No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादवको जसपामा मौलाएको भ्रष्टाचार , तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

उपेन्द्र यादवको जसपामा मौलाएको भ्रष्टाचार , तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

जनकपुरजनता समाजवादी पार्टीबाट सप्तरीका पालिकाको प्रमुखमा निर्वाचित तीन जना निलम्बित भएका छन् । भ्रष्टाचार गरेको आरोपमा उनीहरु सबै निलम्बनमा परेका हुन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । सप्तरी जिल्लामा रहेको १८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा जसपाबाट प्रमुखमा निर्वाचित भएका थिए ।

जिल्लाको राजविराज नगरपालिका, विष्णु गाउँपालिका र बोदे बरसाइन नगरपालिकामा जसपाका प्रमुख निर्वाचित भएका थिए । विष्णु गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव र बेदो बरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव उपर मुद्दा दायर भई निलम्बनमा परेका हुन् भने राजविराज नगरपालिकाका मेयर भीमराज यादवलाई विशेष अदालतले दोषी नै ठहर गरिसकेको छ । उनलाई स्थानीय राज रंगशाला स्तरोन्नति ठेक्कामा भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतले दोषी ठहर गरेको हो ।

आर्थिक वर्ष ०७३(७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ । उनीमाथि अख्तियारले विशेष अदालतमा २०७९ असार २९ गते आरोप पत्र दायर गरेको थियो । गत साउन ३१ गते न्यू गाहिल कन्सट्रक्सनका सञ्चालकसमेत रहेका मेयर यादवलाई विशेष अदालतले २ लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना र त्यत्तिकै बिगो असुलउपर गर्न आदेश दिएको हो ।

सोही मुद्दामा उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई पनि दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ जरिवाना र उत्तिनै बिगो असुलउपर गर्न विशेष अदालतले आदेश दिएको छ ।

यसै मुद्दाका प्रतिवादी जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई भने भ्रष्टाचारका दुई कसुरमा तीन–तीन महिना कैद सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचार निवारण ऐनको दफा १९ ९२० बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८ ९१० ९ग० बमोजिम कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । उनलाई चार लाख ९९ हजार ६ सय ६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।

मेयर यादव दोषी ठहर भए पनि राजविराज नगरपालिकामा अहिले उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्ने छैन । विशेष अदालतले दोषी ठहर गरे पनि उक्त फैसलाविरुद्ध सर्वोच्च जाने अधिकार उनीसँग रहेकाले तत्काल त्यस पालिकामा उपनिर्वाचन नहुने भएको छ ।

उनी दोषी ठहर भएको सो मुद्दाको अन्तिम किनारा लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पद रिक्त भएको भनी आयोगलाई पत्राचार गरेपछि मात्र उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

जसपाबाटै निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव पनि घुससम्बन्धी घटनामा अख्तियारले नियन्त्रणमा लिएपछि निलम्बित भएका छन् । सोलार बत्ती जडान योजनाको भुक्तानीबापत घुस मागेको सम्बन्धी मुद्दामा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका छन् ।

गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसबापत लिँदै गर्दा गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

सो प्रकरणमा पालिका अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ ।

यस्तै बुधबारमात्रै बोदे बरसाइन नगरपालिका मेयर आतेशकुमार सिंह यादव पनि निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि उनी निलम्बित भएका हुन् । मेयर यादव जसपाबाटै निर्वाचित हुन् ।

अख्तियारले उनीसहित ८ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बोदे बरसाइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर, नक्कली बिल भर्पाइ र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

मेयर यादव र वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिइएको अख्तियारको दाबी छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ ।

अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यसैगरी शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवार पनि निलम्बित भएका छन् । मेयर कलवार नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । अख्तियार दुरुपयोग आयोगले उनीविरुद्ध विशेष अदालतमा घुस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका छन् ।

नगरपालिकाका ईन्जिनियर रामचन्द्र साहको मिलोमितोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको पुष्टि पश्चात आरोप पत्र दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।

इन्जिनियर साहलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत ३ माघमा रु १ लाख ४० हजार घुस लिदँै गर्दा पक्राउ गरेको थियो । साहलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेपछि मेयर कलवारको पनि संलग्नता देखिएको अख्तियारले जनाएको छ ।

कलवार र साह दुबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबीसहित आरोप पत्र दायर गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट जिल्लाको १८ वटा स्थानीय तहमध्ये यस पालिकामा मात्रै प्रमुख निर्वाचित भएका थिए । रातोपाटि बाट साभार गरिएको समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
सत्ता-विपक्षी झगडाको बीउ : गिरीबन्धु टी इस्टेटमा दुई दशकदेखि पाकेको खिचडी

सत्ता-विपक्षी झगडाको बीउ : गिरीबन्धु टी इस्टेटमा दुई दशकदेखि पाकेको खिचडी

सिरहाको गोलबजारमा लघुबित संस्था विरुद्धको कार्यकर्याकर्ता भेला

सिरहाको गोलबजारमा लघुबित संस्था विरुद्धको कार्यकर्याकर्ता भेला

बटेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर

बटेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .