• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संकटमा नेकपा एस , माधव नेपाल कता जाने ?


संकटमा नेकपा एस , माधव नेपाल कता जाने ?

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अप्रत्यासित रूपमा टुटेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता हालको सरकारलाई सर्मथन गर्ने कि अर्को पार्टीसँग एकता गर्ने भन्नेमा दोधारमा छन्। निर्वाचनको समीक्षा, वर्तमान सरकारलाई समर्थन गर्ने कि नगर्ने तथा अर्को पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बसेका नेकपा एसका दुई वटा बैठक स्पष्ट धारणा निर्माण गर्न नसकी टुंगिएका छन्। यिनै विषयमा धारणा बनाउन बसेका नेकपा एस स्थायी कमिटी र पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेका हुन्।

बैठकमा सहभागी नेताहरूले बैठकका अजेन्डामा प्रस्ट धारणा राख्न सकेनन्। ‘पार्टीले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ थ्रेस होल्ड कटाउन नसकेको अवस्था र अर्को पार्टीसँग एकता गर्ने भन्ने हल्लाका बीच बसेके बैठकबाट खासै निस्कर्ष निस्किन सकेन,’ पोलिटब्युरो बैठकपछि एक नेताले भने। ती नेताका अनुसार एक सयभन्दा बढी केन्द्रीय सदस्यहरू नै मतदान गर्न र जनतासँग मत माग्न नगईकन नेताहरूविरुद्ध अभिव्यक्ति दिँदै बसेको भन्ने विषय बैठकमा प्रवेश गरेको थियो। तर नेताहरूको आलोचना गर्नेलाई कारबाही गर्ने कि त्यतिकै छुट दिने भन्नेमा पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

अर्को पार्टीसँग एकता, सहकार्य, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ। ‘हामीले वामपन्थीबीच पार्टी एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने विषयमा हिजो पनि काम गर्‍यौं र भोलि पनि गर्नेछौं। बैठकले यसबारे निर्णय गर्ने अधिकार र जिम्मेवारी सचिवालयलाई दिएको छ,’ नेकपा एसका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने। उनका अनुसार चाँडै यो विषयमा सचिवालयले निर्णय गर्नेछ। वर्तमान सरकारमा पार्टी सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पनि सचिवालयले नै निर्णय लिने भएको छ। ‘सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि हामी छलफल गर्छौं। हाम्रो सहभागिताबिना पनि सरकारले विश्वास आर्जन गर्न सक्ने भएकाले यो विषयमा सोचविचार गरी निर्णय गर्नेछौं,’ खतिवडाले भने।

स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेताहरूले नेकपा एमालेसँग मिलेर, एकता गरेर वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए। उनीहरूले एमालेसँग सोझै एकता गर्नुपर्छ नभने पनि अहिलेको अवस्थाले पार्टी नचल्ने बताउँदै वामपन्थीसँगको सहकार्यमा जोड दिएका थिए।

बैठक स्रोतका अनुसार पोलिटब्युरो सदस्यहरूले दाहाल नेतृत्वको सरकारमा सहभागी हुन सुझाव दिएका थिए। उनीहरूले विचार मिल्ने शक्ति एमाले भएका कारण एमालेबाट पार्टी एकताको उपयुक्त प्रस्ताव आएमा स्वीकार गर्नसमेत नेतृत्वलाई आग्रह गरेका थिए। पार्टीभित्र सरकारमा सहभागिताको विषय र एमालेसँगको एकताबारे दुई धार देखिएको थियो। बैठकको अन्त्यमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी सरकारमा जान हतार नगर्ने र झुकेर पनि सरकारमा नजाने बताएका थिए। ‘सरकारमा झुकेर गइँदैन। सम्मानजनक अवस्था आए विचार गरौंला। पार्टी एकता पनि कोहीसँग झुकेर हुँदैन। विचार मिल्नेसँग एकता हुनसक्छ,’ नेपाललाई उद्धृत गर्दै एक नेताले भने। ‘अनुशासन तोड्नेकै स्वर ठुलो हुन्छ। पार्टीको विरोध बाहिर गर्ने अनि उनीहरूकै स्वर ठुलो हुने। आफ्ना नेताहरूकै अनावश्यक आलोचना गरेर अरू नेताको प्रशंसा गर्ने काम बन्द गरौं। हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ,’ नेपालले बैठकमा भनेका थिए।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने एमालेसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा छन्। त्यस्तै सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेर एक विद्युतीय सञ्चार माध्यममा अन्तर्वार्ता दिएकी थिइन्। सोही विषयमा अध्यक्ष नेपालले आफ्नो धारणा राख्दै पार्टीका नेताहरूलाई जथाभावी नबोल्न निर्देशन दिएका थिए। दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा
  • २०७९ पुष २०, बुधबार १३:५१
  • In "BannerNews"
  • माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने
  • २०७९ पुष २०, बुधबार १३:५१
  • In "BannerNews"
  • सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो
  • २०७९ पुष २०, बुधबार १३:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

जबराविरुद्ध दर्ता भएको महाभियोग के पास होला ?

कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?

ऋणमा नेपाललाई नफसाउ , असल छिमेकी भए अनुदान हो भनी घोषणा गर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version