• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु


प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु

सुप्रसिद्ध प्रगतिशील लेखक श्यामप्रसादले ‘प्रेम र विवाह’ शीर्षकमा यो लेख लेख्नुभएको यता धेरै समय बितिसकेको छ तर प्रेम र विवाहलाई हेर्ने समाजको दृष्टिकोणमा आधारभूत रुपमा खासै परिर्वतन आउन सकेको छैन । वास्तवमा प्रेम र विवाहलाई कसरी लिने भन्ने सन्दर्भलाई बुझ्न सघाउने श्यामप्रसादको यो लेख हामीले पुनः प्रकाशन गरेका छौं ।

हामीले प्रेम र विवाहका विषयमा पनि मुख्य बल विचार पक्षमा नै दिने गरेका थियौं । तर, विचार मिल्यो भन्दैमा करकापबाट कसैलाई पनि विवाह गराउन खोजिंदैनथ्यो । विचारका साथै रुचि पनि मिल्नुपर्छ भन्ने हाम्रो मान्यता थियो । एकपल्टको कुरा हो, ठिटा र ठिटी दुवै एउटै शहरका र शिक्षित थिए र दुवैको उमेर, उचाइ र रङ्ग मिल्दोजुल्दो थियो । तिनीहरुमा विवाह हुनसक्ला कि भनी हामीले भेट गरायौं । तर केटाले भने– ‘मेरो अनुहार अलिकति कालोजस्तो भए पनि म गोरी केटीसँग नै बिहे गर्न चाहन्छु ।’ हामीले देखाएकी केटीसँग नै बिहे गर्नुपर्छ भनी उनलाई कर लगाइएन । उनले पछि आफ्ना नातेदारहरुमार्फत गोरी केटीसँग नै बिहे गरे । केटी असल स्वभावकी नै परिन् । हामीलाई उनीबाट असजिलो नभएर सजिलो नै थपिन पायो । हामीले प्रस्तावित गरेकी केटीको पनि गोरो केटासँग नै बिहे भयो । ती केटा पनि हामीसँगै गाँसिएका थिए । यसरी दुवै जोडी हाम्रा साथी भइरहे ।

अर्को पल्ट । केटा र केटी दुइटा जिल्लाका थिए । दुवै हाम्रो सम्पर्कमा रहेका भए पनि उनीहरुमा चिनजान थिएन । दुवैका अभिभावकहरु हाम्रा साथी थिए । हामीले ती केटा र केटीमा विवाह गराउन सकिने सम्भावना देख्यौं । तर, यस विषयमा उनीहरुसँगै सोझै प्रस्ताव राखेनौं । दुवैलाई आ–आफ्ना अभिभावकले एउटै मिति र सयम पारेर चिडियाखाना हेर्न लैजाने भनी कुरा मिलाइयो । चिडियाखानामा केटा र केटीको चिनजान, गफ–कुराकानी हुनपायो । घर फर्केपछि एक–दोस्रोप्रति दुवैको विचार बुझ्दा उनीहरु आपसमा विवाह गर्न पनि तयार भए । हामीले चाहेका कुरा पूरा भयो ।


केटा र केटी दुइटा जिल्लाका थिए । दुवै हाम्रो सम्पर्कमा रहेका भए पनि उनीहरुमा चिनजान थिएन । दुवैका अभिभावकहरु हाम्रा साथी थिए । हामीले ती केटा र केटीमा विवाह गराउन सकिने सम्भावना देख्यौं । तर, यस विषयमा उनीहरुसँगै सोझै प्रस्ताव राखेनौं ।


युवक–युवती साथीहरुमा भेटघाट–चिनजान हुन पाउने किसिमबाट संगठनका कामहरु दिने गरिएका थिए । तीमध्ये ज–जसको जो–जोसँग घनिष्ठता बढेर प्रेम पर्न जान्थ्यो, तिनीहरुलाई दाम्पत्य जीवन जोर्न पनि प्रोत्साहन नै दिने गरिएको थियो । एकपल्ट एक जोडी प्रेमी–प्रेमिकाले आपसमा बिहे गर्न चाहे । हामीले आफ्ना अभिभावकहरुबाट पनि अनुमति लिने सल्लाह दियौं । एकापट्टिका अभिभावकले असल पात्र रोजेको भनी स्याबासीसहित स्वीकृति दिए । अर्कापट्टिका अभिभावकले ‘हुँदैन’ भनी ठाडै अस्वीकृत गरे । तर उमेर पुगेकाहरुले आफूखुशी रोजेको विवाह गर्न पाउने अधिकारको रक्षा गर्दै हाम्रो सङ्गठनले पनि स्वीकृति नै दियो । तैपनि, यो विवाह–सम्बन्ध उनीहरुले बाहिर खोलेनन् । बच्चा जन्मिने दिन वर–वर आउन थालेपछि भने उनीहरुले आफ्नो सम्बन्ध प्रकट गर्न करै लाग्यो । अनि उनीहरुमध्ये एकजनाले आफ्ना आमा–बाबुको घर नै छोड्नुप¥यो ।

हाम्रो सङ्गठनसँग नगाँसिएका भए पनि शत्रु–समूहभित्र नपरेर जनताभित्र पर्नेहरुसँगसमेत विवाह गर्न अनुमति नै दिने गरिएको थियो । एकपल्ट म बसेकै परिवारकी छोरीले आफ्नै गाउँको एकजना केटासँग सम्बन्ध बढ्दैगएको कुरा मसँग खोलिन् । मैले उनीबाट बेला–बेलामा हालचाल सोध्ने र केटालाई राम्ररी जाँच्नेजस्ता सल्लाह दिने गर्न थालें । केटा असल नै देखिए । मेलै छोरीलाई ‘यो कुरा अब त आमाबालाई पनि बताउनु बेस होला कि ?’ भनेर सोधें । छोरीले भनिन्– ‘आमाले त हुन्छ नै भन्नुहुन्छ, तर बाले भने मान्नुहुन्न ।’ मैले ‘किन ?’ भनेर सोधें । छोरीले भनिन्– ‘केटाको आर्थिक अवस्था हाम्रो जस्तो राम्रो छैन– त्यसैले ।’ उसोभए आमासँग मात्र भएपनि कुरा गर्नु बेस होला भन्ने सल्लाह दिएँ । उनले भनिन्– ‘आमा पेटमा कुरा राख्न सक्नुहुन्न, बासँग डराउनुहुन्छ र कुरा खुल्न जान्छ । अनि बाले मलाई गाली मात्र गर्ने होइन, बेस्सरी भकुर्नु नै हुन्छ । मलाई माइतीको सम्पत्तिको लोभ छैन । म त डेरा गरी ती केटासँग नै घरजम गरेर बस्न जान्छु ।’ उनले त्यसै गरिन् । उनको सम्बन्धलाई पनि संगठनको तर्फबाट सजिलैसँग मान्यता दिइयो ।

दुईजना उमेर मिल्दा र कलाप्रेमी ठिटाठिटी थिए । दुवै हाम्रो संगठनको सम्पर्कमा थिए । तर, उनीहरुमा चिनजान थिएन । हामीले उनीहरुको परिचय हुन पाउने माध्यम बनायौं । बराबरको भेटपछि उनीहरुमा मित्रता बढ्न थाल्यो । हामीले विवाहको कुरा चलायौं । तर, एउटा पक्षलाई यो प्रस्ताव मन्जुर भएन । किनभने एकजना अध्ययनशील नै भए पनि उनले औपचारिक शिक्षा पाएका थिएनन् । अर्को पक्ष औपचारिक शैक्षिक उपाधिसमेत चाहन्थ्यो । हामीले विवाहसम्बन्धी हरेक मामिलाबाट अनुभव बटुल्दै गएका थियौं । यस घटनाबाट हाम्रो अनुभवमा शिक्षासम्बन्धी बुँदा पनि थपिन आयो ।


एकजना बूढी आमा सधैंकी रोगी हुनुहन्थ्यो । उहाँले एकपल्ट मसँग भन्नुभयो– ‘ मेरो छोरीको पनि बिहे गर्ने बेला हुनलाग्यो । म अब चाँडै मरिहाल्छु । यसले बुढीकन्या भएर बस्नु नपरोस् । तपाईंकै भर छ है बाबु !’ मैले उहाँलाई ढुक्क पार्दै भनें– ‘आमाले कत्ति पीर लिनुपर्दैन । हामी यतिका दाजुभाइहरु हुँदाहुँदै यस्ती असल बहिनीको बिहे अड्कन्छ र ?’


