काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ ।
बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ ।राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुनेछ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।