• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

टिकटकले गैरकानुनी रूपमा ईयूबाट चीनमा डेटा पठाएको भन्दै जरिवाना


टिकटकको कारण सुरक्षा चिन्ता खडा गरेको छ—अमेरिकी एफबिआई निर्देशक
आइरिस नियामक निकायहरूले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लङ्घन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिबाना गरेका छन्।

उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ।

यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो जरिबाना रकम हो।

उक्त सामाजिक सञ्जाल कम्पनीका प्रवक्ताले चाहिँ जरिवानाको “निर्णयसँग आफूहरूको सम्मानपूर्ण असहमतिहरू रहेको र त्यो विशेषगरी जरिबानाको मात्रामा” भएको बताएका छन्।

आरोप के?

तस्बिर स्रोत,REUTERS

“आलोचना विशेषताहरू र सेटिङहरूमा केन्द्रित छन्। त्यो तीन वर्ष पहिले थियो र हामीले अनुसन्धान सुरु हुनुभन्दा पहिले नै ती कुराहरू परिवर्तनहरू गरेका थियौँ, जस्तै कि १६ वर्षभन्दा कम उमेरका व्यक्तिले खोल्ने खाताहरू स्वतः ‘प्राइभेट’ खाताका रूपमा रहने व्यवस्था छ,” ती प्रवक्ताले भनेका छन्।

उक्त जरिवाना आयरल्यान्डको डेटा प्रोटेक्शन कमिशन (डीपीसी)द्वारा तय गरिएको हो। डीपीसीले युरोपेली सङ्घ ईयूको जेनेरल डेटा प्रोटेक्शन रेगुलेशन (जीडीपीआर) अर्थात् गोपनीयता कानुन अन्तर्गत जरिबाना तय गरेको हो।

जीडीपीआर डेटा व्यवस्थापन गर्दा कम्पनीहरूले पालना गर्नुपर्ने नियमहरू तय गर्ने गर्छ।

डीपीसीले टिकटकले आफ्ना गोपनीयतासम्बन्धी सेटिङहरूबारे बच्चाहरूलाई पर्याप्त पारदर्शी ढङ्गले नबुझाएको र उनीहरूको डेटा कसरी प्रशोधन गरियो भन्ने पनि थाहा नभएको भन्दै प्रश्न उठाएको छ।

डेटा संरक्षण आयुक्त हेलेन डिक्सनले बीबीसीलाई बताए अनुसार सोधपुछका क्रममा १३ देखि १७ वर्षका किशोर किशोरीले बनाएका खाताहरू दर्ता गर्दा पूर्वनिर्धारित रूपमै सार्वजनिक रूपमा देखिने गरी सेटिङ गरिएको पाइएको थियो। त्यस्तो हुनु भनेको उनीहरूले पोस्ट गरेका सामग्री जसले पनि देख्न सक्ने हुनु हो।

यसमा टिकटककै हात छ किनभने उनीहरूले नै उक्त ‘प्लेटफर्म’को डिजाइन गरेका हुन् र हामी के भन्छौँ भने डिजाइनरले जीडीपीआरको पूर्वनिर्धारित आवश्यकता पूरा नगरी डेटा सुरक्षाको उल्लङ्घन गरेका छन्,” डिक्सनले भनिन्।

अर्को अनुसन्धान पनि जारी

टिकटकलाई आफ्नो ‘डेटा प्रोसेसिङ’लाई पूर्ण रूपमा जीडीपीआर अनुरूप बनाउन तीन महिनाको समय दिइएको छ।

लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा बालबालिकाको डिजिटल अधिकार र अनुभवबारे अनुसन्धान गर्ने प्राध्यापक सोनिया लिभिङस्टोनले डीपीसीको निर्णयलाई स्वागत गरिन्।

“[बालबालिकाहरू] शोषित नभईकन डिजिटल संसारमा सहभागी हुन चाहन्छन्। यसको मतलब के हो भने ‘प्लेटफर्म’हरूले उनीहरूको डेटालाई कसरी प्रयोग गर्छन् भनेर भन्नैपर्छ अनि सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूको डेटालाई निष्पक्ष रूपमा व्यवहार गरिनुपर्छ किनकि गोपनीयता बालबालिकाको अधिकार हो,” उनले भनिन्।

टिकटकले गैरकानुनी रूपमा ईयूबाट चीनमा डेटा पठाएको छ कि छैन भनेर पनि अर्को एउटा अनुसन्धान जारी छ। टिकटकको स्वामित्व बेइजिङको कम्पनी बाइटडान्ससँग छ।

तस्बिर स्रोत,PA

यसअघिको जरिबाना

टिकटकमाथि गरिएको कारबाही ठूलो भए पनि हालैका महिनाहरूमा भएका अन्य जरिबानाभन्दा यो कम हो।

युरोपेली नियामकले नियामकले गत मे महिनामा फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्म चलाउने मेटा कम्पनीलाई एक अर्ब २० करोड युरो जरिवाना गरेको थियो।

यद्यपि अहिलेको जरिबाना टिकटकमाथि गरिएको ठूलो जरिबाना हो।

सन् २०२० मा यूकेको नियामक निकायले १३ वर्ष मुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न दिएको भन्दै १ करोड ७० लाख पाउन्ड जरिबाना गरेको थियो। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
  • २०८० आश्विन २०, शनिबार १९:४८
  • In "अन्तराष्ट्रिय"
  • फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा
  • २०८० आश्विन २०, शनिबार १९:४८
  • In "समाचार"
  • फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
  • २०८० आश्विन २०, शनिबार १९:४८
  • In "सूचना-प्रविधि"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

Next Post

कोशी प्रदेशमा बनेन एमाले सरकार , मुख्यमन्त्रीको आयो राजीनामा

एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version