No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिन्धुलीगढीमा अमेरिकी, बेलायती, भारतीय र पाकिस्तानी सेना

सिन्धुलीगढीमा अमेरिकी, बेलायती, भारतीय र पाकिस्तानी सेना
कमलामाइ नगरपालिकामा रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे विदेशी सैनिक अधिकारीहरूलाई जानकारी दिइएको थियो ।

सिन्धुली — चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए ।

नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत्त्वको बारेमा प्रकाश पारिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट आएको टोलीले सिन्धुलीगढी परिसरमा चार घण्टा बिताएका थियो ।

सिन्धुलीगढीको महत्त्वबारे प्रकाश पारेका अन्वेषणकर्ता सागरकुमार ढकाललाई बेलायती सेनाका कर्णेल पल स्मिथले नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीमा भएको युद्धमा ब्रिटीस सेना पराजित हुनुको कारण बारे पटक–पटक सोधेका थिए । आधुनिक हतियारले सुसज्जित ब्रिटीस कम्पनी सेनाको पराजयबारे उनको लामो जिज्ञासा थियो ।

जवाफमा अन्वेषणकर्ता ढकालले वीर गोर्खाली सेनाले आफ्नो देशको अस्तित्व रक्षाका लागि घरेलु हतियार तथा रैथाने किरा र अल्लो, सिस्नोको सहारामा मनैदेखि लडेकाले जित भएको स्मरण गराएका थिए ।

सिन्धुलीगढीबारे जानकारी लिएपछि सेनाले निर्माण गरेको नेपालकै पहिलो युद्ध संग्रहालयको सहचारी सेनाहरुले अवलोकन गरेका थिए । कमलामाइ नगरपालिका मातहत रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिएका थिए ।

युद्ध संग्रहालयमा संग्रहित गर्न स्थानीयका घरमा भएको घरेलु हतियार भरुवा बन्दुक, तरबार, खुँडा, खुकुरी, तीर अनुरोध गरेरै संकलन गरिएको मेयर पोखरेलले बताएका थिए । टोलीलाई ठूलोगढीमा रहेको तोप हान्ने प्वाल, इनार लगायत क्षेत्र देखाइएको थियो । गढीबाट आडासम्म हिँडाएर स्थानको अवलोकन गराइएको थियो । आडामा रहेको तत्कालीन ढोकालाई सैनिक सहचारी सैनिकहरुले चाखपूर्वक हेरेका थिए ।

नेपाल एकीकरणका बेला तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न ब्रिटीस सेनाका कप्तान किनलोकको नेतृत्वमा आएको इष्ट इण्डिया कम्पनीका दुई हजार चार सय फौजलाई वंशु ग्रुप नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढी युद्धमा घरेलु हतियारको सहाराले पराजित गरेको इतिहास पाइन्छ । नेपाली सेनाको ९ नं बाहिनीपती शक्तिजंग बस्नेत र बर्दबहादुर गणका गणपति रमेश थापाले मित्रराष्ट्रका सैनिक सहचारीहरुलाई नेपाली सेना र सिन्धुलीगढीका विषयमा व्याख्या गरेका थिए । भारतीय सेनाका कर्णेल अमित शर्माले ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा आएर आफू प्रफुल्ल भएको बताए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

Next Post
जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन

जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

चिनियाँ अर्थतन्त्रको वास्तविक अवस्थाले विश्व स्तरमा चिन्ताजनक परिणाम ल्याउनेछ

ठगलाई संरक्षण पीडित लाई हप्काउदै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा

ठगलाई संरक्षण पीडित लाई हप्काउदै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .