• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलासा


तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलासा

काठमाडौँ- नेपालको तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ ।

पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको खुलेको हो ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का गर्दै यस आरोपबारे छानबिन गर्न निर्देशन दिएका थिए । उनले अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामान्था पावरलाई गत जनवरी २४ मा पत्र लेख्दै सांसद मककौलले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेका संस्थाहरुले काठमाडौँका प्रमुख स्थानहरुमा विभिन्न कार्यालय नै स्थापना गरेको नेपाली सुरक्षा निकायहरुले आशंका व्यक्त गर्दै आएका छन् । यस संस्थाले हालै विराटनगरमा मदरसा स्थापना गर्नका लागि निम्ति जग्गा खरिद गर्न १० देखि १५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त मदरसा त्यस संगठनका केन्द्रीय सदस्य एवम् प्रमुख धर्मगुरुले सञ्चालन गर्ने बताइएको छ ।

नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीहरु हालै काठमाडौँमा रहेको कतारी राजदूतावासले भारतसँगको सीमानजिक धार्मिक कट्टरता विस्तार गर्नका लागि ५० देखि ५५ लाख नेपाली रुपैयाँ प्रदान गरेको आशंका व्यक्त गर्छन् । यसबारे काठमाडौँमा रहेको कतारी दूतावासका अधिकारी र इस्लामिक संगठनका नेताबीच विराटनगरमा छलफल भएको सुरक्षा स्रोतको दाबी छ ।

यसबाट नेपालमा साम्प्रदायिक तनावमात्रै नभई सीमाक्षेत्रमा नेपालको भूमि प्रयोग गरी भारतविरोधी गतिविधि हुनसक्ने सम्भावना रहेको छ ।

नेपालमा सक्रिय यस्ता संगठनलाई पाकिस्तानमा आधारित संस्थाहरुबाट सहयोग प्राप्त हुँदै आएको छ । त्यसबाहेक कतार, साउदी अरब, टर्कीजस्ता मुलुकबाट पनि नेपालमा खुलेका यस्ता संस्थाले आर्थिक सहयोग पाउँदै आएका छन् ।

त्यस्तै, पाकिस्तानी र चिनियाँ इस्लामिक समूहहरुले धार्मिक भ्रमणका नाममा यस्ता धार्मिक कट्टरताको वकालत गर्ने मदरसामा नियमित आउजाउ गर्दै आएका छन् ।

सुरक्षा निकायहरुको आशंकामा पाकिस्तानी इस्लामिक धर्मगुरुहरुले नेपालको कोशी र मधेश प्रदेशमा भारतसँगको सीमानजिकै स्थापित यस्ता मदरसाको नियमित भ्रमण गर्दै आएका छन् । उनीहरुलाई काठमाडौँमा रहेको पाकिस्तानी दूतावासले पनि सहयोग गर्ने गरेको सुरक्षा अधिकारीको आशंका छ ।

एचएचआरडीको सम्बन्ध पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयसँग रहेको बताइन्छ । यस संगठन हाल पाकिस्तान प्रशासित कश्मीर, बलुचिस्तान, पञ्जाब, सिन्ध र खैबर पख्तुनख्वा प्रान्तमा सक्रिय रहेको छ । नेपालमा भने यस संस्थाको एक कट्टर इस्लामिक संगठनसँग साँठगाँठ रहेको ठानिन्छ ।

यसअघि सार्वजनिक भएका केही समाचारमा उक्त नेपाली संगठन प्रतिबन्धित लस्कर ए तैएबाको दातृ शाखा फलाह ए इन्सानियत फाउन्डेसनसँग रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवाद विरुद्ध जनसभा
  • २०८० भाद्र ९, शनिबार १४:५६
  • In "BannerNews"
  • इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध एकजुट हुन अभियानकाे आह्वान
  • २०८० भाद्र ९, शनिबार १४:५६
  • In "BannerNews"
  • सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदाय, मदरसा र मस्जिदको संख्यामा वृद्धि
  • २०८० भाद्र ९, शनिबार १४:५६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

मधेश आन्दोलनमा मारिएकाहरूलाई शहीद घोषणा नगरेकोमा महन्थ ठाकुरको असन्तुष्टी

१४ प्रहरी यो साता हाजिर नभए जागिरबाट हटाइने

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको चरणबद्ध आन्दोलनको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version