संजय यादव
३ माघ, २०८०
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेस सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।
मधेस सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममै सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरे ।
यता मुख्यमन्त्री सरोजकुमार यादवले साइकल काण्ड हाम्रो पालामा नभएको भन्दै टारेको थिए । यद्यपि उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरे ।
२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए ।














