• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ सरकारको अघोषित नाकाबन्दी अझै जारी – रसुवागढी खुल्यो , तातोपानी किन बन्द ?


चिनियाँ सरकारको अघोषित नाकाबन्दी अझै जारी – रसुवागढी खुल्यो , तातोपानी किन बन्द ?
सिन्धुपाल्चोक — चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ । उता केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानीलाई चीनले प्राथमिकतामा राखेको छैन । अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान छन् ।

भूकम्प र बाढीपहिरोले ध्वस्त कोदारी राजमार्ग २६ किमि अहिले सीआरसीसीले पहिरो खण्डलाई मर्मतसम्भार गर्दै छ । भौतिक संरचनामा अन्यत्रझैं सहज वातावरण भए पनि चीनले तातोपानीबाट निर्यात र सर्वसाधारणका लागि नखुलाउँदा यहाँका व्यवसायी र सरोकारवालाको एउटै प्रश्न छ, ‘किन प्राथमिकतामा परेन तातोपानी ?’

काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर भूकम्प, बाढीपहिरो र कोभिडको अनेक बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई पूरै निरुत्साहित गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउँछन् ।

‘चीनले रसुवालाई प्राथमिकता दिएको छ, रसुवाबाट निर्यात खुलाइरहँदा तातोपानीबाट कन्टेनर आयातसमेत सहज बनाएको छैन । दिनहुँ तीनदेखि चार वटा कन्टेनर पठाइरहेको छ, यसलाई खासै प्राथमिकतामा राखेको देखिँदैन, त्यसैले हामीले धेरै पटक विभिन्न माध्यममार्फत सरकारलाई नाका सहज बनाउन पहलकदमी लिन अनुरोध गरिरहेका छौं,’ बस्नेतले भने । तातोपानीबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य छन् ।

तातोपानीमा आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडी चालक पेसा छाडेर धमाधम घर फर्किन थालेका छन् । ताल फुट्ने जोखिम र कोभिडका अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीपनकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको उनको तर्क छ ।

चिनियाँ इलाका बजार क्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल अनिवार्य गरेको छैन । त्यतिबेला कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो ।

चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना रहे पनि देखिने प्रगति नरहेको नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्यदूत नवराज अधिकारीले जनाए । ल्हासा प्रशासनसहित उच्च चिनियाँ अधिकारीसँग बसेर नाकालाई पुरानै अवस्थामा फर्काउन बैठक र छलफलका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । बाहिर नाका खुल्नेबारे हल्ला व्यापक चले पनि औपचारिक रूपमा माथिल्लो तहबाट सकारात्मक रहेको भन्नेबाहेक केही नआएको उनको भनाइ छ ।

केरुङमा आयातनिर्यात खुलेपछि तातोपानीमा त्यही हुने अनुमानमा झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनरदेखि होटल व्यवसायीसम्म आसमा छन् । नाका खुल्ने र व्यापार हुने उत्साहमा लिपिङ पुल छेउका होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश बनेका छन् । नाकालाई पूर्ण रूपमा खुलाउन र पूर्वाधार बलियो बनाउन हरसम्भव प्रयास गरिएको भोटेकोसी–२, तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले जनाए । यस नाकाबाट अहिले प्रतिदिन मुस्किलले चार वटा मात्रै कन्टेनर भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले बताए ।

‘अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थे । राजस्व पनि राम्रै संकलन भएको थियो । तर यस पटक लक्ष्यको ३० प्रतिशत मात्रै जम्मा भएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएकामा ३० प्रतिशत अर्थात् एक अर्ब ३५ करोड मात्रै राजस्व उठेको उनले जनाए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन
  • २०७९ माघ २, सोमबार १०:५३
  • In "देश"
  • कोरोनाको वहाना र चीनको अघोषित नाकावन्दी
  • २०७९ माघ २, सोमबार १०:५३
  • In "BannerNews"
  • कहिले खुल्छन् सबै उत्तरी नाका ?
  • २०७९ माघ २, सोमबार १०:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

राष्ट्रपति निर्वाचनमा के गर्ला माओवादी ?

पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए

चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version