No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कहिले खुल्छन् सबै उत्तरी नाका ?


कहिले खुल्छन् सबै उत्तरी नाका ?

ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु किनेर ल्याउन सीमा क्षेत्रका बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ
सुर्खेतरमुगुरगोरखारताप्लेजुङरदार्चुलारदोलखारसिन्धुपाल्चोक — कोरोना संक्रमणको जोखिम बढेसँगै सन् २०२० को सुरुआतबाट बन्द भएका चिनियाँ उत्तरी नाका अझैसम्म नखुल्दा सीमा क्षेत्रका नेपालीको व्यवसाय र स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ ।

ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ । चीनसँगका नाकामध्ये रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारीबाट आयात सुरु भएको छ । ३५ महिनापछि गत साताबाट रसुवागढी नाकाबाट निर्यात पनि खुलेको छ ।

कोरोनाका कारण चीनले झन्डै ३ वर्ष बन्द गरेको हुम्लाको यारी नाका गत सोमबारदेखि एकतर्फी खोलेको हो । नाका खुलेसँगै चीनबाट १८ ट्रक सामान आएको छ । जुत्ता, चप्पल, कम्बल र विकास निर्माणका सामग्री हुम्ला सदरमुकाम सिमकोट आइपुगेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

कर्णालीकै मुगुको नाक्चेनाङ्ला र डोल्पाको मरिम नाका भने चीनले अझै खोलेको छैन । जसका कारण स्थानीय बासिन्दा दैनिक उपभोग्य सामग्रीको अभाव झेल्न बाध्य छन् । तिब्बतसँग डोल्पा र मुगुको व्यापारिक सम्बन्ध लामो समयदेखि टुटेको छ ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका पेम्बाछेवाङ लामा तीन वर्षअघिसम्म वैशाखदेखि साउन अन्तिम सातासम्म तिब्बतको ताक्लाकोट पुग्थे । त्यहाँ मजदुरी गर्ने उनको कमाइ महिनामा एक लाख रुपैयाँसम्म हुन्थ्यो । ‘अहिले त परिवारै पाल्न मुस्किल भयो,’ उनले भने, ‘ऋण लिएर जीविका चलाउनुपरेको छ ।’

मुगुको मुगमकार्मारोङ गाउँपालिका–७ का कर्मा तामाङ पनि वैशाख लागेसँगै गलैंचा, बाँस, छाला, विभिन्न हस्तकलाका सामानसँगै मह, घिउ, छुर्पी, खुर्सानीलगायत कृषि उपज बेच्न ताक्लाकोट पुग्थे । ‘सामान बेचेर १र२ दिनमै सकिन्थ्यो, अनि ३ महिनाजति मजदुरी गर्थ्यौं,’ उनले भने, ‘उताबाट फर्कंदा वर्षभरि पुग्ने खाद्यान्न, लत्ताकपडा पनि ल्याइन्थ्यो ।’

चीनले नाका बन्द गरेपछि मुगु र डोल्पाका सीमावर्ती क्षेत्रका झन्डै ५ हजार जनाको रोजगारी गुमेको छ । ‘हामी त वर्षौर्देंखि तिब्बतमै निर्भर छौं,’ लामाले भने, ‘तर कोरोना महामारीले हाम्रो रोजगारी र रोजीरोटी नै गुम्यो ।’ उत्पादन कम हुने र सरकारी अनुदानको चामल पनि गाउँमा नपुग्ने भएकाले सीमा क्षेत्रका बासिन्दाले चिनियाँ खाद्यान्नको भर पर्नुपरेको छ । ‘वर्षमा एक बाली उवामात्र फल्छ,’ मुगमकार्मारोङ–४ का तेन्जिङगुरु तामाङले भने, ‘त्यो पनि ३ महिना खान पुग्दैन । सदरमुकामबाट ल्याउँदा चामलभन्दा ढुवानी खर्च ५ गुणा महँगो पर्छ ।’ उनले कार्मारोङ क्षेत्रमा उत्पादन हुने अत्तिस, कटुकी, वनलसुन, यार्सागुम्बुलगायत जडिबुटीले बजार पाउन नसकेको बताए ।

चीन सीमा पुग्न स्थानीयलाई एक दिन लाग्छ तर आफ्नै सदरमुकाम पुग्न कम्तीमा ३ दिन हिँड्नुपर्छ । पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदालगायत उपभोग्य सामान ल्याउनेहरू अहिले सदरमुकाम गमगढीबाट खाद्यान्न ओसार्न बाध्य छन् । ‘चीनबाट ल्याउँदा उपभोग्य सामान गमगढीको भन्दा तीन गुणा सस्तो पर्थ्यो,’ उनले भने, ‘अहिले गमगढी आउँदा सामानको मूल्यभन्दा महँगो ढुवानी भाडा तिर्नु परिरहेको छ ।’

अहिले गमगढीमा २५ किलो चामल बोराको २ हजारदेखि २१ सय रुपैयाँमा बिक्री हुन्छ भने मुगमकार्मारोङको चितै, डोल्फु र मुगुगाउँ पुग्दा ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पर्ने गरेको छ । गमगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा ९ रुपैयाँ प्रतिपोका पर्ने नुन त्यहाँ पुग्दा ७५ रुपैयाँमा बिक्री हुने गरेको छ । नाका नखुल्दा महँगीको मारमा परेका स्थानीयलाई ऋण सापटी गरेर खाद्यान्न किन्न गमगढी आउनुपर्ने बाध्यता रहेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘यारी खुल्यो, अब यताको नाका पनि चीनले खुलाइदिन्छ कि भन्ने आस छ,’ उनले भने ।

गोरखाको चिनियाँ सीमा क्षेत्र चुमनुब्री गाउँपालिका–१ सामागाउँ र वडा ७ को छेकम्पारका बासिन्दा कोरोना कालअघिसम्म दैनिक उपभोग्यलगायत सामग्रीका लागि सीमापारिको बजारमा भर पर्थे । चामल, नुन, तेल, कपडा, जिम्बु, ऊनलगायतका सामग्री ढुवानीका लागि याक र घोडा लिएर चिनियाँ बजार पुग्थे । तिब्बतबाट ढुवानी ठप्प भएसँगै स्थानीयले गोरखाको आरुघाटबाट खच्चडमार्फत महँगो भाडा तिरेर दैनिक उपभोग्य सामग्री गाउँ पुर्‍याइरहेका छन् । चुमनुब्री–१ मा नेपाल–चीन ३५ नम्बर सीमास्तम्भमा अवस्थित रुइला र छेकम्पारको ङुइला नाका खुलाउन स्थानीयले पटकपटक माग राख्दै आएका छन् । बन्द हुनुअघिसम्म रुइला नाका वर्षमा एकपटक र ङुइला नाका बाह्रै महिना खुल्थ्यो ।

तिब्बतको बजारबाट अत्यावश्यक ढुवानी गर्दा आधा सस्तो पर्ने छेकम्पारका बुज्रीछिरिङ लामाले बताए । गोरखाको आरुघाटमा सामान खरिद गरी दोभानसम्म गाडीमा ढुवानी हुने सामग्री त्यहाँबाट खच्चडमार्फत सीमावर्ती गाउँसम्म पुर्‍याउने गरिएको छ । दोभानबाट चीन सीमा क्षेत्रको सामागाउँ पुग्न ४ र छेकम्पार पुग्न ३ दिन लाग्छ । ‘आरुघाटमा १८ सय बोराको चामललाई गाउँ आइपुग्दा ३८ सय पर्छ,’ लामा भन्छन्, ‘तिब्बतको बजारमा आफ्नै चौंरी र घोडा लिएर जान पाइन्छ, ढुवानी भाडामा खर्च गर्न परेन । सामानको जति छ, त्यति मूल्य तिरे हुने थियो ।’

छेकम्पारका बासिन्दाले खच्चडबाट ढुवानी गर्दा प्रतिकिलो ८० रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपर्ने बाध्यता छ । बर्खाको बेला चुमनुब्री–६ चुम्चेतस्थित लोक्पा भीरमा पहिरो खस्दा तीन महिना ढुवानी ठप्प भएको स्थानीय बताउँछन् । अहिले बाटो मर्मत गरेपछि आउजाउ सहज बनेको छ । ‘बर्खाको बेला माथि नाका बन्द, तल पहिरोले थुन्दा ठूलो समस्या पर्‍यो,’ छेकम्पारका तेन्जिङ लामाले भने । नाका खुलाउन पर्याप्त पहल गरिए चैत–वैशाखमा सामान ढुवानी गर्न सहज हुने तेन्जिङ बताउँछन् । नाका खुलाउन दुई पटक गृह मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘कोरोना जोखिम कम भएपछि २०७८ कात्तिकमै पत्र लेखेर नाका खुलाउन पहल थालेका हौं, त्यसपछि दुईरतीन पटक पत्र पठाइसकेका छौं,’ उनले भने, ‘अहिले पनि पराराष्ट्र मन्त्रालयसँग निरन्तर सम्पर्क भइरहेको छ ।’

ताप्लेजुङको ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका तीन वर्षदेखि नखुल्दा स्थानीय बासिन्दाले गलैंचा, चौंरी, याक, घिउलगायतका सामग्री निर्यात गर्न पाएका छैनन् । चौंरीलाई खुवाउने नुन आयात गर्न सकेका छैनन् । जडीबुटी संकलन र बिक्री गर्ने स्थानीयको दैनिकी ठप्प भएको छ । पूर्ववडाध्यक्ष छेतेन शेर्पा भोटे एक किसिमले हात बाँधिएजस्तै भएको बताउँछन् । सदरमुकाम फुङलिङबाट शुक्रबार दिउँसो आफ्नो बस्ती पुगेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले नाका खुल्ने खबर ल्याउने आसमा स्थानीय बासिन्दा थिए । ‘गाउँमा सबैले नाकाको विषय के भयो भनेर सोध्छन्,’ छेतेनले भने, ‘सिंहदरबारमा त खै कसलाई पो सोध्नु, उता तिब्बतको प्रशासनलाई फोन गर्दा केही भएको छैन भन्छ ।’

हुम्लाको यारी नाका खुलेपछि यहाँ पनि खुल्ने आशा जागेको वडासदस्य टासी शेर्पा भोटे बताउँछन् । ‘ओलाङचुङगोला, याङमाकाको चाहना नाका खुला भए हुन्थ्यो भन्ने छ,’ उनले थपे, ‘ठूलो हिउँ परे नाका बन्द हुने भएकाले तत्कालै खुलिदिए राहत हुन्थ्यो ।’ टिप्ताला नाका ५३ सय मिटर उचाइमा छ । जाडोमा हिउँले ढाक्ने भएकाले नाका केही महिना स्वतः बन्द हुन्छ तर यो वर्ष अहिलेसम्म हिउँ नपरेकाले नाका खुलिहाले सामान आयात निर्यात गर्न पाइने आशा स्थानीयमा छ ।

दार्चुलाको ताक्लाकोट ९टिंकर० नाका बन्द हुँदा व्यापारी मारमा छन् । वर्षको ६ महिना ताक्लाकोटमा व्यवसाय गरिरहेकाहरू नाका नखुल्दा समस्यामा परेको व्यास गाउँपालिका–१ का जितसिंह बोहराले बताए । कोरोना संक्रमणको सुरुआतपछि ताक्लाकोट बजार जान नपाउँदा आम्दानी शून्य भएको स्थानीय व्यापारी विमलकुमार बोहराले बताए । नाका सञ्चालनमा आउनेबारे अहिलेसम्म कुनै जानकारी नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । व्यास–१ छाङरु र टिंकरका अधिकांश व्यक्ति ताक्लाकोटमा व्यापार गर्दै आएका थिए । ‘ताक्लाकोट जान नपाएको तीन वर्ष पुग्न लाग्यो, सामान त के बाँकी होला र रु’ बोहराले भने ।

