• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी


आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली शरणाथी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य एवं सांसद आरजु देउवा र मञ्जु खाँणमाथि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् ।

मंगलबार बिहान पत्रकार भेटघाटमा उनले शरणार्थी प्रकरणमा पार्टीको पूर्ण सहयोग रहने पनि बताए । ‘दोषी को हो अनुसन्धान निष्कर्षमा नपुगी भन्न सकिँदैन । केन्द्रीय सदस्य बालकृष्ण खाँणले म निर्दोष छु, निर्दोष सावित गर्छु भनिरहनुभएको छ । जे हुन्छ अनुसन्धानको अन्तिम टुंगो लागेपछि थाहा हुन्छ,’ महतले भने

। दोषी को भन्ने अनुसन्धानको अन्तिम टुंगो लागेपछि मात्र थाहा हुने महतको भनाइ छ । अहिले नै कसैलाई दोषी करार गर्नुको अर्थ नरहेको उनले बताए ।

यस विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भइरहेको उनले बताए । तर, अनुसन्धान नसकिएसम्म कांग्रेसले कुनै निर्णय नलिने पनि उनले प्रस्ट पारे । पार्टीकी केन्द्रीय सदस्य आरजु देउवाको विषयमा मिडिया ट्रायल भएको उनको भनाइ छ ।

‘उहाँको विषयमा मिडिया ट्रायल भएको छ । उहाँले आफैंले साइवर व्युरोमा गएर अनुसन्धानका लागि अडियोको छानबिनका लागि उजुरी दिनुभएको छ । प्रमाणविनै दोषी जसरी प्रस्तुत गर्नु उपयुुक्त होइन ।

यो प्रकरणमा सभापतिले पनि निष्पक्ष अनुसन्धान होस् भन्ने चाहनुभएको छ,’ उनले भने, ‘मिडिया ट्रायल गरी दोषी हो भनी करार गर्नुहुँदैन, जे छ, त्यही दुधको दूध पानीको पानी आओस् । मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको छ ।

आरजुको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । अडियो झुटो हो भनेर विश्वास छ,’ उनले भने । पार्टी सांसद मञ्जु खाँण कहाँ छन् भनेर पार्टीले फलो गर्ने कुरा नभएको उनको भनाइ छ ।

पार्टीको विशेष महाधिवेशन आवश्यक नभएको उनले बताए । नीति महाधिवेशन भने हुने प्रवक्ता महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ
  • २०८० जेष्ठ २, मंगलवार १४:३४
  • In "BannerNews"
  • सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि…
  • २०८० जेष्ठ २, मंगलवार १४:३४
  • In "BannerNews"
  • गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस
  • २०८० जेष्ठ २, मंगलवार १४:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

प्रदेशसभा बैठक आज

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version