No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे

काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे

मेरो माइती भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित प्रतापपुर गाउँमा हो । १० वर्षकी छँदा आमाबुबाको सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि आफन्तले स्थानीय अनाथालयको जिम्मामा छाडिदिए ।

केही समयपछि त्यहाँबाट निकालेर काठमाडौंस्थित माइती नेपालमा पुर्‍याएर छाडिदिए । माइती नेपालले मलाई हुर्काउँदै आत्मनिर्भर बन्न सीप पनि सिकायो । नेपाली पनि बोल्न सिकेँ । जनकपुरमा विवाह पञ्चमी मेला घुम्ने भनेर साथीसँगै आएका वेला विनोद (श्रीमान्)सँग भेट भयो । उनले हामीसँगै बस, नाचगान गर भनेर फकाए । अनि म पनि विनोदको नाच गर्ने समूहसँगै लागेँ । सोही क्रममा विनोदसँग प्रेम भएर बिहे गरेँ ।

त्यतिखेर मेरो उमेर १५ वर्षको थियो होला । विवाहपछि पनि विनोदले मलाई धेरै दिन आर्केस्ट्रामा नचाए । मेरो वास्तविक नाम यशोदा हो, विनोदले नै पछि काजल राखिदिएका हुन् । तर, उनको घरमा अर्की श्रीमती पनि रहिछिन् । पछि गाउँ लगेर उनले मेरा लागि ब्युुटीपार्लर खोलिदिए, माइती नेपालबाट सीप सिकेकै थिएँ । केही समयसम्म ठीकै चलेको थियो, तर क्रमशः यातना दिन थाले । कहिले बोक्सी भन्दै, कहिले काम बिगारेको भनेर दिनदिनैजसो कुटपिट गर्न थाले ।

कुटपिटबाट काजलकुमारी देवीको आँखामा नीलडाम

श्रीमान्सँगै सौताले पनि कुट्न थालिन् । तीनपटक त श्रीमान्ले झुक्याएर गर्भपतन गराइदिए । पहिलो सन्तान हुँदा त ‘मरेको भनेर’ बच्चाको अनुहारसमेत देखाएनन् । बच्चा फालेको वा मारेको हो थाहा छैन । त्यसपछि गर्भवती हुँदा सात महिनाको बच्चा अप्रेसन गरेर फालियो । त्यसपछि पनि बच्चा फाल्न लगाए । अहिले त परिवार नियोजन गराइएको छ ।

धनुषा जिल्लाको फचहामा हनुमानजीको मन्दिर छ, त्यहाँ ‘बोक्सी लागेको’लाई झारफुक गर्न ल्याइन्छ । विनोदले मलाई त्यहाँ वैशाखमा १० दिन राखे । राति–राति मसानघाटमा लगिन्थ्यो । मेरो हातबाट मसानघाटमा दुई दिन परेवाको बलि दिन लगाए र एक दिन कुम्हर (तरकारी)को बलि दिन लगाए, तर केही भएन । पूजा गर्ने भगताले भने– यसमा बोक्सी छैन । तर, श्रीमान् र सौताले ‘यो बोक्सी नै हो’ भनिरहे । त्यहाँबाट घरमा ल्याएर पनि निरन्तर कुटपिट गरिरहन्थे ।

कुटपिटबाट काजलकुमारी देवीको ढाडमा नीलडाम

गएको ३१ असारको राति त बोक्सी भनेर मर्ने गरी नै कुटपिट गरियो । शरीरमा नीलडाम नभएको ठाउँ रहेन । ‘तिमी डायन हौ, फाँसी लगाएर मारिदिन्छु’ भन्दै हनुमानजीको पूजा गर्न थालेपछि उम्किएर भागेँ । जिल्ला प्रहरीमा सबै घटनाक्रम बताएँ । तर, प्रहरीले ‘बोक्सी आरोप लगाएको भनेपछि श्रीमान्लाई मुद्दा चल्छ, छलफलपछि मात्र त्यो उजुरी दिनू’ भन्यो । त्यसपछि कुटपिटको निवेदन दिएँ । साउन ४ गते प्रहरीमा छलफल भयो । दिनदिनैको यातना खेप्नुभन्दा विनोदसँग बस्दिनँ, पिपरामै बसेर कमाएर खान्छु, मलाई पैसा दिइयोस् भनेँ । मेरो हक चाहियो भनेँ ।

कुटपिटबाट काजलकुमारी देवीको पाखुरामा नीलडाम

प्रहरीले छलफल गर्न बाहिर पठायो, बाहिर केही गरिखान क्षतिपूर्तिस्वरूप पैसा दिने भने । मैले पनि हुन्छ भनेँ । तर, बाहिरै लेख्ने मान्छे (लेखनदास) बोलाएर कागज बनाएर मलाई औँठाछाप लगाउन लगाए । मैले अघि भएको सहमतिअनुसार पैसाको कागज भनेर छाप लगाएँ । अनि रिता दिदी (वडासदस्य)सँगै उहाँको घर फर्केँ । घर आएर रिता दिदीका छोराले कागज पढेर सुनाएपछि मात्र मलाई धोका दिएर कागजमा सही गराएको थाहा भयो । त्यसमा श्रीमान्सँग मेरो सम्बन्ध नरहने, अंशमा हक पनि नलाग्ने र गाउँ छाडेर जानुपर्ने लेखिएको रहेछ । पीडामाथि झन् ठूलो पीडा दिए, ठूलो अन्याय भयो ममाथि । मसँग न नेपाली नागरिकता छ, न विवाह दर्ता । गाउँ छाडेर कहाँ जाउँ ? मलाई न्याय चाहियो । सभार नयाँ पत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
शहिदनगरका इन्जिनियरसहित दुईजना घुस रकम र चेकसहित पक्राउ

शहिदनगरका इन्जिनियरसहित दुईजना घुस रकम र चेकसहित पक्राउ

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...