• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला


प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

काठमाडौं । झन्डै एक वर्षअघि ललितपुर महानगरपालिका वडा नं। १९ बस्ने २९ वर्षीय सनिशा मल्लको सम्पर्कमा एक पुरुष सम्पर्कमा आए । उनीहरूबीच पहिलो पटक ह्वाट्सएपमा कुरा भएको थियो । अपरिचित पुरुष विवाहित मल्ललाई प्रभावित पार्न दिनहुँजसो कुरा गर्थे । कुरा गर्ने क्रम बढ्दै गएपछि उनीहरू नजिकिए । पछि प्रेमी प्रेमिका नै बने । प्रेमी प्रेमिका भए पनि उनीहरूबीच भेटघाट भएको थिएन । उनीहरूलाई जोड्ने काम केबल ह्वाट्सएपले गरिरहेको थियो ।

प्रेमिका बनाइसकेपछि ती युवकले मल्ललाई विभिन्न प्रलोभनमा पारेर झनै नजिक भएको आभास दिन थाले । समय बित्दै गएपछि उनीहरूबीच व्यक्तिगत र व्यावसायिक कुराहरू पनि साटासाट भयो । युवकले आफूलाई केही बैंक अकाउन्ट आवश्यक परेको भन्दै मल्ललाई उनको नामबाट विभिन्न बैंकमा खाता खोल्न अनुरोध गरे ।
प्रेमीले भनिसकेपछि महिलाले पनि नाइँ भनिनन् । पछि युवकले भने बमोजिम नै विभिन्न १० ओटा बैंकमा खाता खोलिन् । त्यसको केही समयपछि युवकले चेकबुक र एटीएम कार्ड पार्सल गरेर पठाइदिन अनुरोध गरे ।

महिलाले पनि युवकले भनेझैं गरिन् र पार्सल गरेर पठाइदिन् । पार्सल गर्ने क्रममा कागजात पठाएको भनेपछि पार्सल गरिदिनेले पनि पुर्याउनुपर्ने ठाउँमा पुर्‍याइदिए ।
एटीएम कार्ड र चेक पाएपछि युवकले महिलालाई आदर भावसहित धन्यवाद दिए र केही समय उनीहरूबीच त्यसरी नै कुराहरू अगाडि बढिरह्यो ।

उता युवक भने महिलाबाट प्राप्त एटीएम कार्डको दुरुपयोग गर्नतर्फ लाग्छन् । उनी भारत गएका हुन्छन् । भारतबाट नक्कली अकाउन्ट बनाएर विभिन्न नेपालीसँग जोडिन्छन् । जो कुरा गरेर नजिक भएको छ, उसलाई आफू इटालीको नागरिक भन्दै नजिकिन्छन् । पछि कुरा धेरै अगाडि बढिसकेपछि गिफ्ट पठाइदिने प्रलोभन दिन्छन् ।

विशेषगरी आईफोन, लेडिज ब्याग, गरगहना र पाँच हजार डलर गिफ्ट पठाइदिने आश्वासन दिन्छन् । यता गिफ्ट पाउने भएपछि उनीसँग नक्कली अकाउन्टबाट जोडिएका नेपालीहरू पनि दङ्ग हुन्छन् र गिफ्ट पाउने प्रलोभनमा पर्छन् । तर, गिफ्ट आउँछ भनेकै दिन ह्वाट्सएपमा नयाँ नम्बरबाट मेसेज आउँछ ।

सो मेसेजमा इटालीका नागरिक डा। रबिया हिकोलीले ९म्च। च्बदबभब ज्ष्अयबिभ० ले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको भन्ने मेसेज आउँछ । र, उक्त गिफ्टको पार्सल पाउन भन्सार तथा डेलिभरी शुल्क तिर्नुपर्ने भनिएको हुन्छ । फेसबुकमा जोडिएका व्यक्तिले पनि ह्वाट्सएपको मेसेजमा पठाइएको अकाउन्टमा रकम पठाउँछन् । यसरी विभिन्न शीर्षकमा रकम पठाउँदा एक पीडितले १७ लाख १५ हजार रुपैयाँ पठाइसकेका हुन्छन् ।

आफू ठगिएको थाहा पाएपछि पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन्छन् । उजुरी पछि अनुसन्धान गर्दै जाँदा सबै रकम मल्लको अकाउन्टमा गएको देखियो । उनलाई प्रहरीले सम्पर्क गरी कार्यालयमा बोलाए । उनी सहजै प्रहरी कार्यालयमा आइन् । उनी कार्यालयमा आउनुअघि ती युवकसँग सम्बन्ध बिग्रिसकेको थियो । पछि उनले आफ्नो सबै बैंक अकाउन्ट बन्द गरिन् पनि ।

तर, उनको अकाउन्टमा पहिले नै मोटो रकम ट्रान्सफर भइसकेको थियो । कार्यालयबाट अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनी आफ्नो अकाउन्टमा आएको रकम पीडितलाई दिन सक्ने अवस्थामा थिइनन् । किनभने उनले आफ्नो अकाउन्टमा आएको रकममध्ये एक सुक्को पनि पाएकी थिइनन् । रकम तिरेर घटना मिलाउन नसक्ने अवस्था आएपछि पीडितले ठगी सम्बन्धी कसूरमा उजुरी दिए । र, प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । पक्राउ गरिसकेपछि प्रहरीले सनिशा मल्ललाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।

अनलाइनमा भेटेका युवकलाई विश्वास गरेर आफ्नो एटीएम कार्ड उपलब्ध गराउँदा मल्ललाई १७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मल्ल एक प्रतिनिधि पात्र हुन् । उनी जस्तै विश्वास गरेर अर्कालाई आफ्नो बैंक विवरण र अन्य कागजात उपलब्ध गराउँदा थुप्रै नेपाली युवतीहरू ठगी सम्बन्धी कसुरमा जेल सजाय भोगिरहेका छन् ।

पछिल्लो अध्यावधिकस् असोज २४, २०८० २२स्४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब
  • २०८० आश्विन २५, बिहीबार २१:३४
  • In "आर्थिक"
  • पूर्व प्रेमिका योजनामा प्रिन्सीपल स्वर्णकारको हत्या, पाँचजना सार्वजनिक
  • २०८० आश्विन २५, बिहीबार २१:३४
  • In "BannerNews"
  • एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’
  • २०८० आश्विन २५, बिहीबार २१:३४
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

सिहंदरबार अगाडि प्रदर्शन गर्न पुगेका १६ जना मानव अधिकारकर्मी पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version