No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन

नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन

काठमाडौं,  पुस । एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेसँगै नेपालमा उत्तरी छिमेकी चीनको चलखेल बढेको छ । आफू अनुकुल कम्युनिस्ट सरकार आएको भनेर चीनले हुँदै नभएका कुरा गरेर नेपालमा ज्यादती नै गरेको छ ।

प्रसंग हो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको । यो विमानस्थल चीनको महंगो ब्याजदरमा बनेको छ । त्यस्तै परे यो विमानस्थल श्रीलंकजस्तै आर्थिक टाट पल्टाउने परियोजना बन्ने जोखिम छ । तर चीनले आफूले फ्रिमा बनाइदिए जसरी जस लिन खोजेको छ । एकातिर इतिहासकै सबैभन्दा धेरै ब्याजदर लिएर नेपाललाई ऋणको चंगुलमा पार्न खोजेको छ भने अर्कोतिर मैले बनाइदिएको भनेर प्रचार गरिरहेको छ ।
चीनले यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक रूपमा आफ्नो स्वामित्व दर्शाउनु कूटनीतिक हिसाबले आपत्तिजनक रहेको परराष्ट्र मामिला जानकारले बताएका छन् । झन चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विमानस्थल उद्घाटन समारोहमा प्रधानमन्त्रीकै सामु भनेको कुरा त ज्यादतीकै विषय हो ।
‘वर्षौंदेखि यस परियोजनामा सक्रिय समर्थन र बलियो सहयोगका लागि म सम्माननीय प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ उनले आफ्नै परियोजना जसरी ‘सक्रिय समर्थन’ र ‘बलियो सहयोग’का लागि भन्दै प्रधानमन्त्रीलाई धन्यवाद भने, तर यो विमानस्थल चिनियाँ ऋणमा नेपालले आफैले बनाएको तथ्यलाई उनले अनदेखा गरे । त्यस्तै चिनियाँ राजदूतावासले पनि चिनियाँ इन्जिनियर र प्रविधिको उच्च सिपको प्रतिफल भनेर आफ्नै देशको ब्राण्डिङ गरेको छ । विश्वमा चीन अविश्वासको पात्र भनिरहेका बेला नेपालको एयरपोर्ट देखाएर विश्वमा आफ्नो छवि सुधार्ने अवसरका रूपमासमेत उपयोग गरेको छ।
पूर्वपरराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चीनको अस्वभाविक दाबी आपत्तिजनक रहेको र यसलाई सरकारले प्रष्ट पार्नुपर्ने बताए । पोखरा विमानस्थल बनाउन चीनसँग ऋण सम्झौता पहिले नै भएकाले बीआरआईअन्तर्गत हो नमिल्ने उनले बताए ।
लोसपाका नेता डा सुरेन्द्र झाले प्रश्न गरेका छन्, पोखरा विमानस्थल निर्माणमा लागेको २२ अर्व मध्ये ७५ प्रतिशत महँगो व्याज दरमा रहेको ऋण हो साथै बीआरआई अन्तर्गत रहेको चीन सरकारले भनीराखेको हुनाले सरकारले सत्य तथ्य बाहिर ल्याउनु पर्छ ।
मुलुक लाई श्रीलंकाको हालतमा पुर्याउने कदम तत्काल रोक्नु पर्छ । नेता अर्जुननरसिंह केसीले पनि पोखरा विमानस्थल विआरआई परियोजना हो कि सफ्ट लोन परियोजना हो भनेर प्रश्न गरेका छन् । उनले सम्झौता सार्वजनिक गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल आमरूपमा अहिले पोखरामा चीनले देखाएको ज्यादतीको विरोध भइरहेको छ । तर कम्युनिस्टहरू सरकारकम भएर चुइक्क बोलेका छैनन् । चीनले यसअघि पनि नेपाललाई दिने सम्पूर्ण सहयोग बीआरआईअन्तर्गत हुने भन्दै आएको परराष्ट्रविद् डा। दिनेश भट्टराई बताउँछन्। यसमा नेपालले आफ्नो भनाइ अघि सार्नुपर्ने उनको भनाइ छ।
बीआरआई फ्रेमवर्क अहिलेसम्म सार्वजनिक नभएकाले त्यसमा कस्तो व्यवस्था गरिएको छ भन्न नसकिने डा। भट्टराई बताउँछन्। पूर्वसचिव रामेश्वर खनालले नयाँ सरकार गठनसँगै चिनियाँ सक्रियता बढेको र यो पनि त्यसकै परिणाम भएको बताए । यसको सरकारी तहबाटै प्रतिवाद हुनुपर्ने उनले बताए । नेपालपानाबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
सभापति देउवा फेरि सक्रिय : सत्तारोहणको प्रयास

सभापति देउवा फेरि सक्रिय : सत्तारोहणको प्रयास

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

गरिव एसियाली मुलुकहरुमा चीनको वक्रदृष्टि, मानव तस्करीको सञ्जलको सक्रियता तिव्र

गरिव एसियाली मुलुकहरुमा चीनको वक्रदृष्टि, मानव तस्करीको सञ्जलको सक्रियता तिव्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .