• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्णबहादुरलाई फापेको फागुन : पोहोर १५, यसपालि १२


पूर्णबहादुरलाई फापेको फागुन : पोहोर १५, यसपालि १२

एमसिसी अनुमोदनदेखि राष्ट्रपति चुनावसम्मको
काठमाडौँ– गत वर्षको फागुनमा संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनबीच जुहारी जस्तै थियो ।

प्रमुख विपक्षी दल नेकपा एमाले पहिले एमसिसी संसद्बाट अनुमोदन हुनुपर्छ भन्ने अडानमा थियो भने अनुमोदन गर्ने मिति नजिकिँदा के कसो गर्ने भन्ने स्पष्ट थिएन ।

सत्ता पक्षले संसद्मा प्रस्ताव गरेपछि आफूले आवश्यक निर्णय लिने एमालेले बताउँदै आएको थियो ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चालगायत वामपन्थी दलहरू संसद्बाट एमसिसी अनुमोदन गर्नै नहुने अडानमा थिए । एमसिसी फिर्ता गर्नुपर्छ भन्ने माग राख्दै संसद् भवन बाहिर आन्दोलन पनि सुरु भइसकेको थियो ।

संसद्बाट एमसिसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलहरू विभाजित थिए भने अमेरिकाले एमसिसी अनुमोदन गर्न ताकेता गरिरहेको थियो ।

नेपालको संसद्ले एमसिसी अनुमोदन नगरे त्यसलाई ‘चीनको दबाबको परिणाम भनेर आफूले बुझ्ने’ चेतावनी अमेरिकाले दिएको थियो ।

संसद्बाट एमसिसी अनुमोदन गरिनुपर्छ भन्ने नेताहरूलाई सर्वसाधारणमा ‘अमेरिकी एजेन्ट’ भन्ने छाप परिसकेको थियो भने छिमेकी देश चीन र विश्व शक्ति अमेरिका पनि यो विषयमा तानिँदै थिए ।

यस्तो परिस्थितिमा संसद्बाट एमसिसी पारित गराउने विषय सरकारका लागि चुनौतीपूर्ण बन्दै थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा यो विषय कसरी सल्टाउने भन्ने तनावमा थिए ।

यस्तै परिस्थितमा एमसिसी सल्टाउन राजनीतिक दलहरू ९खास गरी तत्कालीन सत्ता गठबन्धन० सँग छलफलको कमान्ड सहालेका थिए– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ।

शान्त स्वभावका खड्का नै सत्ता गठबन्धनका दलहरूसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटे ।

संसद्बाट एमसिसी अनुमोदन गर्नुपर्ने भएपछि राजनीतिक दलहरूको बैठक पनि संसद् भवन वानेश्वरमा बढी हुन थालेको थियो । २०७४ को आमनिर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारमा पराजित खड्का संसद् भवनमा हुने दलहरूबीचको बैठकमा सहभागी हुन थालेका थिए ।

‘म चुनाव हारेपछि पहिलो पटक संसद् छिरेको छु, यो विवाद जसरी भए पनि मिलाउनैपर्छ,’ संसद् भवन छिरेपछि कांग्रेस उपसभापति खड्काले राजनीतिक दलहरूको बैठकमा भन्ने गरेको सहभागी एक नेताले बताए ।

संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयमा सहमति जुट्यो । सत्ता गठबन्धनमा रहेकामध्ये राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्‍यो भने एमालेले मतदानमा सहभागिता जनाएन ।

१२ बुँदे व्याख्यात्मक टिप्पणीसहित दलहरूले एमसिसी पारित गरे पनि यसको मुख्य जस कांग्रेस नेता पूर्णबहादुर खड्कालाई जाने गरेको छ ।

पछिल्लो समय खड्काको भूमिका त्यस्तै प्रभावकारी रह्यो । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेस संसद्को सबैभन्दा ठुलो दल बनेको छ ।

चुनावअघिको गठबन्धन कायमै राख्ने र सोही गठबन्धनले सरकार बनाउने भनिए पनि पुस १० मा माओवादी केन्द्र एमालेसँग मिल्न पुग्यो । अनि एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने ।

नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘को पहिले’ प्रधानमन्त्री बन्ने विषयमा कुरा नमिलेपछि माओवादी र एमाले गठबन्धन सम्भव भएको थियो ।

संसद्को सबैभन्दा ठुलो दल भएर पनि सबैतिरबाट सत्ताविमुख हुनुपर्ने अवस्थामा कांग्रेस पुगेको थियो ।

तर, कांग्रेसलाई पुनः सत्तामा फर्काउने र एमालेसँग मिल्न गएको माओवादी केन्द्रलाई ल्याएर पुरानै गठबन्धन कायम राख्ने अठोटका साथ फेरि पहल थालेका थिए– उनै उपसभापति खड्काले । खड्काले यो कुरा आफैँले पनि दाबी गरेका छन् ।

‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनर्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्प लगभग पूरा भएको छ । अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरिदिनुहोस्, सबैमा अनुरोध,’ खड्काले १५ फागुनमा ट्विट गर्दै भनेका छन् ।

गत फागुन १२ गते नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दल सहमत भएका छन् ।

सोही सहमतिबमोजिम फागुन १३ गते नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसबीचमा कुनै ठुलो राजनीतिक उथलपुथल नभए फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता पौडेल निर्वाचित हुनेछन् ।

खड्काको अबको ध्यान
एमालेसँगको सम्बन्ध सकिएपछि कांग्रेसलाई सरकारमा लैजान प्रधानमन्त्री प्रचण्ड तयार छन् । कांग्रेस पनि सरकारमा जान तयार छ ।

सरकारमा जाँदा कांग्रेस कसको नेतृत्वमा जान्छ भन्ने बहस पनि सुरु भएको छ । उपसभापति खड्काले उपप्रधानमन्त्री बनेर गृह मन्त्रालयको नेतृत्व चाहेको चर्चा पनि छ ।

खड्काले चाहेमा उनले रोजेको मन्त्रालय पाउने माओवादी नेताहरू पनि बताउँछन् ।

तर, सरकारमा जाने विषयमा आफ्नो कुनै दाबी नरहेको खड्काले दोहोर्‍याइरहेका छन् ।

खड्का निकट नेताहरूका अनुसार उनी अब कार्यवाहक सभापति बन्न चाहन्छन् ।

सभापति देउवा निकट खड्काको यो चाहना पूरा हुने सम्भावना पनि देखिन्छ । किनभने खड्काप्रति सभापति देउवा सकारात्मक छन् भने कार्यवाहक सभापति बनाउने चलन कांग्रेसमा पहिलेदेखि नै छ । क्यानाडानेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता
  • २०७९ फाल्गुन १९, शुक्रबार ११:५८
  • In "देश"
  • संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि
  • २०७९ फाल्गुन १९, शुक्रबार ११:५८
  • In "देश"
  • एमिसिका कारण नेपालका दलहरु ध्रुविक्रित
  • २०७९ फाल्गुन १९, शुक्रबार ११:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

आज अपराह्न ४ बजे ८ दलीय गठबन्धनको बैठक बस्दै

माधव नेपालले भने – केही होइन भन्नेहरूले राष्ट्रपतिको प्रस्ताव ल्याए

सुदूरपश्चिममा नाउपा : रेशम रिहाइको मुद्दा कि, भागबण्डामा बार्गेनिङ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version