• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न


पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न

पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन चिनियाँ पक्षले दिएको वक्तव्यबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

अनलाइनखबरसँग अन्तर्वार्ता क्रममा ज्ञवालीले चीनका कार्यबाहक राजदूत वाङ सिनले उक्त विमानस्थल बीआरआई अन्तर्गत बनेको भनी दिएको वक्तव्यको आलोचना गरेका हुन् । ‘उहाँले के आधारमा त्यो वक्तव्य दिनुभयो भन्ने मेरो प्रश्न छ,’ उनले अन्तर्वार्तामा भनेका छन् ।  ज्ञवालीले अगाडि भने, ‘पोखरा विमानस्थलको बहस सन् २०१० देखि नै भएको थियो । बीआरआईमा नेपालले हस्ताक्षर गर्नुभन्दा एक वर्षअघि नै शिलान्यास र फन्डिङ मोडालिटीबारे कुरा भइसकेको थियो । तर के अर्थमा चीनका कार्यवाहक राजदूतले भन्नुभएको हो, मैले बुझ्न सकिनँ ।’

उनले दुई छिमेकी मुलुकसँग नेपालले मित्रता र सहकार्य गरेरै अघि बढ्ने, कसैलाई नजिक टाढा गर्न नहुने मत राखे ।

भारतसँग नेपालको मित्रता हुँदाहुँदै पनि त्यस मित्रतामा अझै पनि अप्ठेरो रहेको भन्दै उनले पछिल्ला केही उदाहरण दिए ।

‘सिमानासम्बन्धी विवाद अझै सल्टेका छैनन्, नोटबन्दी गर्दा संसारभरिका नोट साट्यो, हाम्रो साटिदिएन’, भारतलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो तर्फबाट पनि परराष्ट्र नीति सञ्चालनमा विगतमा डेभिएसन देखिएका छन् । अबको सरकारले त्यसलाई लिकमा राख्न सक्नुपर्छ ।’ अघिल्लो सरकारका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआईको ऋण नलिने, अनुदानबारे सोच्न सकिने भनी दिएको अभिव्यक्तिप्रति ज्ञवालीले असन्तुष्टि जनाए ।

‘प्रधानमन्त्री भएको व्यक्तिमा त्यस बेला सूचना र ज्ञानको कमी देखियो, दाताको अनुहार हेरेर ऋण लिने र नलिने तय गर्न हुँदैन’, उनले भने, ‘चिनियाँ ऋणले विकासका नाममा पासोमा पार्छ भनेर एकपक्षीय न्यारेटिभ निर्माण गरिएको छ । जबकि अर्जेन्टिना, चिलीजस्ता देशहरुले विश्व बैंककै ऋण लिए पनि ठीक ढंगले नचल्दा गलत दिशामा पुगेका छन् ।’

अर्को प्रश्नमा ज्ञवालीले एकीकृत समाजवादीसँग एकताबारे थुप्रै समस्या रहेको, तर त्यस दलमा भएकाहरु फर्केर आए पार्टीले उचित ठाउँ दिन सक्ने बताए ।

ज्ञवालीसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको अन्तर्वार्ता यो भिडियोमा हेर्न सकिन्छ । यसको पूर्णपाठ भोलि अनलाइनखबरमा प्रकाशित हुनेछ ।

तस्वीर र भिडियो : शंकर गिरी / यो समाचार अनलाइनखबर बाट साभार गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली
  • २०७९ पुष २१, बिहीबार ००:००
  • In "BannerNews"
  • नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन
  • २०७९ पुष २१, बिहीबार ००:००
  • In "BannerNews"
  • अध्यादेश टेबल गर्न नदिनु अशोभनीय : प्रदीप ज्ञवाली
  • २०७९ पुष २१, बिहीबार ००:००
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

विश्व प्रभुत्वको अनन्त चिनियाँ रुपरेखा: बीआरआई भन्दा पर, के हो जीडीआई र जीएसआई?

कोभिडको त्रास बढ्दा चीनमा तनावग्रस्त परिस्थितिमा

चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version