No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ तिर्ने नेपाली यात्रुलाई सहज हुने

काठमाडौं =  लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ आजदेखि खुला भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।

‘काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भने,‘अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।’

पर्यटन व्यवसायीहरुले चीनले ट्रान्जिट खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो हुने बताएका छन् । ‘अहिले पूर्वी र मध्यपूर्वी मुलुकहरुका सीमित वायुसेवाबाट यात्रुले एकतर्फी महँगो टिकटमा उड्नु परिरहेको थियो, चीनबाट पनि विदेश जान पाइने भएपछि नेपालीलाई सस्तो र सुलभ पर्छ । च्वाइस पनि बढ्छ,’ अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीमा अग्रणी मानिएको आशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने ।

हाल चीनको व्यापारिक सहर ग्वाङझाउबाट चाइना साउर्दनले सातामा एक दिन मंगलबार उडान गर्दै आएको छ । आजदेखि एयर चाइनाले सातामा एक दिन आइतबार छेन्दु–काठमान्डु उडान खुला गरेको छ ।

०७६ चैतअघि चीनको कुन्मिङबाट चाइना इर्स्टन, ल्हासा र छेन्दुबाट एयर चाइना, सिचुवान, सीयान र छेन्दुबाट तिब्बत एयरलायन्स, ग्वाङझाउबाट चाइना साउर्दन र हङकङबाट क्याथेले गरी सातामा ६ वटा वायुसेवाले ६१ वटा व्यवसायिक उडान गर्थे । लकडाउनपछि यी सबैका व्यावसायिक उडान रोकिएका थिए ।

चीनका वायुसेवाले मेडिकल लगायतका व्यापारिक चार्टर उडान गरेपनि त्यहाँ लकडाउन नै भएकाले मंसिरअघिसम्म चीनबाट नेपालमा नियमित उडान भइसकेका थिएनन् ।

कोभिडको डेल्टा भेरियन्ट देखापरेपछि सुचारु हुन लागेका उडान चीनले पुन: बन्द गरेको थियो । त्यसको १९ महिनापछि मंसिर १३ देखि चीनले नेपालमा ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडान मात्रै खुला गर्ने पहिलो निर्णय गरेको थियो । तर, आजदेखि अब चीनका जुनसुकै सहर र त्यसबाहिरका अन्तर्राष्ट्रिय रुटमा नेपाली यात्रुका लागि बाटो खुला भएको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

मानवअधिकारको विश्वव्यापी घोषणाको वार्षिकोत्सवको अवसरमा तिब्बती समुदायले निकाले शान्तिपूर्ण र्‍याली

मानवअधिकारको विश्वव्यापी घोषणाको वार्षिकोत्सवको अवसरमा तिब्बती समुदायले निकाले शान्तिपूर्ण र्‍याली

जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .