काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हित संवद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागि रहने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबानउ नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको बताएका छन्।
२०१६ सालमा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरे उनले स्मरण गरेका छन्। मजदुरहरूको हरेक समस्यालाई हल गर्न कांग्रेस अझै तत्तपर रहेको देउवाले बताएका छन्।