No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

धनगढी : जैविक विविधताले महत्वपूर्ण कैलालीमा ठूलो सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन् । कैलारी गाउँपालिका–४ स्थित मोहना नदीको बगरमा १० हजार ५५३ सङ्ख्यामा पानी गौथली फेला परेका हुन । नेपालमा संरक्षित क्षेत्रबाहिर धेरै सङ्ख्यामा पानी गौथली फेला परेको यो पहिलोपटक हो । संरक्षित क्षेत्रमा पनि यति धेरै सङ्ख्यामा पानी गौथली फेलापरेको अभिलेख छैन ।
मोहना नदीमा देखिएको पानी गौथलीको समूह नेपालमा हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा ठूलो रहेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली भेटिएका थिएनन्’, उहाँले भन्नुभयो ।
पानी गौथली विश्वव्यापी रुपमा रातो सूचीमा रहेको चरा हुन । यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ । नेपालसहित विश्वको २० देशमा पानी गौथली पाइन्छन् ।
नेपालमा पहिलोपटक काठमाण्डौं उपत्यकामा पानी गौथली अभिलेख गरिएको थियो । १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख गर्नुभएको हो । सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए ।
त्यसपछि सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ । यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा र बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरिएको थियो ।
सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदी पाइन्छ । यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्ती, कैलालीको मोहना नदीमा उल्लेख्य रुपमा पाइने गरेको जनाइएको छ ।
मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौथली देखिने गरेको चराविज्ञ डङ्गौराको भनाइ छ । उहाँले मोहना नदीको भितरिया क्षेत्रमा यो चराको सिकार बढी मात्रामा हुने गरेको बुझिएको उल्लेख गर्नुभयो ।
बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथली चरालाई समस्या हुँदै आएको जनाइएको छ । यसैगरी, चोरी सिकार, ब्रिडिङमा असर लगायतको कारणले यो चरा प्रजाति लोप हुने खतराको नजिक पुगिरहेको बताइन्छ । पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन् ।
मोहना नदीमा १० हजारको सङ्ख्यामा पानी गौथली फेला पर्नु आफूहरुको लागि पनि ‘सर्पराइज’ भएको बीसीएनका विज्ञ कृष्ण भुसालले बताउनुभयो । ‘नेपालमा पानी गौथलीको सङ्ख्या नै न्यूनतम् तीन हजारदेखि अधिकतम् पाँच हजारसम्म रहेको छ’, उहाँले भन्नुभयो । ‘१० हजारको सङ्ख्यामा मोहना नदीमा देखिनु एकदम् म्याक्सिमम र हाम्रो लागि बिग सर्पराइज हो ।’ सो झुण्ड अन्य मुलुकबाट आएको हुन सक्ने भुसालको बुझाइ छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

एसिड आक्रमण सम्बन्धि बन्यो कानून : २० वर्ष कैद र १० लाख जरिवाना

एसिड आक्रमण सम्बन्धि बन्यो कानून : २० वर्ष कैद र १० लाख जरिवाना

देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन माग

देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .