यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
अर्थमन्त्री विष्णु पौडेलले जनार्दन शर्माले गरेका कतिपय काम रोक्ने भएका छन्। शर्माले धेरै आयोजनामा गैरबजेटरी तथा थप बजेटको सुनिश्चितता दिएर गएको र मन्त्री पौडेलले त्यसलाई रोक्ने तयारी गरेको अर्थ मन्त्रालयको भनाइ छ।
अर्थ मन्त्रालयको बजेट महाशाखाका एक अधिकारीका अनुसार करिब ४ खर्ब ५० अर्ब हाराहारीमा स्रोत सुनिश्चितताको निर्णय गरेर जनार्दन शर्मा बाहिरिएका थिए। ‘त्यसलाई अर्थमन्त्री तथा नयाँ सचिवज्यूले त्यसरी गरिएको स्रोत सुनिश्चितता तत्काललाई रोक्न निर्देशन दिइसक्नुभएको छ’– ती अधिकारीले भने।
अर्थमन्त्री पौडेलले विश्वासको मत पाएपछि आफ्नो पहिलो प्राथमिकताका रुपमा थप बजेट सुनिश्चितता भएकोलाई बदर गर्ने निर्णय हुँदै छ। अर्थ मन्त्रालयका अनुसार त्यसको लागि बहुवर्षीय आयोजनाहरु समेत संलग्न गरिएको छ।
त्यसको लागि योजना आयोगसँग समेत छलफल भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।
यसैगरी, मन्त्री पौडेलले अर्थ मन्त्रालयमा नयाँ टिम सेट गर्दै छन्। राजस्व र अर्थसचिव दुवै जना नयाँ ल्याइसकेका अर्थमन्त्री पौडेलले सहसचिव तथा उपसचिवहरुको समेत नयाँ टिम सेट गर्ने जनाईउको छ।
उनले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिव रामेश्वर दंगाललाई समेत परिवर्तन गर्न चाहेका थिएनन्। तर सूचनाहरु बाहिर पठाएको भन्दै नयाँ सचिव ल्याउनुपरेको उनको सचिवालयको दाबी छ।
नयाँ सचिवहरुमा तोयम राय र राम प्रसाद घिमिरेलाई अर्थ मन्त्रालय ल्याए पनि अब राजस्व महाशाखा प्रमुख, वित्तीय विश्लेषण र संस्थान महाशाखा प्रमुखमा नयाँ नेतृत्व ल्याउने तयारीमा छन्।
त्यस्तै भन्सार विभागको प्रमुख, ठूला करदाता कार्यालयका प्रमुख, मध्यमस्तरीय कर कार्यालयका प्रमुख समेत परिवर्तन गर्ने तयारी भइरहेको छ।
आर्थिक वर्षका लागि सवारीसाधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने, विशेष अवस्थामा बाहेक चालू आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने र दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने विषयमा योजना बनाएर अघि बढ्ने गरी अर्थसचिव तोयम रायले खाका बनाइरहेको जनाईएको छ।

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]
अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी
प्रधान सम्पादक : संजय यादव
© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .
© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .