• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह


मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह

जनकपुरधाम। मधेश प्रदेशमा मुख्यमन्त्री फेरिएपनि अनावश्यक रुपमा गर्नेगरेको फजुल खर्चमा भने कुनै कमी आएको छैन् ।

गत पुस २७ गते मधेशको दोस्रो मुख्यमन्त्री बनेका सरोजकुमार यादवले शपथ लिएसँगै भ्रष्टाचारप्रति शून्य सहनशीलताको वाचा गरेका थिए ।

उनले आफू नेतृत्वको सरकार भ्रष्टाचार तथा फजुल खर्चमा कदापि नलाग्ने दाबी गरेका थिए । तर, उनको त्यो बोली बोलीमै सिमित भएको हो ।

मधेश सरकारले सामान्य होर्डिङ बोर्डकै नाममा लाखौं रकम खर्च गरिरहेको छ ।

मधेश भवनको परिसरमा केही साता अघि लगाइएको होर्डिङ्ग बार्ड

मधेश भवनको एउटै स्थानमा १० दिनकै अन्तरालमा मुख्यमन्त्री यादवको तस्विर अंकित ठूला होर्डिङ बोर्ड परिवर्तन गरिसकेको देखिन्छ ।

त्यस्तै प्रदेशका अन्य स्थानहरुमा पनि ठूला–ठूला होर्डिङ बोर्डहरु झुण्ड्याइएका छन् ।

होर्डिङ बोर्डमा स्लोगन र मुख्यमन्त्रीको ठूलो तस्विर रहेको छ ।

युवा अभियन्ता सुशील कर्णले प्रदेश सरकार होर्डिङ बोर्ड तथा ब्यानरमै सिमित रहेको आरोप लगाए । उनले सरकारले उल्लेखनीय काम भने केही गर्न नसकेको जिकिर गरे ।

नयाँ योजनाभन्दा पनि पुरानै योजनाको प्रचारप्रसारका लागि बर्सेनि लाखौँको बजेट छुट्याइँदा प्रचारप्रसारको नाममा समेत भ्रष्टाचार भइरहेको उनको आरोप छ ।

सरकारले बाचा अनुसारका महत्वपूर्ण काम कुनै पनि पूरा गर्न नसकेको उनले बताए ।

मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा प्रचारप्रसारका लागि ३१ लाख र ०७९/८० मा ८० लाख रुपैयाँ छुट्याएको थियो । जुन शीर्षकमा प्रचारप्रसारका लागि बजेट छुट्याइएको थियो सोही शीर्षकमा फेरि पनि लाखौँ रुपैयाँ छुट्याइएको छ ।

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान सम्बन्धी होर्डिङ बोर्ड तथा ब्यानरका लागि ०७८/७९ मा १६ लाख र ०७९/८० मा ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

त्यस्तै सोही अभियानको प्रचारप्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न पनि १५ लाख रुपैयाँ बजेट छुट्याइएको ।

मुजेलियामा लगाइएको होर्डिङ्ग बोर्ड

प्रदेश सरकारको अर्को महत्वकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियानसम्बन्धी होर्डिङ बोर्ड राख्नका लागि ३० लाख रुपैयाँको बजेट छुट्याइएको थियो ।

यसअघिका मुख्यमन्त्री र मन्त्रीहरुले पनि प्रचारप्रसारको नाममा अनावश्यक रुपमा ठाउँठाउँमा ठूलाठूला होर्डिङ बोर्डहरु लगाएका थिए ।

महेन्द्रनगर स्थित पुलनजिक लगाइएको होर्डिङ्ग बोर्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी
  • २०८० बैशाख ८, शुक्रबार २२:५५
  • In "देश"
  • राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग
  • २०८० बैशाख ८, शुक्रबार २२:५५
  • In "देश"
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
  • २०८० बैशाख ८, शुक्रबार २२:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

(बीआरआई) अन्तर्गतको प्रमुख परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) ले गम्भीर सामाजिक-आर्थिक समस्याहरू सिर्जना गर्दै

चीनको ठुलो भाइचाराको सम्बन्धलाई उल्लंघन गर्दै नेपाललाई धम्की

ऐतिहासिक रुपमा चीनको बीआरआई परियोजना आधिपत्यवादी र विस्तारवादी चिनियाँ महत्वाकांक्षाको प्रतीक बन्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version