• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अलिबाबाका ज्याकमा संकटमा


अलिबाबाका ज्याकमा संकटमा
एजेन्सी । ज्याक मा सन् २०२० मार्चमा भारतको कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सन् २०२० अक्टोबरमा चीन सरकारबारे उनले दिएको अभिव्यक्तिपछि उनले समस्या झेल्न सुरु गरे । फलतः चीनको एन्ट ग्रुप उनको नियन्त्रणबाहिर गएको छ ।

चीनको अग्रणी फिनटेक कम्पनी एन्टमा ज्याक माको मतदान अधिकार कम गरिएको छ । कुनै वेला सोही कम्पनीमा ज्याकको मतदान अधिकार ५० प्रतिशतभन्दा बढी थियो । तर, अहिले घटेर ६.२ प्रतिशतमा खुम्चिएको छ । साथै, कम्पनीमा उनको स्वामित्व पनि करिब १० प्रतिशत मात्रै बाँकी रहेको छ । एन्ट ग्रुप चीनको चर्चित ई–कमर्स कम्पनी अलिबाबाको सहयोगी हो ।

अंग्रेजी शिक्षकबाट करिअरको सुरुवात
ज्याकको जन्म १० सेप्टेम्बर १९६४ मा भयो । बाल्यकालदेखि नै उनलाई अंग्रेजीको चस्का लागेको थियो । अंग्रेजीप्रति कतिसम्म लगाव थियो भने नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे । यसरी उनले अंग्रेजी भाषा सुधार गर्न थाले । पछि कलेजमा भर्ना हुने समय आयो । तर, यसका लागि उनले तीन वर्ष खर्चिनुप¥यो ।

ग्य्राजुएसनपछि उनले अंग्रेजी शिक्षकका रूपमा आफ्नो करिअर सुरु गरे । जागिरका लागि ३० पटकभन्दा बढी आवेदन दिए । नतिजा जताबाट पनि निराश आयो । केही सीप नलागेपछि उनले प्रहरीमा भर्ती हुने कोसिस पनि गरे । दुर्भाग्य ! त्यहाँ पनि उनी सफल हुन सकेनन् ।

एकपटक चीनमा केएफसीको ब्रान्च खुल्यो । उक्त ब्रान्चमा जागिरको अवसर थियो । त्यसलाई पछ्याउँदै उनी अन्तर्वार्ता दिन गए । तर, २४ जनामध्येबाट २३ जना छनोट भए । उनी मात्रै रिजेक्ट भए ।

सन् १९९५ मा उनी आफ्ना केही साथीसँग अमेरिका पलायन भए । त्यहाँ पुगेपछि उनले इन्टरनेटमा चीनबारे सामग्री खोजे । तर, भेटेनन् । खोजेको चिज नभेटेपछि पुनः चीन फर्केर इन्टरनेट कम्पनी सुरु गरे ।

यसमा लगानीकर्ता तुरुन्तै लगानी गर्न राजी भए । ज्याकलाई कम्प्युटरबारे खासै जानकारी थिएन । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ उनले अनलाइन बिजनेस थाले । सन् १९९९ मा ज्याकले साथीहरूसँग मिलेर ई–कमर्स कम्पनी अलिबाबाको स्थापना गरे । कम्पनी स्थापनाको सुरुवाती चरणमा चीनका मान्छेले उनलाई ठग भन्ठाने । तर, बिस्तारै इन्टरनेटको विस्तारबाट अलिबाबाको कारोबार बढ्न थाल्यो ।


पछि ज्याक माले ताओबाओ मार्केटप्लेस, अलि–पे, अलिमामा र लिंक्सजस्ता कम्पनी स्थापना गरे । चीनमा अलि–पेले नगद, चेक र क्रेडिट कार्डलाई धेरै हदसम्म निरुत्साहित गर्न सफल भयो । अमेरिकी कम्पनी ई–बेले ताओबाओ खरिद गर्ने अफर ल्याएको थियो । तर, यस्तो प्रस्तावलाई ज्याकले अस्वीकार गरे । याहुका सहसंस्थापक जेरी याङले ताओबाओमा एक अर्ब डलर लगानी गरे । त्यसपछि कम्पनी दिन दुईगुना र रात चौगुना बढ्न थाल्यो ।

मुकेश अम्बानीलाई पछि पारे
सन् २०१४ मा अलिबाबाले अमेरिकामा २५ अर्ब डलरको आइपिओ ल्यायो । र, विश्वको मूल्यवान् कम्पनीको सूचीमा सूचीकृत भयो । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपिओ थियो । मार्च २०२० मा ज्याकले भारतीय खर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सोही वर्ष अक्टोबरमा उनले दिएको एउटा अभिव्यक्ति आफ्नै लागि गलपासो बन्यो । ज्याकले चीनका बैंकलाई साहुकारको जस्तो मानसिकता भएको आरोप लगाएका थिए । त्यसपछि उनका दुई कम्पनी एन्ट र अलिबाबाका नराम्रा दिन सुरु भए ।

नेटवर्थमा गिरावट
चीन सरकारले एन्ट कम्पनीको ३७ अर्ब डलरको आइपिओ बन्द गरेको थियो । साथै, अलिबाबामाथि २.८ अर्ब डलरको जरिवानासमेत लगाएको थियो । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको नेटवर्थ अब ३४.१ अर्ब डलर पुगेको छ । कुनै वेलाका एसियाकै धनाढ्य ज्याक यससँगै धनीका सूचीमा ३४औँ नम्बरमा झरेका छन् । यो लिस्टमा अम्बानी ८६.८ अर्ब डलरको नेटवर्थसँगै एसियाको दोस्रो र विश्व धनाढ्यको आठौँ नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनमा कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त
  • २०७९ पुष २९, शुक्रबार १५:२५
  • In "BannerNews"
  • चीन–अमेरिका प्रविधि महायुद्ध
  • २०७९ पुष २९, शुक्रबार १५:२५
  • In "BannerNews"
  • पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता
  • २०७९ पुष २९, शुक्रबार १५:२५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

किन काजाकिस्तानले आफ्नो उइगर कजिनहरूलाई पाखा लगाउँछ?

पाकिस्तानी सेना प्रमुखलाई चुनौती : सुरक्षा, सहायता, चुनाव र परम्परागत संस्थाहरुको स्वार्थ

राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version