No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–११ कि १३ वर्षीया किशोरी बिहीबार दिउँसो १ बजेतिर आफू अध्ययनरत स्कुल पुगेर साथीहरुसँग बिदा मागिन् ।

उनले ‘चिनियाँ अंकलले काठमाडौं बोलाउनुभएकाले त्यतै जान लागेको’ मात्र सुनाइनन्, अरु साथीहरुलाई पनि काठमाडौं गए धेरै पैसा पाइने सुनाइन् ।

विद्यालयका एक जना शिक्षकका अनुसार कक्षा ६ मा अध्ययनरत उनी (प्रहरीले दिएको काल्पनिक नाम जाउलाखेल १९) ले अरु कक्षाका समेत गरी १० देखि १२ जनालाई आफूसँगै जान प्रस्ताव गरेकी थिइन् ।

‘त्यसबारे कसैलाई नभन्नु भन्दै बुवाको कसम पनि खुवाएकी रैछिन्, अंकलले काम दिनुहुन्छ भन्दै प्रलोभन देखाएको खुलेको छ’, ती शिक्षक भन्छन्, ‘चिनियाँ नागरिकले पूरै ब्रेनवास नै गरेका रहेछन् ।’

जाउलाखेल १९ ले काठमाडौं आउने दिन मात्रै साथीहरुसँग यो प्रस्ताव राखेकी होइनन् । शिक्षकहरुका अनुसार एक वर्षअघिबाटै उनले साथीहरुसँग आफूलाई ‘चिनियाँ अंकल’ले धेरै माया गर्ने बताउने गरेकी थिइन् । ती चिनियाँले आफूलाई रिचार्ज कार्ड र सपिङ गर्न पैसा दिने गरेको उनले बताउने गरेकी थिइन् ।

बुवा वैदेशिक रोजगारीमा गएर बेपत्ता भएपछि आमासँग बस्दै आएकी जाउलाखेल १९ सँग चिनियाँ नागरिकले सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गर्ने गरेका थिए । पछिल्लो समय कुराकानी बाक्लिंदै गएको थियो । स्थानीय एक १८ वर्षीया किशोरीमार्फत उनी चिनियाँ नागरिकसँग जोडिएकी थिइन् ।

बिहीबार बेलुकी उनी घर गइनन् । स्काउटमा आबद्ध उनी पहिले पनि बेलाबेला क्याम्प भन्दै बाहिर जाने भएकाले त्यसदिन आमाले त्यति धेरै वास्ता गरिनन् । जब शुक्रबार पनि उनी घर आइनन्, बल्ल आमा आत्तिइन् । स्कुलमा सम्पर्क गर्दा उनी एक महिनादेखि हाजिर नभएको खुल्यो ।

जाउलाखेल १९ ले साथीहरुसँग आफू अर्कै स्कुल पढ्न थालेको बताएको खुल्यो । तर, त्यो स्कुल पनि उनी गएको नदेखिएको शिक्षक बताउँछन् । घटनाबारे जानकार एमाले झापाका इञ्जार्च अग्नि खरेलका अनुसार उनी घरमा नभएको थाहा पाएपछि आमाले स्थानीय एक सक्रिय सामाजिक कार्यकर्तालाई खबर गरेकी थिइन् ।

छिमेकी समेत रहेकी ती सामाजिक कार्यकर्ताले विद्यालयमा गएर सोधखोज गर्दा किशोरी काठमाडौंसम्म पुगिसकेको देखियो । ‘त्यसपछि मलाई खबर गर्नुभयो, गम्भीर लागेपछि मैले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई खबर गरिदिएँ’ खरेल भन्छन्, ‘सीआईबीले अनुसन्धान थालेपछि उनले अन्य बालिकाहरुलाई पनि बन्धक बनाएको खुलेको छ ।’

ब्यूरोका निर्देशक उत्तमराज सुवेदीका अनुसार चिनियाँ नागरिकले बालिकालाई बन्धक बनाएको खबर आएपछि खोजी सुरु भएको थियो । त्यसक्रममा चिनियाँ नागरिक आफैं प्रहरी वृत्त, सातदोबाटोसम्म पुगेका थिए ।

‘सीआईबीले खोजिरहेको भन्ने थाहा पाएपछि उनी आफैं ती बालिका लिएर हाजिर भए’ सुवेदी भन्छन्, ‘अन्य किशोरीहरुलाई पनि शोषण गरेको भेद खुल्ने भएपछि उनी प्रहरीसमक्ष गएका थिए ।’

पारिवारिक स्रोतका अनुसार शुक्रबारदेखि जाउलाखेल १९ को मोबाइल स्वीच अफ आइरहेको थियो । तर, शनिबार एक्कासी नयाँ नम्बरबाट फोन गरेर उनले एक जना आफन्तलाई आफू काठमाडौं पुगेको जानकारी गराएकी थिइन् ।

त्यो नम्बरको आधारमा प्रहरीले उनलाई ट्रेस गर्न थालिसकेको थियो । सँगै ती छिमेकीले पनि त्यो नम्बरमार्फत चिनियाँ नागरिकसँग कुरा गरिरहेकी थिइन् । ‘महिलाहरुप्रति एकदमै नराम्रो दृष्टिकोण राख्ने मान्छे रहेछ, मैले निकै बेर अल्मल्याएर सीआईबी आउँदै गरेको बताएपछि उ बच्चा लिएर प्रहरीसमक्ष पुगेको थियो’, उनी भन्छन् ।

तर, ती किशोरीलाई उद्धार गरेर मात्र चिनियाँ नागरिकको पोल खुल्ने वाला थिएन, उनले किशोरीलाई किन ल्याएका थिए भन्ने थाहा पाउन थप अनुसन्धान जरुरी थियो । ‘त्यसपछि जिल्ला प्रहरी परिसर, ललितपुरलाई थप अनुसन्धानका लागि जिम्मा लगाएका थियौं’ एआईजी सुवेदी भन्छन्, ‘सीआईबीले प्राविधिक सहयोग गरेको थियो ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार त्यसपछि यो कार्यमा संलग्न गोंगटीस्थित न्यू कोका प्यूरियन म्याट्रेस कम्पनीका सञ्चालक रहेका याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध जबर्जस्ती करणीको कसूरमा अनुसन्धान गर्न आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट थुनामा राख्न म्याद लिएको शाह बताउँछन् ।

‘पक्राउ गरेर उनी कार्यरत कम्पनीमा जाँदा थप किशोरीहरुलाई पनि बन्धक बनाएर राखिेको फेला परेको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले भने, ‘थप दुई जनालाई जबर्जस्ती करणी गरेको फेला परेको छ, जाहेरी समेत दर्ता भइसकेको छ ।’

प्रहरीले जम्मा पाँचलाई उद्धार गरेको छ । अरुमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

पोखराका थप दुई किशोरीलाई माघ १० गते काठमाडौं ल्याएको देखिएको छ । ‘कलंकीसम्म गाडीमा आउन लगाएर उनीहरुलाई त्यहाँ राखेको देखिएको छ’ शाहले भने, ‘उनीहरु कसरी चिनियाँ नागरिकसम्म पुगे भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार किशोरीहरुलाई आर्थिक प्रलोभन देखाएर त्यहाँसम्म ल्याएको पाइएको छ । उनीहरुलाई नेपालविरोधी विषयहरु सिकाउँदै चिनियाँ गीतहरु सुन्न प्रेरित गरेको पाइएको पनि एक अधिकृतले बताए ।
‘झापाकी किशोरीले उनी अध्ययनरत स्कुलको बेन्चहरुमा ‘चाइना लभ, नेपाल हेट’ लेखेको पाइएको छ’ एक अधिकृत भन्छन्, ‘साथीहरुको कपीभरि पनि त्यस्तै लेखिदिएको पाइएको छ ।’

प्रहरीका अनुसार किशोरीको मोबाइलमा पनि चिनियाँ गीतहरु राखेको पाइएको छ । ‘उनलाई चिनियाँ परिवारको जस्तै बनाएर पूरै प्रभावमा पारेको देखिन्छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘पोखराकी दुई जनालाई आर्थिक प्रलोभन देखाएर जबरजस्ती करणी गरेको पनि खुलेको छ ।’

यसबारे थाहा पाएपछि पीडितका दाइले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिक याङ लि मिङले बन्धक बनाएको किशोरीलाई नै प्रयोग गरेर अरु साथीलाई बोलाउन लगाउने गरेका थिए ।

‘१८ वर्षकी अर्की एक किशोरीले नै झापा र पोखराका पीडितसँग जोडेको पाइएको छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘उनीबारे पनि अनुसन्धान सुरु भएको छ ।’

पछिल्लो १५ दिनमा चिनियाँ नागरिकले कम्तीमा १५ जनालाई काठमाडौं बोलाएको पाइएको अधिकृतहरुको दाबी छ । बिजनेस भिसामा काठमाडौं बस्दै आएका उनले किशोरीहरु काठमाडौं आइपुग्ने वित्तिकै मोबाइल खोसिदिने गरेको प्रहरीको भनाइ छ । उनको विगतको पृष्ठभूमि अहिले प्रहरीले केलाइरहेको छ ।

‘उनले किशोरीहरुलाई त्यसरी काठमाडौंमा राख्नुपर्ने कुनै कारण देखिंदैन’ पूर्वमहान्यायाधिवक्ता समेत रहेका एमाले नेता खरेल भन्छन्, ‘यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने देखिन्छ ।’

चिनियाँ नागरिकले चाहिं आफूमाथि लागेको आरोप अस्वीकार गर्दै किशोरीहरुलाई सहयोग गरेको दाबी गर्ने गरेका छन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’

मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .