No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’

कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’

धनुषा : प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भएर आएकी सचिव सम्झना काफ्लेलाई हाजिर हुन नदिएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। हाजिर हुन मन्त्रालय पुगेकी काफ्लेलाई दुर्व्यवहारसम्बन्धी घटनाको छानबिन गर्न समिति गठन भएको हो।

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्रराय यादवको संयोजकत्वमा गठित समितिमा दुईजना निर्देशक रतनकुमार झा र जागेश्वर यादव सदस्य छन्। समितिले सचिब काफ्लेमाथि दुव्र्यवहार गर्ने बाहिरबाट आएका मानिसहरूको पहिचान गर्ने बताइएको छ।

समितिका संयोजक कृषि राज्यमन्त्री यादवले सचिव काफ्लेमाथि कुनै दुव्र्यवहार नभएको दाबी गरेका छन्। काफ्ले मन्त्रालयमा पुग्दा होहल्ला गर्ने व्यक्ति को थिए भन्ने जिज्ञासामा राज्यमन्त्री यादवले ‘यो छानबिनको विषय रहेको’ बताए।

‘अहिलेको विवाद व्यक्तिगतभन्दा नीतिगत हो, संघीय सरकारले महिनै पिच्छे सचिव सरुवा गर्दा कामकाज प्रभावित भएको छ,’ आयोमेलसँग कुरा गर्दै उनले भने,‘हामीले संघीय सरकारको बर्चस्वादी चरित्रको विरोध गरेका हौं।’

संघीय सरकारले सरुवा गरेर पठाएको सचिव काफ्लेले मुख्यमन्त्री, मन्त्री र आफूसँग समेत समन्वय नगरी सोझै कार्यालयमा हाजिर हुन पुगेको उनको भनाइ छ।

‘मुख्यमन्त्रीज्यू हुनुहुन्छ, मन्त्रीज्यू हुनुहुन्छ, म राज्यमन्त्री छु, उहाँ कसैसँग समन्वय गर्नु भएन,’ उनले भने,‘सरुवा भएर आएपछि समन्वय गर्नु पर्दथ्यो, सोझै कार्यालयमा हाजिर हुन पुग्नु भयो।’ तपाईंहरूलाई बाइपास गरेकोले अवरोध गरिएको हो भन्ने प्रश्नमा राज्यमन्त्री यादवले भने,‘त्यसो केहीपनि होइन, विधि र प्रक्रिया सबैले पूरा गर्नुपर्ने हुन्छ, हाम्रो भनाइ यति हो।’

सचिव काफ्लेलाई हाजिर हुनबाट कसैले नरोकेको बताउँदै राज्यमन्त्री यादवले अहिलेको लडाइँ सांकेतिकमात्र रहेको बताए।

पशु सेवा विभागबाट प्रदेश २ को मन्त्रालयमा सरुवा भएर आएकी काफ्ले बुधबार हाजिर हुन मन्त्रालय पुगेकी थिइन्। तर, कृषिमन्त्री शैलेन्द्र साहले बाहिरका व्यक्तिहरू बोलाएर उनलाई हाजिर हुनबाट रोकेका थिए।

सचिव काफ्लेलाई हाजिर हुननदिन मन्त्री साहका स्वकीय सचिव नवनित झाको नेतृत्वमा गएका युवाहरूको एक समूहले सचिवको कार्यकक्षमा ताल्चा लगएका थिए। मन्त्रालय पुगेका बाहिरी मानिसको पहिचान लुकाउन सीसीटीभी क्यामेरापनि बन्द गरिएको थियो।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थीत शेर्पा गुम्वामा शान्ति पूजा

आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थीत शेर्पा गुम्वामा शान्ति पूजा

उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप

उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .