महेश सिंह सिरहा लहान २७ बैशाख – सिरहाको सुखिपुर नगरपालिकामा लघुबित विरुद्ध आन्दोलन गरेका भएका छन् । लघुबितबाट बर्शौ बर्षदेखी पीडित रहेका महिला पुरुषहरुले आन्दोलन गरेका छन्।महदेवाबाट सुरु गरेको आन्दोलन सुखिपुर नगरपालिका भित्र रहेका आधा दर्जन भन्दा बढी लघुबितको कार्यालय तलाबन्दी गरेका छन्।
आन्दोलन कारीहरुलाई हेर्दा लघुबित संस्थाबलाहरुले अफिस छाडेर भगाभग भएको थियोे।सिरहामा लघुबित विरुद्धको आन्दोलन उत्कर्शमा पुगेका छन्।
नेपाल सरकार संग नवसामन्तीको रूपमा स्थापित लघुबितीय संस्था खारेज गर,संस्थाद्वारा लगाएको सामुहिक ऋण मिनाहा गर,आम बिपन्न गरिब किसान लाई नि:शुल्क ऋण प्रदान गर,आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्था गर,समाजबादी अर्थतन्त्र बिकास गर लगायतका ५ सुत्रीय माग राखी आन्दोलन सुरु गरेका छन्।
लघुबित विरुद्धको आन्दोलनमा करिब ६०० सय सिरहा सप्तरीका पीडित महिला पुरुषहरूले आन्दोलनमा सहभागी भएका थिए।लघुबितीय संस्था विरुद्धको संघर्ष समिति अभियानको सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।
आन्दोलनमा मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी मधेस प्रदेश अभियानता अनिता चौधरी,सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, सरिता चौधरी,नेतृत्वकर्मी अभियनता धनिकलाल चौधरी पुनः महतो सरिता चौधरी, सुनिता बिश्वकर्मा मनतोरीया सहनी रमेश कुमार साह अंञ्जु चौधरी,नयाँ देवी साफी राधा कामत लगायतका करिब ६०० सय ब्यक्तिहरुको उपस्थिति रहेको आयोजकले समितिको अध्यक्ष अर्जुन बिश्वकर्माले जनाए।
सुखिपुर नगरपालिका भित्र रहेको एनआईसी लघुबित संस्था शृजन शिल लघुबित संस्था ,श्रमजीवी लघुबित, निर्धन उत्थान लघुबित बितिय संस्था ग्रामीण बिकास लघुबित,स्वस्तिक लघुबित तथा ऋणसहकारी संस्था लगायतका संस्थामा पीडित आन्दोलन कारी महिलाहरुले तलाबन्दी गरेका छन्।
पछिल्लो समय सिरहाको धनगढीमाई नगरपालिका भित्र रहेका नेशन लघुबित किसान लघुबित,सिभिल लघुबित सिर्जन शिल लघुबित,इन्फीनीटीभ लघुबित,जिबन बिकास लघुबितको कार्यालयमा तालाबन्दी गरेका छन्।आइतबार सुरु गरेको आन्दोलनबाट दर्जनौं लघुबितमा तालाबन्दी गरि धनगढीबजारमा कोण सभामा परिन्त गरेका अर्जुन बिश्वकर्माले बताए।
संघर्ष समितिका केन्द्रिय अध्यक्ष मणि राम गेवालीले संघीय राजधानी काठमाडौंबाट करिब १५ महिना अगाडि लघुबित विरुद्धको आन्दोलन सुरु गरेका अनिता चौधरी र मोहम्मद गुलजार मियाँले जानकारी दिनु भयो।