No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको अर्थतन्त्रको असर हङकङमा

चीनको अर्थतन्त्रको असर हङकङमा

संसारको व्यापारिक हब चिनियाँ राष्ट्रपतिको वालेटमा परिणत

गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का लागेको छ।

चीनमा प्राय गृष्म ऋतुमा बाढीको समस्या देखिने गर्छ। यस पटक पनि सो समस्या देखिएको छ। सो बाढीका कारण ७० लाख जना प्रभावित भएका छन्। एक सय ४० वर्ष यताकै सबै भन्दा बढी वर्षाको सामना पनि चीनले गरेको थियो।

अगस्ट सामान्यतया पानीको असर अझ धेरै हुनसक्छ। गृष्मको तापक्रमको कारण यसको असर धेरै हुन सक्छ। तसर्थ चीनमा अझ खराब दिन पनि आउन सक्ने अनुमान गरिएको छ। यस समयमा तातो हावाको असर पनि हुनसक्छ। यस वर्षको जुन महिना चीनको अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना बन्यो।

चीनको राष्ट्रिय मौसम विभागले अगस्ट महिनाको उत्तर पूर्वमा विगतको भन्दा ५० प्रतिशत बढी वर्षा हुने चेतावनी दिइसकेको छ। दक्षिण पश्चिममा आएको सहित पुरै वर्षाका कारण चीनले ३८ दशमलव २३ अर्ब युयान यस वर्षको पहिलो ६ महिनामा क्षति भोगिसकेको छ।

बेहेरको उत्तरी प्रान्तमा १ करोड २० लाख गत साता मात्र विस्थापित भएका थिए। चीनका माथिल्लो तहका आर्थिक योजनाकारले तीयानजीन र हेबरमा राहतका लागि एक सय मिलियन छुट्याएको छ।

सिङ्गो चीनको अर्थतन्त्रको १८ प्रतिशत हिस्स सन् १९९७ मा हङकङले ओगटेको थियो। त्यो घटेर अहिले दुई प्रतिशतमा झरेको छ। उता हङकङमै चीनको मात्रा प्रभाव यसरी बढ्दै गएको छ कि त्यहाँ चिनियाँ कम्पनीको सङ्ख्या १ सय १ बाट बढेर एक हजार तीन सय ७० पुगेको छ।

बेइजिङ र हेबइको अर्को विपत्तिका लागि पनि त्यत्ति नै तय गरिएको छ। अर्थ तथा खानेपानी मन्त्रालयले समग्र प्रभावित क्षेत्रका लागि चार सय ५० युयान तय गरेको छ। यता बाढीले समस्या परिरहेको समयमा चीनको प्रभाव रहेको हङकङमा पनि असर पर्नु स्वाभाविक हो।

सन् १९९७ मा बेलायतबाट चीनले लिएको हङकङ अहिले सिङ्गो चिनियाँ अर्थतन्त्रको पकडमा खुम्चीरहेकै समयमा चीनको आर्थिक ओरालो यात्राले त्यहाँ पनि केही असर गर्नु स्वाभाविक नै हो।

अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङले दुई नीति लिएका छन्। एक देश दुई अर्थतन्त्रको नाराले हङकङलाई खुम्च्याउँदै लगेको हो। सिङ्गो चीनको अर्थतन्त्रको १८ प्रतिशत हिस्स सन् १९९७ मा हङकङले ओगटेको थियो। त्यो घटेर अहिले दुई प्रतिशतमा झरेको छ। उता हङकङमै चीनको मात्रा प्रभाव यसरी बढ्दै गएको छ कि त्यहाँ चिनियाँ कम्पनीको सङ्ख्या १ सय १ बाट बढेर एक हजार तीन सय ७० पुगेको छ।

गत वर्ष हङकङ दुई सय ५२ चिनियाँ तथा दुई सय ५४ अमेरिकी कम्पनीको एसियाली मुख्यालय बनेका थिए। हङकङका चिनियाँ विश्व विद्यालयका अर्थशास्त्र प्राध्यापक टेरेस चोङ स्थानीय टाइकुन लीयाले सन् १९७० र १९८० को दशकमा प्रभाव जमाए पनि पछिल्लो समय चिनियाँ उत्पादनले हङकङमा प्रभाव जमाएको बताउँछन्। तथापि बाह्य अर्थतन्त्रले त्यहाँ असर गर्न थालेको छ।

बेइजिङ र वासिङ्टन बीचको तनावको असर पनि सिधै हङकङको बजारलाई परेको छ। हङकङमा वैदेशिक कामदारको आकर्षण पनि त्यत्ति नै घटेको छ।

