• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा पनि राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन शुरु


धनुषामा पनि राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन शुरु

धनुषा : हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको कार्य धनुषा जिल्लामा पनि शुरु भएको छ ।

गत वैशाख महिनादेखि शुरु गर्ने भनिएको राष्ट्रिय परिचय पत्र तथ्यांक संकलन कार्य कोरोना भाइरस महामारीको त्रासको कारण ६ महिना ढिलोगरी धनुषामा शुरु भएको हो । गत असोज ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा तथ्यांक संकलनको कार्य शुरु भएको हो ।

एकसाताको अवधिमा एक सय ९८ जनाको तथ्यांक संकलन भइसकेको कुरा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिएका छन । उनले भने लकडाउनको ढिलो गरी शुरु भएको कारण कहिलेसम्म संकलन गरिने भन्ने म्याद तोकिएको छैन, तथ्यांक संकलन कार्य निरन्तर चलि रहनेछ ।

महिनौदेखि स्थगित रहेको नागरिकता वितरणको कार्य पनि तथ्यांक संकलनको कार्य शुरु भएसंगै शुरु भएको छ । नयाँ नागरिकता लिनेहरुको तथ्यांक दर्ता संगै भइरहेको जानकारी अधिकृत मिश्रले दिएका छन ।

तथ्यांक संकलन कार्य शुरु भएपनि वितरण कार्य कहिलेदेखि शुरु हुने भन्ने अन्यौलता रहेको कुरामा लोकपुकारसँग कुरा गर्दै अधिकृत मिश्रले भने हामीलाई विवरण संकलन गरेर पठाउने जिम्मेवारी मात्र रहेको छ, वितरण कार्य राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने भएकोले यकिन मिति भन्न सकिदैन । तर ४÷५ समय लाग्न सक्नेछ ।

तथ्यांक संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा छुट्टै इकाई नै गठन गरिएको छ । त्यसका लागि विभागबाटै दुई जना कर्मचारी खटाइएको छ । तथ्यांक संकलनमा सहजीकारणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला र अधिकृत झालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

पांच वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल सरकारले २०७५ मंसीरबाट सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेपनि सबै जिल्लामा कार्य प्रारम्भ भएको देखिदैन । यो वर्ष सरकारले एक करोड नागरिकको डाटा संकलन गर्ने लक्ष्य लिएको छ ।

सबैका लागि आवश्यक

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रमा नागरिकताको विवरणसहित अन्य उपयोगी विवरणहरु परिचय पत्रमा समावेश हुन्छन् ।

व्यक्तिको राष्ट्रिय पहिचान, मतदाताका लागि परिचय पत्रको रुपमा, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा यो परिचय पत्रको उपयोग गरिनेछ ।

अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गरिने लक्ष्य लिइएकोले सबै नागरिकका लागि आगामी दिनमा आवश्यक हुनेछ ।

नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति–पत्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत कार्डमा उल्लेख हुनेछ । १० वटा डिजिटल नम्बर रहेको परिचय पत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्यांकका लागि मद्दत पुग्ने विश्वास सरकारको रहेको छ ।

तथ्यांक दर्ताका चाहिने कागजातहरु :

(क) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि
(ख) आमा÷बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (उपलब्ध भएसम्म)
(ग) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिका÷नगरपालिकाको सिफारिश
घ) नागरिकका प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाई सराई प्रमाणपत्र
ङ) नागरिकताको प्रमाणपत्रमा पति पत्नीको नाम नख’लेमा विवाह दर्ता प्रमाणपत्र
च) नागरिकताको प्रमाणपत्रमा अंग्रेजीमा नाम नख’लेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात .
छ) विवरण पुष्टी गर्ने अन्य कागजातहरु
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न प्रकरण ३ बमोजिमको निवेदन र प्रकरण ४ बमोजिमका कागजात सहित स्वयं उपस्थित भई आफ्ना वैयक्तिक तथा जैविक विवरणहरु दर्ता गराउनुपर्ने प्रावधान तोकिएको छ ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देशभर कृषि सर्वेक्षण गरिँदै
  • २०७७ आश्विन १३, मंगलवार १९:०५
  • In "BannerNews"
  • लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या
  • २०७७ आश्विन १३, मंगलवार १९:०५
  • In "समाचार"
  • ‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार
  • २०७७ आश्विन १३, मंगलवार १९:०५
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version