• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुपन्देहीमा तिनाउ नदीकाे कटान सुरु


रुपन्देहीमा तिनाउ नदीकाे कटान सुरु

बुटवल : रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु गरेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो ।

क्षतिको पूर्व आकलन गर्न भन्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहितको टोलीले तिनाउ किनारको स्थलगत अनुगमन गरेको छ । अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको स्थलगत अनुगमनमा गएका बुटवल–११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए । ‘कटान सुरु भएँसगै नदी आसपासका बस्तीमा जोखिम बढेको छ,’ उनले भने, ‘पानी नरोकिए साँझसम्म आसपासका केही बस्ती खाली गर्नुपर्ने छ ।’

नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीका लागि यस क्षेत्रको सबैभन्दा जोखिम तिनाउ नदी हो । पाल्पाका करिब २० वटा खहरे खोलाहरू तिनाउमा मिसिने गरेका छन् । पछिल्लो समय जनताको तटबन्धअन्तर्गत नदी किनारमा तारजाली गर्ने र पर्खाल लगाउने गरेपछि पछिल्लो वर्षमा नदीको उपद्रो केही घटेको छ । यद्यपि नदीको बहाव क्षेत्र मिचिएकाले ठूलो पानी पर्‍यो कि कटान हुने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

कोरोना संक्रमणले सप्तरीका प्रजिअको भान्सेको मृत्यु

लगातारको वर्षाले तरकारी खेती सखाप

शहिदनगरका मेयर बरबरिया र लेखापाल १५ दिनदेखि गायब !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version