No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मतदाता परिचयपत्र छ, नागरिकता छैन

मतदाता परिचयपत्र छ, नागरिकता छैन

चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन्। उनीहरुसित मतदाता परिचयपत्र त छ, तर नागरिकता भने छैन।

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहीन छन्। उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो। २२ वर्षीय अनिल माझीले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सकेनन्। वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उनी बताउँछन्।

‘नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,’ माझीले भने।  नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उनको गुनासो छ।

यस्तै गुनासो सुनाउनुहुन्छ,  ५५ वर्षीया एमपी माझी। ‘लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ।’ उनले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै  प्रश्न गर्ने गरेको दुःखेसो पोखे।

नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताए।

उनले  भने, ‘नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो।’ नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उनले भने, ‘हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो।’

आफूहरुसँग मतदाता परिचयपत्र भने भएको उनले बताए। हरेक निर्वाचनमा साविकको कठार गाउँपालिकाबाट मतदान गर्दै आए पनि नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ।

दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थित रुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो।

एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरु नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताए। वडा कार्यालय र राजनीतिक दलहरुले आफ्नो समस्याप्रति बेवास्ता गरेको उहाँको गुनासो छ। माझीले भनले, ‘विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन।’

एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन्। एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन्। बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ।

एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन्। एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन्। बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ।

खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताए। ‘मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताए। उनले भने, ‘पूर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ।’ वडा कार्यालयबाट सिफारिस आए सहज रुपमा नागरिकता दिन सकिने उनले बताए।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम

चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम

चिनमा कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .