• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ


प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ

महराप्रति प्रधानमन्त्रीको व्यक्तिगत मोलाहिजा हुन सक्छ, तर देश र कानुनको हुन सक्दैन । महरा उनको मुटुमै सजिएका मित्र हुन सक्छन्, तर सुन तस्करलाई संरक्षण गर्ने कोही पनि व्यक्ति देशको मित्र हुन सक्दैन ।
करिब डेढ सय वर्षअघि बेलायती लेखक चार्ल्स डिकन्सले ‘ए टेल अफ टु सिटिज’ उपन्यास लेखेका थिए । पेरिस र लन्डनको राजनीतिक, आर्थिक र सामाजिक क्यानभासमा कालजयी हरफ उनले यसरी उतारेका छन्, ‘यो सबैभन्दा उत्तम समय थियो, यो सबैभन्दा खराब समय थियो । यो विद्वताको युग थियो, यो मूर्खताको युग थियो । यो विश्वासको अवधि थियो, यो अविश्वासको अवधि थियो । यो उज्यालो घडी थियो, यो अन्धकारको घडी थियो । यो आशाको वसन्त थियो, यो निराशाको शीतकाल थियो ।’

सन् १८५९ मा पेरिस र लन्डनमा अनुभूत गरिएको विरोधाभास सन् २०२३ को नेपालमा छ । जननिर्वाचित संविधानसभाबाट लिखित संविधानअनुसार देशमा संघीय लोकतान्त्रिक व्यवस्था बहाल भएको छ, तर त्यही व्यवस्थालाई कुपोषित बनाउन यसका जनकहरू नै कम्मर कसेर लागेका छन् । परम्परागत भ्रष्ट शैलीको विकल्पमा जनताले परिवर्तनको आभा खोजिरहेका छन्, तर दलका नेताहरू भने धरातलमुनि पाकिरहेको ज्वालामुखीको लाभा महसुस गर्न इन्कार गरिरहेका छन् । कहिलेकाहीं कतै एक्कादुक्का भ्रष्टाचारी समातिँदा जनता अब क्षितिजमा सुशासनको संकेत देखियो भनेर उत्साही हुन्छन्, तर नेताहरू भने सुशासनको पर्खाल नाघेर कृपावादको धुनमा मुग्ध हुन पुग्छन् । त्यसैले यहाँ विश्वासभन्दा अविश्वास, उज्यालोभन्दा अन्धकार र वसन्तभन्दा शीतकाल प्रबल भएको छ ।

विश्वास र अविश्वासको विरोधाभास कुनै अदृश्य शक्तिबाट उत्पन्न भएको रहस्य होइन । शासनशक्तिको बागडोर हातमा लिएका नेताबाटै मञ्चन भएको सजीव लीला हो । खासमा आफूलाई सुशासनको सारथिका रूपमा उभ्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रहर नगरेका होइनन् । तर भनिरहनुपर्दैन, रहर र प्रतिबद्धताबीच भयानक सीमारेखा छ । सरकारलाई आफ्नै रहर अहिले भारी भएको छ । त्यसैले दशगजामा लगेर भारी बिसाएको छ । होइन भने प्रतिपक्षी एमालेका नेता टोपबहादुर रायमाझी र सत्तारूढ कांग्रेसका नेता बालकृष्ण खाणलाई कारबाही गर्न फलाम बनेका प्रधानमन्त्री र गृहमन्त्रीका हातहरू माओवादी नेता कृष्णबहादुर महराका अगाडि भने सलाम गर्न किन तयार छन् रु देशका लागि रायमाझी, खाण र महरा न ऐतिहासिक विभूति हुन् न जन्मजात दुश्मन । राज्यको स्थापित कानुनअनुसार उनीहरूमाथि अनुसन्धान गर्नुपर्छ, दोषी भए कारबाही गर्नुपर्छ र निर्दोष भए इज्जतपूर्वक रिहा गर्नुपर्छ । यसमा सत्तापक्ष, प्रतिपक्ष र गठबन्धनको कर्कश गीत गाउनु कानुनी शासनमाथि ठाडो चुनौती हो । राज्यले आफ्ना कर्तव्य पूरा गरेकाले खाण र रायमाझी अहिले जेलमा छन्, तर प्रधानमन्त्रीको दलका नेता महरामाथि भने अनुसन्धान र सामान्य सोधपुछ नहुनु अनर्थ हो, घोर अनर्थ ।

विद्युतीय चुरोट ९भेप० मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुल संलग्न रहेको समाचार नाम नबताउने सर्तमा कुनै अज्ञात स्रोतले बताएको होइन । बकाइदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले लेखेको प्रतिवेदन र जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोजनपत्रमा स्पष्ट उल्लेख भएको विषय हो । तस्करीको सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले २२ पटक र छोरा राहुलले २ सय ३४ पटक टेलिफोन संवाद गरेको विवरणसहित अभियोजनपत्रमा भनिएको छ– उनीहरू यो प्रकरणमा संलग्न छन् । आश्चर्य, प्रतिवेदनमा किटान गरिएका अन्य नौ जनालाई अभियुक्त बनाइएको छ, तर अभियुक्तका सूचीबाट महरा बाबुछोराको नाम गायब छ ।

सरकारको भनाइ अनौठो छ– प्रहरी प्रतिवेदन र अभियोजनपत्रमा महरा बाबुछोराको नाम त छ, तर उनीहरूलाई प्रहरी र सरकारी वकिल कार्यालयले अभियुक्त नबनाएकाले हामीले केही भन्न सकेनौं । महरासँग प्रहरी र सरकारी वकिलले सोधपुछ गर्न नचाहेको हो भने प्रश्न अब प्रधानमन्त्री र गृहमन्त्रीतिर सोझिन्छ । पहिलो प्रश्न– दस्ताबेजमा नाम किटान भएका व्यक्तिलाई समेत अभियुक्त बनाउन नसक्ने कस्तो सरकारी संयन्त्रको नेतृत्व तपाईंहरूले गरिरहनुभएको छ रु दोस्रो प्रश्न– कुनै व्यक्ति सुन तस्करी गिरोहमा संलग्न छन् भनेर नाम किटेरै लेख्ने तर बयान लिन पनि बोलाउन नसक्ने गरी प्रहरी संयन्त्रको सातो कसले लिएको छ रु तेस्रो प्रश्न– प्रहरी र सरकारी वकिलले प्रतिवेदनमा दोषी भन्छन्, तर मुद्दामा उन्मुक्ति दिन्छन् भने त्यस्ता अधिकारीलाई कारबाही गर्न कसले रोकेको छ रु

यी प्रश्न किन पनि सान्दर्भिक छन् भने हिजो रायमाझी, खाण, पाण्डे र रिजाललाई प्रहरीले समात्दा त्यसको श्रेय लिन संसद्देखि सारा सार्वजनिक मञ्च प्रधानमन्त्री र गृहमन्त्रीले उपयोग गरेकै हुन् । त्यसैले तक्मा लगाउँदा फुकाउने छाती अप्ठेरोमा लुकाउन पाइँदैन । अझ, महरामाथि विश्वसनीय अनुसन्धान भएन भने सरकारले भविष्यमा सुशासनको नारा लगाएर कुनै पनि दलमा आबद्ध भ्रष्टमाथि औंला उठाउने हैसियत राख्ने छैन ।

महराका बाबुछोराले सुन ल्याउने दुई चिनियाँ तस्कर लुई र दाओजिन वाङसँग २ सय ५६ पटक फोनमा कुरा गरेको कल डिटेल रेकर्ड अदालतसम्म पुगेको छ । तर, फोन संवादकै आधारमा उनीहरूमाथि कारबाही गर्न नसकिने भनेर प्रधानमन्त्रीबाट दल र गठबन्धनका नेताहरूलाई ‘कन्भिन्स’ गर्ने कोसिस भइरहेको छ । फोन संवादकै आधारमा महरा बाबुछोरालाई जन्मकैद गर्नुपर्छ भनेर कुनै जिम्मेवार नागरिकले माग गरेको छैन । तर, चिनियाँ तस्करसँग निश्चित अवधिमा २ सय ५६ पटक फोन गर्नुपर्ने गरी के त्यस्तो सम्बन्ध थियो भनेर अनुसन्धानको विषय बन्नु नपर्ने हो रु बिनाअर्थ फोनमा झुन्डिएर बस्ने गरी यी नेताको समय त्यति सस्तो छ रु समय र संवाद मूल्यवान् छ भने त्यसको कडी के हो भनेर प्रहरीले सोध्नुपर्छ । सोध्न सक्दैन भने सुशासनको नारा खोक्रो साबित हुनेछ ।

प्रधानमन्त्रीलाई यो विषय नियमित राजनीति लागेको हुन सक्छ । तर, यो नियमित नियतिले देशका नागरिक र खासगरी युवाहरूबीच कस्तो सन्देश प्रबाह गरेको छ भन्ने उनले बुझ्नुपर्छ । १६ देखि ४० वर्षको उमेरसमूह सबैभन्दा सिर्जनशील र उत्पादनशील हो । यो उमेरका नेपालीको संख्या ४४ प्रतिशत अर्थात् एक करोड ३० लाख छ । भावी नेपालको सपना देखाउने सरकारले सोध्नु र सोच्नुपर्छ– आज ती उत्पादनशील नागरिकको मनस्थिति के छ रु अहिले हरेक दिन २२ सय युवा श्रमका लागि र तीन सय युवा शिक्षाका लागि विदेश गइरहेका छन् । एक वर्षमा दुई लाख संख्या बढेर गत वर्ष ८ लाख युवा श्रमका लागि विदेशिएको तथ्यांक आएको छ । यतै बसेका युवाहरूलाई पनि हतास बनाउन सरकारी नीति र शैली पर्याप्त छन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले पुँजीगत ९विकास० तर्फ जम्मा ३ खर्ब २ अर्ब रुपैयाँ छुट्याएको छ जबकि राष्ट्रिय ऋणको साँवा र ब्याजको किस्ता तिर्न ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन भएको छ । यसरी विकासमा भन्दा ऋणको किस्ता बढी छुट्याउनुपर्ने अवस्था किन छ भने देशको सार्वभौम ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । अझ यही आर्थिक वर्षमा थप चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने योजना छ । यसरी आगामी एक वर्षमा देशको ऋण २६ खर्ब रुपैयाँ नाघ्ने छ भने त्यसको किस्ता तिर्न झन् धेरै बजेट विनियोजन गर्नुपर्नेछ । यता, गत वर्षको मात्र हिसाब हेर्दा मुलुकले हरेक दिन ४ अर्ब ४ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्ष १६ खर्ब ११ अर्ब रुपैयाँको आयात भएकोमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । देशवासीलाई चिमोट्ने यस्तो अवस्था अन्त गर्न सरकारले बृहद् बहस गरी अल्पकालीन र दीर्घकालीन नीति अख्तियार गर्नुपर्ने हो । तर, सरकारका कुनै पनि मन्त्रीले यो अवस्थालाई स्वीकार्ने हिम्मतसमेत गरेका छैनन् । अवस्था अस्वीकार गरिरहने हो भने सुधारको गुन्जायस रहनेछैन, आशाको वसन्त पलाउने छैन ।

युवा, विद्यार्थी, व्यवसायीको अपेक्षा एकातिर र राज्य सञ्चालकको प्राथमिकता अर्कोतिर भएकाले नै यो विरोधाभास बढेको हो । विश्वास जगाउन सरकारको सम्झौताहीन इमानको आवश्यकता छ । तर, सरकार भने जनताको आत्मबलमाथि प्रहार गर्ने मौकाको पर्खाइमा छ । सुनिँदै छ– सरकारले कुनै कारबाहीको कदम नलिएपछि भावुक भएका महरा आफैं निवेदन बोकेर प्रहरी थाना जाँदै छन् र मेरो बयान लिएर देशको कानुनको रक्षा गरिदिनोस् भनेर बिन्ती गर्दै छन् । महराले साँच्चै यसो गरेर देशलाई गुन लगाउने, कृतज्ञ बनाउने र ऋणी बनाउने योजना बनाएका हुन सक्छन् । तर, जेसुकै भए पनि उनको ऋणी बन्न देश अभिशप्त छैन । उनी सुन तस्करी सञ्जालका सम्बद्ध हुन् भनेर प्रतिवेदन लेख्ने प्रहरीले नै अग्रसरतामा उनीमाथि अनुसन्धान हुनुपर्छ । कुनै आरोपीको भावना उर्लिए मात्र कानुन चल्ने हो भने त्यो कानुन कुनै पनि बेला बग्नेछ, कुनै पनि बेला डुब्नेछ । महरा मञ्चनको तमासा सहन प्रधानमन्त्री र गृहमन्त्रीले सक्छन्, तर देशले सहन सक्दैन । किनभने महराप्रति प्रधानमन्त्रीको व्यक्तिगत मोलाहिजा हुन सक्छ, तर देश र कानुनको हुन सक्दैन । महरा उनको मुटुमै सजिएका मित्र हुन सक्छन्, तर सुन तस्करलाई संरक्षण गर्ने कोही पनि व्यक्ति देशको मित्र हुन सक्दैन । त्यसैले प्रचण्ड, कृपया महरालाई देशको विधि मास्ने मोहरा नबनाऊ । अविश्वास र निराशाको शीतकाल नलम्ब्याऊ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या
  • २०८० श्रावण ३०, मंगलवार १९:५०
  • In "BannerNews"
  • अलिबाबाका ज्याकमा संकटमा
  • २०८० श्रावण ३०, मंगलवार १९:५०
  • In "BannerNews"
  • चीन–अमेरिका प्रविधि महायुद्ध
  • २०८० श्रावण ३०, मंगलवार १९:५०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

मुक्तेश्वरनाथ धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव

महराकी श्रीमतीको मृत्यु हुँदा २ कार्टुन फलफुल बोकेर पुगेका थिए सुन तस्कर वाङ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version