• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं


इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं

इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका छन्।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायका स्कुल एफ एग्रिकल्चर प्रमुख सुशील न्यौपानेले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थी घाईते भएका छन भने केही विद्यार्थी सम्पर्क विहिन रहेको जानकारी दिए।

उनका अनुसार तीन जना विद्यार्थीको घाईते अवस्थामा उपचार भैरहेको छ। घाईते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन। उनीहरु मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ।

उनीहरु त्यहाँको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा काम गर्थे। सोही ठाउँमा कार्यरत १७ जना मध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउने गरेको न्यौपानेले जानकारी दिए। उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन।

उनले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी सम्पर्कमा आएको जानकारी दिए। उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन। उनीहरु सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएको न्यौपानेले बताए।

सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेष्टरका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन। उनीहरु १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्र्तगत पहिलो पटक विद्यार्थी पठाएको थियो।   नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

Next Post

अयोध्या खोज्दै हिँडेर केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याए : घनश्याम भूसाल

भारतभरी रहेका सडक निर्माण रेल संजालमा केन्द्रित , नेपालले पनि सहयोग लिनुपर्छ

इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने : १२ नेपाली सम्पर्कविहीन छन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version