लोकेन्द्र प्रसाद यादव
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर-८ बैरयाहीमा सहिद डम्बर नारायण यादव (सन्देश) को १९ औं स्मृति दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र बोदे बर्साईन नगर तथा बलान विहुल गाउँ कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा तत्कालिन जनयुद्धको समयमा सप्तरी पश्चिम क्षेत्रका ईन्चार्ज रहेका यादवले संगठन विस्तार र समाजमा कुसल नेतृत्व प्रदान गरेको र कुनै निणर्य लिदाँ संगठन संगै समाज संग सहकार्य गर्ने शैली नै उहाँको माहनातको विषय रहेको स्मृति दिवसमा सहभागी वक्ताहरुले प्रष्ट पार्नुभयो ।
सिरहा महेशवारी गाउँका हरिगेन यादव र उर्मीला देवी यादवको दुई छोरा, एक छोरी मध्ये जेठो सन्तानको रुपमा वि.सं.२०३७ साल असोज ६ गते जन्मेका डम्बर नारायण यादवको हत्या आजकै दिन सप्तरीको २०६१ पुस २८ गते सप्तरीको अरहा भजखामा गाउँमा हत्या भएको थियो । सो अवसरमा सहिद डम्बर नारायण यादवको आमा उर्मीला देवी यादवलाई दोसल्ला ओढाएर पार्टीले सम्मान गरेको छ ।
सहिद डम्बर नारायण यादवको १९ औं स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले कार्यक्रममा बोल्दै भने अहीलेका परिर्वतनको सम्भावक जनयुद्धका क्रममा साहदत दिएका परिवार र जनयुद्धको नेतृत्वकर्ता, जनयुद्धमा लागेकाहरुलाई संरक्षण दिने नेपाली रहेको बताउदैँ राज्य,पार्टीले सहिद परिवारको लागि केहीँ गरेन भनेर विच्चलीत नहुन सहिद परिवारहरुलाई आग्रह गरेका छन् ।‘ जनयुद्धको क्रममा मृत्यु हाथमा लिएर युद्धमा होमीएका परिवार सदस्यको नाताले शोकलाई शक्तीमा बदली काम गर्न आग्रह गर्दै उहाँले भने त्यती खेर कसैले राहत दिने कुरा थिएन।” पार्टी शान्ती सम्झौता आएपछि राहत दिलाएको बताए। संघ सरकारले अहीले पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्ने अधिकार समेत नदिएको गुनासो गरे ।
‘‘स्थानीय जनसमुदाय प्रतिको लगनशिलताले नै सिरहाको धर्तीमा हुर्केका सहिद डम्बर जीको आज सप्तरीमा स्मृति दिवस र स्मृति पार्क बन्न गई रहेको मन्त्री यादवले बताईने ।”
मन्त्री यादव र सहिद डम्बर नारायण यादव (सन्देश) जनयुद्धकालमा जीवन साथीको रुपमा बाँन्धीएका थिए ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले भने माओवादी कमजोर हुनु भनेको अहीलेको संघीय लोकतान्त्रीक गणन्तत्र व्यवस्था कमजोर हुनु हो।‘‘गरिब निमुखा फेरी अवाज विहीन हुनु हो।” जसरी जनयुद्धकालमा हामीलाई आफनो बच्चा सम्झेर नुन रोटी खुवाएर पालन र संरक्षण दिनु भयो। हामी उपाहरमा संघीय लोकतान्त्री गणन्तत्र दियो। अब भोट दिनु हामी अरु भन्दा राम्रो विकास गर्न ललायित रहेको पार्टीको नेतृत्वमा देश विकासतर्फ अगाडी बढी रहेको बताए ।
सो कार्यक्रममा सहिद डम्बर नारायण यादव, जुक्ती यादव, कमलेश यादव, उमेश यादव सहिद स्मृति पार्कको शिल्यानाश मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गरिइन् । स्मृति पार्क निर्माणका लागि मधेश प्रदेश सरकारले रु २५ लाख बजेट विनयोजन गरेको छ ।
कार्यक्रममा स्वागत मंन्तव्य सहिद परिवार सदस्य शिक्षक कमलदेव यादवले राखे भने
कार्यक्रमाको संचालन बोदे बर्साईन नगरपालिका वडा नम्बर—२ का वडा अध्यक्ष रामप्रसाद रामले गरेको थियो ।
उक्त कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी, संविधान सभा सदस्य असर्फी सदाय, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. सूर्या प्रसाद यादव, नेकपा मादोवादी सप्तीका जिल्ला सदस्य युवा नेता प्रमोद कुमार यादव लगायतको सहभागीतमा रहेको थियो । सो कार्यक्रम नेकपा माओवादी केन्द्र बलान विहुल गाउँ कमिटी अध्यक्ष तथा सहिद परिवार सदस्य पशुपती यादवको अध्यक्षतामा भएको थियो ।