एकजना किसान नवयुवतीको विवाहबारेको विचार बुझ्दा उनले यसरी बताइन्– ‘मेरो निम्ति टाढाको केटा नखोजे पनि हुन्छ । म त बिहे गरेपछि पनि माइतिकै खेतीपातीको काममा सघाउन सकियोस् भन्ने चाहन्छु । नजिक भएमा मात्रै सो गर्न भ्याइन्छ । हामीले उनकै गाउँका हाम्रा एकजना कार्यकर्तासँग उनको विवाह गराइदियौं । हाम्रो अनुभवमा अर्को बुँदा पनि थपिन आयो ।

अनेक थरी तीता–मीठा अनुभवहरु बटुलिएपछि हामीले विवाह फारमको चलन नै चलायौं । विवाह गर्ने उमेर हुन थालेको (अर्थात् सोह्र बर्ष उमेर पुगेका ठिटीहरु र अठार पुगेका ठिटाहरु) हाम्रो मातहतका हरेक व्यक्तिलाई सो फाराम भर्न हौस्याइन्थ्यो । फारममा आफ्नो विवरणका साथै आफूले रोज्न मिल्ने व्यक्तिमा हुनुपर्ने विशेषताका बुँदाहरु पनि भर्न लगाइन्थ्यो । जस्तै ः उमेर, वर्ण, शिक्षा, जात, ठाँउ, वर्ग, विचार, बानी, परिवारमा को–को, विवाह कहिले गर्ने र कसरी गर्ने इत्यादि । यी सबै कुरा खुलाउनुपरे पनि फारम भर्न सजिलो हुन्थ्यो । किनभने, थोरै ठाउँमा यस्ता कुरा संक्षेपमा जनाउँदा पनि पुग्थ्यो । लामो गन्थन वा व्याख्या लेखिरहनु पर्दैनथ्यो ।

एकजना बूढी आमा सधैंकी रोगी हुनुहन्थ्यो । उहाँले एकपल्ट मसँग भन्नुभयो– ‘ मेरो छोरीको पनि बिहे गर्ने बेला हुनलाग्यो । म अब चाँडै मरिहाल्छु । यसले बुढीकन्या भएर बस्नु नपरोस् । तपाईंकै भर छ है बाबु !’ मैले उहाँलाई ढुक्क पार्दै भनें– ‘आमाले कत्ति पीर लिनुपर्दैन । हामी यतिका दाजुभाइहरु हुँदाहुँदै यस्ती असल बहिनीको बिहे अड्कन्छ र ?’ यो कुरा भएको डेढ बर्षभित्र आमा बित्नुभयो । हामीले ती बहिनीको बिहे पनि उमेर पुगेपछि गराइहाल्यौं । यसरी विवाह–समस्यालाई समेत धमाधम छिन्दै जाने कोसिस गथ्र्यौं । तैपनि निकै जनाको विवाह गराउन बाँकी भइरहन्थ्यो । यसको मुख्य कारण नेता, कार्यकर्ता र जनता गरी तीनै तहमा पाइने प्रेम तथा विवाहका बारेमा पछौटे वा गलत धारणाहरु नै थिए । यसका साथै संगठनको सबै तहले चारैतिर यस विषयमा पर्याप्त मात्रामा प्रयत्न गर्न नसक्नु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !
  • २०७७ आश्विन १९, सोमबार ०७:५०
  • In "जीवनशैली"
  • ३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा
  • २०७७ आश्विन १९, सोमबार ०७:५०
  • In "मधेश प्रदेश"
  • यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्
  • २०७७ आश्विन १९, सोमबार ०७:५०
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्च पक्राउ

स्थानीयले एकै स्वरमा भने, "चीनले सिमा मिचेकै हो"

चीनद्वारा बङ्गलादेशलाई अन्तिम समय मा धोखा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version