त्यहाँ पछिल्लो वर्ष चीनले तीनले तीन वटा विषयमा प्रभाव पारेको छ। पहिलो प्रत्यक्ष लगानी, दोस्रो व्यापार र तेस्रो पुँजी बजारमा उपस्थिति। यी सबै कुराको असर अन्य देशमा हङकङको उपस्थितिलाई नकारात्मक असर गरी रहेको छ।

विश्व बजारमा युआनलाई उपस्थित गराउन हङकङलाई प्रयोग गर्ने नीति चीनले लिएको हो। हङकङ डलरको अमेरिकी डलरसँगको विनियम धेरै हुने भएका कारण चीनले यो नीति लिएको हो।

यसको प्रतिकुल असर संसारका ठुला अर्थतन्त्र भएको देश हङकङबाट टाढा हुने हो। २५ वर्ष अगाडि हङकङको शाह्य लगानी मध्ये अमेरिकी हिस्सा ४० प्रतिशत थियो। त्यो अहिले तल झरेर २० प्रतिशत पुगेको छ।

यसको मूल कारण सन् २०१४ देखि सघाइ चीन स्टक मार्केटको समन्वय नै हो। बेइजिङ र वासिङ्टन बीचको तनावको असर पनि सिधै हङकङको बजारलाई परेको छ। हङकङमा वैदेशिक कामदारको आकर्षण पनि त्यत्ति नै घटेको छ। सन् २०२१ मा दुई हजार ६ सय जना वैदेशिक कामदारको भिसा उपलब्ध गराइएको थियो।

विभिन्न संस्कृति र संस्कार माथिको चिनियाँ प्रहारको एउटा अंशको रूपमासमेत यो ऐन रहेको छ। साथमा त्यहाँ प्रवेश गरेपछिको अनावश्यक कानुनी र प्रशासनिक झमेलाको कारण त्यहाँको बजारमा धेरैको रुचि घट्दै गएको छ।

कोभिड महामारीको असर लगत्तै हङकङ राष्ट्रिय सुरक्षा ऐनको मारमा परेको छ। त्यसै मारका कारण चीनसँगै हङकङ अहिले आर्थिक रूपले ओरालो यात्रामा छ।

धेरै विज्ञ राष्ट्रिय सुरक्षा ऐनको आर्थिक क्षेत्रमा पर्ने नकारात्मक असर देखिनै बाँकी रहेको बताउँछन्। सन् २०२० को जुनदेखि आएको यो ऐनका कारण प्राय वैदेशिक लगानीकर्ताको मनमा डर पैदा भएको छ।

विभिन्न संस्कृति र संस्कार माथिको चिनियाँ प्रहारको एउटा अंशको रूपमासमेत यो ऐन रहेको छ। साथमा त्यहाँ प्रवेश गरेपछिको अनावश्यक कानुनी र प्रशासनिक झमेलाको कारण त्यहाँको बजारमा धेरैको रुचि घट्दै गएको छ। त्यहाँ यस्तो गम्भीर दम्भ राखिएको छ कि अधिकारीले कुनै पनि समय कानुनी पुनरावेदनको मौका नदिई कानुनी दायरको ल्याउन सक्ने छन्। यस कानुनले धेरै जमिनको भाडा लिने क्रममा कठिनाइ उत्पन्न गराएको छ।

सबै घटनाले संसारको व्यापारिक हब अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङको वालेट बनेको छ। साथमा चीनको ओरालो यात्रामा अनावश्यक मार समेत हङकङले खेपेको छ।

हङकङको बारे चिनियाँ धारणा प्रस्ट छ। बेइजिङले लगाएको रातो धर्कामा रहेर कुनै पनि व्यवसाय गर्न मन्जुर भए ठिक्क नत्र त्यहाँ उपस्थितिको औचित्य छैन भन्ने नै बेइजिङको सन्देश हो। अहिलेको अवस्था हेर्दा हङकङ संसारकै व्यापारिक हबको रूपमा आफ्नो छवि गुमाउँदै गएको छ।

हङकङमा राष्ट्रिय सुरक्षा ऐनका कारण विरोधका कार्यक्रम समयमा समयमा नभएका होइनन् यसले पनि लगानीलाई प्रतिकुल असर गरेको छ। यी सबै घटनाले संसारको व्यापारिक हब अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङको वालेट बनेको छ। साथमा चीनको ओरालो यात्रामा अनावश्यक मार समेत हङकङले खेपेको छ।

स्रोत: रोयटर्स, एसिया निक्केइ, ब्लग सोएस डट एसी डट युके / खबरहबमा प्रकाशित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा

चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्

फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .