जसपाको एकक्षत्र साढे ६ वर्षे सरकार पहिलो पटक ढल्न लागेको हो ।
गत वैशाख ३० गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएसपछि मुख्यमन्त्री सरोजकुमार यादवल अल्पमतमा परेका थिए ।

यधपी नेकपा एकीकृत समाजवादी सरकारबाट नबाहिरिँदा पुनः प्रतिपक्षी नेपाली काँग्रेस र लोसपालाई समेत साथमा लिएर विश्वासको मत लिएर सरकार टिकाइ राख्ने जसपाको हरसम्भव प्रयास थियो । मुख्यमन्त्री यादवले आज प्रदेशसभबाट विश्वासको मत लिने तयारीमा छन् । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

तर पूर्वसन्ध्यामा मंगलबार साँझ एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार ढल्ने निश्चित देखिन्छ । एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मंगलबार राजिनामा बुझाएका हुन् । संगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन् । अब मुख्यमन्त्री यादवले सदनमा पनि विश्वासको मत गुमाउने निश्चित छ ।

तत्कालीन केन्द्रीय गठबन्धन अनुसार २७ पुस २०७९ मा जसपा संसदीय दलका नेता यादव नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

डेढ वर्षको कार्यकालमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए । तर, २३ जेठमा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहित ७ सांसदले फुटाएपछि कमजोर बन्यो । लगतै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे ।
केन्द्रमा पाँचसिट मात्र बाँकी रहेको जसपा प्रचण्ड सरकाबाट बाहिरियो । र उसले हरसम्भव मधेशमा रहेको आफ्नो सरकार बचाउन लागिरहे । एकीकृत समाजवादी मधेश सरकारमै यथावत, काँग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आशासहित सरकार बच्नेमा जसपा ढुक्क जस्तै थियो । तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाड्दा जसपा सरकार ढल्नेमा दुईमत रहेन ।

जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । अब एकीकृत समाजवादी र अन्य साना दलको साथले जनमत नेतृत्वको सरकार बन्ने पनि करिब तय छ ।
१०७ सदस्य मधेश प्रदेशसभामा एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ सिट छ । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेतले दावी पेश गर्ने पत्रमा हस्ताक्षर गरिसकेको माओवादीका एक सांसदले बताए ।
अब बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने श्रम तथा यातायात मन्त्रीबाट राजिनामा दिएकी एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले बताइन् । लोसपालाई समेत समेट्ने ती दलहरुको प्रयास छ ।

अब जनमत संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ । उनी जसपाकै सरकारमा शिक्षा तथा संस्कृति मन्त्री थिए । मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारी रहेको निवर्तमान मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले बताए ।
आज नैतिकताको आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले राजिनामा दिए वा सदन फेस गरे त्यसलाई विफल बनाएर दावी पेश गर्ने दलहरुको तयारी छ । मुख्यमन्त्री यादवले राजिनामा दिने वा सदन नै फेस गर्ने विषयमा आज बिहान १० बजे जसपाको बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने एक नेताले बताए ।

मधेश प्रदेश स्थापनाकालदेखि पहिलोपटक जसपा नेपालको एकक्षत्र प्रदेश सरकार ढल्ने निश्चित भएको छ । र पहिलो पटक जसपासंग टसल परिरहने सिके राउत नेतृत्वको जनमत पार्टी नै सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

मधेशमा यसअघि पहिलो कार्यकालमा जसपा नेपालका लालबाबु राउत निरन्तर पाँचवर्ष मुख्यमन्त्री रहे । गठबन्धन फेरबदल र पार्टीको टुटफुट ब्यहोरेपनि मुख्यमन्त्रीबाट लालबाबुलाई हट्नु परेन । त्यस बेला मधेश आन्दोलनको रापतापमा २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालले जितेको थियो । पछि उपेन्द्र यादव नेतृत्वको फोरम र २५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) एकता भएर जसपा बन्यो । पछि पुनः विभाजन भएपछि उपेन्द्र यादवबको जसपामा महन्थ ठाकुरका केही सांसदहरु बसेपछि जसपा सभामुखसहित ३९ सिटमा कायम रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बागमतीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
  • २०८१ जेष्ठ २३, बुधबार २०:४४
  • In "बागमती प्रदेश"
  • सुदूरपश्चिममा नाउपा : रेशम रिहाइको मुद्दा कि, भागबण्डामा बार्गेनिङ?
  • २०८१ जेष्ठ २३, बुधबार २०:४४
  • In "BannerNews"
  • लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
  • २०८१ जेष्ठ २३, बुधबार २०:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

दलित बिपन्न विद्यार्थीलाई छात्रवृत्ति अझै पनि विद्यार्थी भुइँमा बस्न बाध्य

ग्लोबल वार्निङ्ग नियन्त्रण गर्न जेसिजद्वारा लहानमा बृक्षारोपन

जेठ २९ गतेदेखि बैंक पीडितद्वारा देश ब्यापी आन्दोलनको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version