No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

नेपाल जनता पार्टी ९नेजपा० का नेताहरुले ठूला भनिएका दल र तिनका नेताको स्वार्थका लागि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको आरोप लगाएका छन् । उनीहरुले कसैको स्वार्थले मुलुक धर्मनिरपेक्ष बन्न नसक्ने भन्दै अब छिट्टै हिन्दु राष्ट्र घोषणा गर्ने दावी गरेका छन् । शनिबार भैरहवामा भएको पार्टीको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले हिन्दु राष्ट्र गौरवको विषय भएकाले पुनः हिन्दु राष्ट्र बनाउन सबै नेपाली जनता एक ठाउँमा भएर लाग्नुपर्नेमा जोड दिए ।
पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष एवं संरक्षक अनिल शर्माले कसैको इशारामा मुलुकलाई धर्मनिरपेक्ष बनाइएको भन्दै ठूला दल र तिनका नेताको चर्को आलोचना गरे । ‘नेपाल जसरी पनि हिन्दु राष्ट्र हुनुपर्छ, यसलाई सबै हिन्दुवादीले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टी स्थापनाको उद्देश्य नै हिन्दु राष्ट्र कायम गर्दै मुलुकको विकास र समृद्धिका लागि हो ।’ शर्माले आफूहरुको एजेण्ड लोकतान्त्रिक हिन्दु गणतन्त्र स्थापना नै भएको जनाउँदै यसका लागि आवश्यक परे संघर्ष गर्न तयार रहेको बताए । उनले अब पार्टीले बृहत् मोर्चा बनाएर अघि बढ्ने जनाए ।
पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकले मुलुकमा अब हिन्दुत्वको शक्ति निर्माण गर्नुपर्ने बेला आएको बताए । उनले नेपाली जनताको चाहना हिन्दु राष्ट्र भए पनि जवरजस्ती ठूला दलका नेताहरुले धर्मनिरपेक्षता लादेको आरोप लगाए । जसरी पनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौं ।’ मुलुकलाई धर्मनिरपेक्ष घोषणा पछि महंगी, भ्रष्टाचार र कुशासनले जरो गाडेको उनले आरोप लगाए ।

आफ्नो पार्टीले अगुवाई गरेर अब छिट्टै हिन्दु राष्ट्र घोषणा अभियान सुरु गर्ने उनले जनाए । पाठकले गाउँगाउँमा गएर संगठन निमार्ण गरी अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

भारत महाराष्ट्रका भारतीय जनता पार्टीका नेता नामदेव कदमले आफू शान्तिका प्रतीक बुद्धको देश, पशुपतिनाथ र माता जानकीको देशमा आउन पाउँदा आफूले गौरव महशुस गरेको जनाए । उनले हिन्दुहरुको बाहुल्य भएको नेपाल धार्मिक तथा ऐतिहासिक रुपले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘विडम्बना तर नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाइयो’, उनले भने, ‘सारा विश्वले नेपाललाई हिन्दु राष्ट्र भनेर चिन्छ, पुरै विश्वमै नेपाल मात्रै एकमात्र हिन्दु राष्ट्र हो भन्छ । हाम्रो पनि चाहना नेपाल हिन्दु राष्ट्र होस् भन्ने हो ।’ उनले नेपाल–भारत सम्बन्ध रोटीबेटीको भएको जनाउँदै यो सम्बन्ध सदिऔंसम्म रहने विश्वास व्यक्त गरे । नेपालको विकास र समृद्धिका लागि भारत सरकार र आफ्नो पार्टीले सधै हातेमालो गर्ने उनको भनाई छ ।

नेजपाका केन्द्रिय सदस्य वीरेन्द्रकुमार जैसवालले गत स्थानीय तह निर्वाचनमा पार्टी केही वडाहरुमा जित निकाल्न सफल भएको बताउँदै आउँदो निर्वाचनका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्य जित्नका लागि अहिलेबाटै संगठन निर्माणमा लाग्नुपर्ने बताए। भारतका हिन्दुत्ववादी नेता नरसिंह पाण्डेले नेपाल हिन्दु राष्ट्र भएको हेर्न आफूहरुको चाहना भएको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रविदत्त मिश्रा, जनमत पार्टीका नेता अर्जुन जैसवाल लगायतले बोल्दै मधेशको अधिकार प्राप्तिका लागि सबै एक ठाउँ उभिनुपर्ने बताए । महाधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंजना नेजपा प्रवेश गरेका थिए । सिद्धार्थअनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे

चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे

साहले धर्मनिरपेक्षता र सांस्कृतिक स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामाथि उठाए प्रश्न

साहले धर्मनिरपेक्षता र सांस्कृतिक स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामाथि उठाए प्रश्न

रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट

रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .