No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरायलका प्रधानमन्त्री– हमास आईएस आतंकवादीभन्दा खत्तम रहेछन्, हमासबारे अरु के भने ?

इजरायलका प्रधानमन्त्री– हमास आईएस आतंकवादीभन्दा खत्तम रहेछन्, हमासबारे अरु के भने ?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । टेलिफोन कुराकानीमा नेतन्याहुले आईएस आतंकवादी समूहभन्दा हमास खत्तम र खराब भएको बताए ।
इजरायलको प्रधानमन्त्री कार्यालयले सामाजिक संजाल एक्समा नेतन्याहु र बाइडेनबीचको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा नेतन्याहुले भनेका छन्,‘शनिबार हामीमाथि हमासले आक्रमण गरे, र म यो भन्न सक्छु कि यहुदीको नरसंहारपछि मैले यस्तो कहिल्यै देखेको छैन ।’

उनले थप भनेका छन्,‘इजरायलमा हमासले सयौं मानिसको हत्या गरिदिएका छन् । सुतिरहेका मानिसको हत्या भएको छ । कयौं महिलाको बलात्कारपछि ज्यान लिइएको छ । सयौं मानिसहरू अपहरणमा परेका छन् जसमा बच्चा पनि छन् ।’

बाइडेनसँगको कुराकानीमा उनी भन्छन्,‘हाम्रा सैनिकको घाँटी रेटी हत्या गरिएको छ । हमासले सबैको ज्यान लिने योजना नै बनाएका थिए । हामीले देशको इतिहासमा यस्तो कहिल्यै देखेको थिएनौं । हमास त आईएस आतंकवादीभन्दा खराब रहेछन् । हामीले उनीहरूलाई अब कठोर जवाफ दिनुपर्छ ।’

Prime Minister Benjamin Netanyahu spoke this evening with @POTUS Joe Biden for the third time since the outbreak of the war:

“We’ve never seen such savagery in the history of the State. They’re even worse than ISIS and we need to treat them as such.” pic.twitter.com/6MCv3baluZ

यसबीचमा इजरायलको संगीत महोत्सवमा ज्यान जोगाउन सफल भएका मानिसहरूले हमासले कसरी आक्रमण गरे भनेर खुलाएका छन् । अक्टुबर ७ तारिखका दिन हमासको अखडा गाजा क्षेत्र नजिकै इजरायलको किबुत्ज इलाकामा संगीत महोत्सव आयोजना गरिएको थियो । संगीत महोत्वस भएको स्थान नजिकै सैन्य क्याम्प पनि थियो ।

बिहान साढे ६ बजे नै गाजा क्षेत्रबाट प्रहार गरिएका सयौं रकेट र क्षेप्यास्त्रहरू संगीत महोत्सवमा उपस्थित हुन पुगेका मानिसहरूले देखेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरूलाई त्यहाँ के भइरहेको छ र छैन भनेर पत्तो नहुँदै हमासका लडाकुहरू सो क्षेत्रमा मोटर साइकल, गाडी, ट्र्याक्टर र प्यारासुट हुँदै पुगिहाले ।

उनीहरूले अन्धाधुन्ध गोली चलाएपछि त्यहाँ भागदौड मच्चिएको थियो । हमासले नजिकैको इजरायली सेनाको सैन्य बेसमा पनि आक्रमण गरिदिए । हमासले यतिधेरै गोली वर्षाएका थिएकी उनीहरू आफ्नो सवारीसाधनसम्म पुग्न डराए । यस घटनामा सयभन्दा बढी कारहरू नष्ट भएका छन् भने त्यो एकै स्थानबाट २६० सर्वसाधारणको शव भेटिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमासका करिब ५० लडाकुहरूले जता मन लाग्यो त्यतै गोली चलाइरहेका थिए, त्यहाँ चारैतिर मान्छे थिए । हमासले तीन दिशाबाट आक्रमण गरेको बताइन्छ । संगीत महोत्सवमा उपस्थित मान्छे बस्ने क्याम्पिङ, बार र क्याटरिङ क्षेत्रबाट गोली बर्साइएको थियो ।

हमासका लडाकुहरू यतिमै मात्र रोकिएनन् उनीहरू नजिकैका गाउँमा पनि घुसे त्यहाँ पनि गए र कयौं मानिसहरूलाई बन्धक बनाएर लगे ।

यतिबेला इजरायलले हमासको अखडा गाजा पट्टीमा भिषण आक्रमणहरू गरिरहेको छ । हमासले इजरायललाई गाजामा आक्रमण नगर्न चेतावनी दिँदै, आक्रमण भएको खण्डमा अपहरणमा परेका मानिसहरूको हत्या गरिदिने बताएको छ ।

हमासले गत शनिबार एकैदिन इजरायलतर्फ ५००० रकेट पनि आक्रमण गरेको थियो । हामासको आक्रमणमा इजरायलमा १२ सयभन्दा बढीले ज्यान गुमाएका छन् यस्तै इजरायलको जवाफी कारवाहीमा गाजाका ९५० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुसँगको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप दोब्बर हतियार दिने वाचा गरेका छन् । यतिबेला इजरायलले यसरी हवाई आक्रमण गरिदिएको छ, गाजा क्षेत्र पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको छ । बीबीसी र दैनिक भास्करको सहयोगमा शिलापत्रमा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

Next Post
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनीको ऋण तिर्ने ठेगान छैन चिनियाँ बिआरआईको ऋण बोक्न तयार

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनीको ऋण तिर्ने ठेगान छैन चिनियाँ बिआरआईको ऋण बोक्न तयार

नेपालीको शव ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

नेपालीको शव ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

हुलाकी सडक एमालेको सरकारले मात्र बनाउन सक्यो : ओली

हुलाकी सडक एमालेको सरकारले मात्र बनाउन सक्यो : ओली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .