– विद्यार्थी राजनीतिबाट उकासिएका कम्युनिस्ट बिचार बोकेका नेकपा एमालेका नेता सरोज कुमार यादवले पार्टीको सक्रिय नेताको उपमा चिनिएका हुन्।बिश्वमा नारीको महिमा अपरम पार रहेको छ।नेपाली समाजमा नारीलाई पुरुष झै समानताको हक दिनुपर्छ बताए।समाजबाट लैङ्गकि विभेद अन्त गर्नुपर्नेमा जोड दिदै
नारीमाथी हुने लैङ्गकि विभेद अन्त हुनुपर्छ उनले पत्रकार संग बिचार राखेका थिए।
प्रत्येक बर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
एमाले नेता सरोज यादवका अनुसार नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक बिदा दिने गरेको छ। नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।
आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका थिए।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत हरेक नारीको हुनुपर्नेमा नेता सरोज कुमार यादवले जोड दिएका छन्।