• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अंकगणितमा जसपा अध्यक्ष अगाडि चर्को गर्मीमा पनि घरदैलो यादव मानसिक तनावमा


अंकगणितमा जसपा अध्यक्ष अगाडि चर्को गर्मीमा पनि घरदैलो  यादव मानसिक तनावमा

काठमाडौं- २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पहिलो पटक संसद्बाहिर रहनुपर्दाको छटपटी बारा २ मा देखिएको छ। त्यसैले उनी जसरी पनि संसद् भवन प्रवेश गर्न लागिरहेका छन्।

उपनिर्वाचनमार्फत सांसद बन्‍नकै लागि उनले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराए। उपेन्द्रको उम्मेदवारीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको समर्थन छ। गठबन्धनका कारण चुनावी अंकगणितमा जसपा अध्यक्ष यादव अगाडि देखिए पनि वैशाखको चर्को गर्मीमा पनि जनताको घरदैलोमा पुगिरहनुले उनको मानसिक तनाव झल्किन्छ।

जसपा अध्यक्ष यादवलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले बारा–२ को उपनिर्वाचनमा पनि कडा चुनौती दिइरहेको छ। मंसिरको निर्वाचनमा ३ सय ५४ मतान्तरले दोस्रो भएका शिवचन्द्रप्रसाद कुशवाहलाई राउतले जनमत पार्टीमा प्रवेश गराई पुनः उम्मेदवार बनाएका छन्।

सशस्त्र द्वन्द्वकालदेखि माओवादीमा रहेका कुशवाह पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। त्यसपछि उनी राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गरी उपाध्यक्ष भएका थिए। २०७० को निर्वाचनमा पराजित भएपछि उनी पुनः माओवादी फर्के। ०७४ को निर्वाचनमा फेरि पराजय भएका थिए। उपनिर्वाचनमा उपेन्द्र यादव बारा–२ बाट लड्ने भएपछि जनमत पार्टी बलियो उम्मेदवारको खोजीमा थियो। सत्ता गठबन्धनमा तालमेल गर्दा माओवादीले टिकट पाउने भएपछि कुशवाहले पार्टी परिवर्तन गरे।

उपेन्द्र यादवले जुन पालिकामा पार्टी कमजोर छ, त्यहाँ विशेष जिम्मेवारी दिएर प्रभावशाली नेतालाई खटाएका छन्। तर, हार्ने आँकलन गरेपछि उपेन्द्र आत्तिएका छन्। मंसिरको आमनिर्वाचनमा जसपालाई बारा–२ छाडेको एमालेले समानुपातिकमा ९ हजार १ सय ९३ मत ल्याएको थियो। उपनिर्वाचनमा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन्।

पौडेलले पार्टीहरूले गठबन्धन गरे पनि जनताले गठबन्धन नगरेको बताउँछन्। स्वतन्त्र उम्मेदवारी दिएका अरुण ज्ञवालीले अघिल्लो निर्वाचनमा ७ हजार ६ सय ९८ मत ल्याएका थिए। यस पटक उनले पूर्वमन्त्री एवम् रौतहटका सांसद प्रभु साहको आम जनता पार्टीको साथ पाएका छन्।

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। मंसिरको आमनिर्वाचनमा उनले काठमाडौं–१ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका थिए। उपनिर्वाचनको संघारमा आफैंले खोलेको पार्टी छाडेर खरेल रास्वपा प्रवेश गरेका हुन्। पूर्वडीआईजी खरेल एसपी भएका बेला छिमेकी जिल्ला पर्सामा बसेका थिए। यसरी जनमतसँगै अन्य दलका उम्मेदवारहरु पनि बलिया देखिएकाले उपेन्द्रलाई छटपटी बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु
  • २०८० बैशाख ७, बिहीबार १२:०९
  • In "BannerNews"
  • उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध
  • २०८० बैशाख ७, बिहीबार १२:०९
  • In "BannerNews"
  • जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा
  • २०८० बैशाख ७, बिहीबार १२:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post

सिरहाको पिप्रा प्र. ध. मा प्रयोगशाला सेवा संचालन

बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड

मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version