• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमिलो कागतीबाट गतिलो आम्दानी, किसानसँगै व्यापारी पनि खुसी


अमिलो कागतीबाट गतिलो आम्दानी, किसानसँगै व्यापारी पनि खुसी

धनुषा : ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत धनुषाको महेन्द्रनगरभन्दा ७ किलोमिटर पश्चिममा छ बटेश्वर गाउँपालिका १ र २ को धुमासन भन्ने टोल । यो टोल कागती खेतीको रुपमा प्रसिद्ध छ । यस टोलका अधिकांश किसानले अमिलो कागतीको खेती गरेर मनग्य आमदानी गर्छन् । त्यो पनि बिना लगानीको कागती खेतीबाट । जुन कागती खानमा खान प्रायः शहरमा बस्नेहरु लालायित रहन्छन् ।

बटेश्वर गाउँपालिका १ सोनापुरका महेश महतो कागती खेतीबाट वर्षेनी राम्रो आम्दानी बटुल्ने चर्चित कृषक हुन् । दुईछोरा र एकछोरीसहित पाँचजनाको उनको परिवार कागती खेतीले नै चल्ने गर्दछ । २० वर्षभन्दा बढी समयदेखि कागती खेती गर्ने महेशले कागती खेतीबाट वर्षेनी लाखौं रुपैयाँ कमाउने गरेका छन् ।

आनन्दलालले बारीमा लगाएको कागती खेती

पाँच कठ्ठा जग्गामा कागती खेती गरेका उनले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।
‘कागतीबाट वर्षमा ५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । लगानी भने शुन्य बराबर नै लाग्छ’, महेशले टुडेपाटीसँग भने, ‘मैले थोरै मिहिनेत मात्रै गर्छु । तर कागतीको आम्दानीबाटै घरपरिवार मज्जाले चल्छ । तीनछोराछोरीको पढाइलेखाई कागतीकै पैसाबाट गराउँछु ।’

कागती खेती

महेशकै छिमेक आनन्दलाल महतोले पनि कागती खेतीबाट मनग्य लाभ लिने गरेका छन् । पाँच कठ्ठामा उनले पनि लगाएको कागती खेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गरेको बताउँछन् । ‘५ कट्टामा कागती खेती छ । वर्षमा एक कठ्ठाबाट एक लाख रुपैयाँ आम्दानी हुन्छ । समय–समयमा कगतीको बोटलाई सरसफाइ गनुपर्छ, किटनाशक औषधि पनि छर्कनुपर्छ । प्रतिकठ्ठा वार्षिक लागनी मात्र पाँचहजार पर्छ,’ आनन्दलालले भने, ‘कागती सिजन अनुसार ५ देखि १० रुपैयाँसम्म प्रतिगोटा बजारमा बेच्ने गरेको छु ।’

कागतीमा औषधि छर्दै स्थानीय किसान सुरेन्द्र यादव

यस वर्ष कोरोना महामारीमा भएको ६ महिना लकडाउनको कारण  कागती बेच्न नसक्दा रुखमै पाकेर धेरै नष्ट भएको उनको गुनासो छ । सोनापुर टोलका महेश र अनन्दलाल कागती खेतीबाट मनग्य आम्दानी लिने उदाहरण पात्र मात्र हुन् । उनीहरु जस्ता यस टोल लगायत वरपर गाउँटोलका किसानहरुले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन् ।

खेतमै पुग्छ कागती खरिद गर्न व्यापारी

कोरोना महामारीका कारण लामो समयदेखि बन्द बजार खुलेपछि व्यापारीहरुमा उत्साह बढेको छ । यस्तै उत्साहित कागती कै व्यापारी गर्ने एकजना व्यापारी हुन् जिवछ महतो । कागतीमा धरै फाइदा हुन्छ भनेर साथीभाइबाट सुन्ने गरेकोले धनुषाको बटेश्वरका जिवछ महतोे बडो उत्साहका साथ कागती व्यापारमा सकृय भए । कागती व्यवसायमा  राम्रो फाइदा देखेपछि जिवछ कागती किन्न किसानको खेत सम्मै पुग्ने गरेका छन् । किसानलाई फुसर्द नभएको बेला उनी आफैले बोटबाट कागती टिपेर बेच्न लग्ने गरेको बताए ।

लटरम्म फलेको कागती

‘जती धेरै मिहिनेत गरे उती धेरै अगाडि बढ्न सकिन्छ । ज्याला मजदुरी गरि जीवनजिवीका चलाउथे’ व्यवसायी जिवछले भने, कोरोना महामारीमा सरकारले लकडाउन गरेदेखि कामपनि पाइदैन । साथीभाइले भन्ने गर्थे कागती व्यापारमा धेरै फाइदा हुन्छ । त्यसैले आजभोलि कागती व्यापारमा नै सकृय भएको छु । मिहिनेत अनुसार राम्रो फाइदा छ’

दैनिक ५ सय कागती लिएर बिहान ५ बजे नै साइकलमा लोड गरि हिँडेको जिवछ जनकपुरको बजारसम्म पुग्ने गर्छन् । प्रत्येक दिन उनी ३० किलोमिटर साइकल चलाएर जाने गर्छन् । दिनको एक हजारदेखि १५ सयसम्म फाइदा हुने गरेको उनी बताउँछन् । ‘किसानबाट ४÷५ रुपैये किनेको कागती जनकपुरमा १० देखि १५ रुपैयाँ सम्म बिक्री हुन्छ ।’ उनले भने । कागती व्यपारले जिवछको जीवन सुख्मय हुन थालेको छ ।

शरीरमा दैनिक एक पिस कागतीको आवश्यकता

कागतीलाई विभिन्न प्रकार बनाएर खाने गरिन्छ । समान्यता कागतीको जुस, अँचार, कसौनि, खटाई लगायतका प्रकार बनाएर खाने गरेको पाइन्छ ।
धनुषाको उत्तरी पश्चिम क्षेत्र बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका लगायतको स्थान कागतीको ट्रान्जिस्ट पोइन्ट बनेको छ । प्रायः जसो यहाँका जग्गामा उर्वरा शक्ति बढी रहेको हुँदा हरियो तरकारी खेती अत्याधिक हुने गरेको छ ।

मानिसको शरीरमा पौष्टिक खाना संगसँगै कागतीको पनि आवश्यक निकै हने गरेको स्वास्थ्यकर्मी अम्रेश सिंहले बताए । दिनमा एउटासम्म कागती खाँदा शरीरमा कुनै नाकरात्मक असर देखा नपर्ने उनको भनाइ छ । एउटा कागतीमा ३१ मिलिग्राम भिटामिन सी उत्पादन हुन्छ ।

यसले मानिसको शरीरमा पाचन प्रणालीलाई मजबुत गर्नु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि, छाला रोग लाग्न नदिने, मुख गन्हाउने समस्या नहुने, गिजाबाट रगत नआउने, उक्त रक्तचापलाई नियन्त्रण गरि सन्तुलनमा राख्ने लगायतका काम कागतीले गर्ने उनले बताए ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
  • २०७७ आश्विन १७, शनिबार १६:४५
  • In "BannerNews"
  • छठ पर्वमा महगियो बजार, उपभोक्ताहरु मारमा
  • २०७७ आश्विन १७, शनिबार १६:४५
  • In "आर्थिक"
  • कञ्चनपुरको कृष्णपुरमा बेत र बाँसका चार हजार बिरुवा रोपिए
  • २०७७ आश्विन १७, शनिबार १६:४५
  • In "कृषि"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

रेल्वेमा जागिर : २९ पदमा ३२ हजार बढीको आवेदन, कुन पदमा कति ?

Debate: MOM’s Low Science Output Reflects Inadequate Science Base, Not on ISRO

Ramachandra Guha: Lessons for today’s leaders from ISRO chief Satish Dhawan

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version