दोलखाको सीमावर्ती गाउँ लप्चीका बासिन्दाको किनमेल बजार चीनको फलाक र कुती हो । चार वर्षयता यो नाका बन्द हुँदा स्थानीय दुई दिन हिँडेर लामबगरबाट दैनिक उपभोग्य वस्तुको जोहो गर्दै आएका छन् । नाका बन्द हुँदा चिनियाँ बजारमा घिउ, चौंरीका बाच्छा पनि बेच्न पाएका छैनन् । चिनियाँ बजारमा

आफ्ना उत्पादन बेच्ने र उताबाट खाद्यान्न जोहो गर्ने उनीहरू थप संकटमा परेका छन् । चार वर्षअघि चिनियाँ पक्षले लप्चीमा सुरक्षा पोस्ट राखिए नाका सञ्चालनमा ल्याउन सकिने जनाएको थियो । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी लामबगरमा बस्दै आएको छ । त्यहींबाटै सशस्त्रले लप्ची नाकाको सुरक्षा गतिविधि नियाल्ने गरेको छ । लामाबगरबाट लप्ची पुग्न दुई दिन हिँड्नुपर्छ ।

रसुवागढी नाकामा चीनले गत साताबाट निर्यात खोले पनि तातोपानी नाकामा भने आयात नै सुस्त छ । गत मंगलबार रसुवागढीबाट ८ कन्टेनर सामान चीनतर्फ गएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट निर्यात ठप्प भएको सात वर्ष पुगेको छ । मितेरी पुलदेखि चीन–नेपाल दुवै क्षेत्रको करिब ५ किलोमिटर क्षेत्र अहिले सुनसान छ । ‘अहिले यहाँबाट दैनिक तीनवटा कन्टेनर मात्रै भित्रिन्छन्, त्यही कन्टेनर आएका बेला काम हुन्छ, अरू बेला सुनसान छ,’

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख अधिकृत दयानिधि केसीले भने ।

ती कन्टेनरमा स्याउ, मेडिकलका सामान, कपडाजस्ता वस्तु आउने गरेको उनले बताए । गत १२ अगस्टदेखि तिब्बतमा कोरोना महामारीविरुद्ध लगाएको निषेधाज्ञा अझै जारी छ । त्यसअघि तातोपानीबाट दिनमा १०र१२ कन्टेनर सामान आयात भएको चीन–नेपाल व्यापारमा संलग्न कम्पनी सिल्क ग्रुपले जनाएको छ ।

चिनियाँ सामग्री खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिनसम्म लाग्छ । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने भएकाले व्यापारी तातोपानी नाकाबाट सामान ल्याउन चाहन्छन् । तर, चिनियाँ पक्ष अनुदार देखिँदा चर्चित व्यापारिक केन्द्र र यहाँका व्यापारी मारमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की बेइजिङको शून्य कोभिड नीतिमा परिवर्तन आएका कारण पछिल्लो समय चीनले नाका खोल्न थालेको बताउँछन् । ‘नेपालमा मात्र होइन, चीनको शून्य कोभिड–१९ नीतिका कारण पूर्वी एसियाका अन्य मुलुकसहित सबैलाई असर परेको थियो,’ उनले भने, ‘बेइजिङले केन्द्रीय कडा नीतिलाई अहिले फुकुलो बनाइदियो । त्यसैले नेपालसहित अन्य मुलुकमा प्रभाव देखिएको हो ।’ ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

भावी राजनीतिबारे विश्वप्रकाशले गरे यस्तो खुलासा, अब के होला?

भावी राजनीतिबारे विश्वप्रकाशले गरे यस्तो खुलासा, अब के होला?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .